Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अस्पतालका दुई स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा दर्ता

Author Avatar साझा न्यूज 15th April 2023 , 4:32 AM
अस्पतालका दुई स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा दर्ता

कपिलवस्तुका अस्पतालका २ स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ। अस्पतालको फार्मेसी फाँटमा कार्यरत महिला कर्मचारीले फार्मेसीका इन्चार्ज महेश रानाभाट र अस्पतालका डाक्टर तथा सुचना अधिकारी गणेश क्षेत्री विरुद्ध मुद्दा दिएकी हुन।

घटना गत चैत १७ गते शुक्रवारका दिन मध्यरातमा भएको उनले दिएको जाहेरीमा उल्लेख गरिएको छ। जाहेरी बारे विस्तृत जानकारी दिन नमिल्ने भन्दै कपिलवस्तु अदालतका श्रेस्तेदार सुमन पाण्डेयले गत चैत २८ गते फार्मेसीका इन्चार्ज महेश रानाभाट र अस्पतालका डाक्टर तथा सुचना अधिकारी गणेश क्षेत्री विरुद्ध यौन दुर्व्यव्यवहार मुद्दा दर्ता भएको बताए। पीडितको गोपनीयताका लागि जाहेरी देखाउन नमिल्ने पाण्डेयले बताए। गत चैत २८ गते भएको यो घटनाका बिषयमा सामाजिक सञ्जाल फेस बुकमा बिभिन्न टिका टिप्पणी भएको छ।

गत चैत्र १७ गते राती १२ बजेको समयमा अस्पतालको फार्मेसीमा कार्यरत महिला कर्मचारी माथि फार्मेसी इन्चार्ज महेश रानाभाटले यौन दुर्व्यव्यवहार गरेको जाहेरीमा उल्लेख छ। आफू ड्युटीमा रहेको बेला मादक पदार्थ सेवन गरी यौन दुर्व्यव्यवहार गर्ने उद्देश्यले करणी आशय व्यक्त गरि संवेदनशील अंग छोएको जाहेरीमा उल्लेख छ। रानाभाटले फार्मेसी भित्र रहेकी महिला कर्मचारीलाई चुक्कुल खोल्न भनेको तर ती महिला कर्मचारीले नमानेको अस्पतालका कर्मचारी श्रोतले बताए।

रानाभाट र ती महिला कर्मचारी बिच भएको संवाद र क्रियाकलापको सिसी टिभी फुटेज अस्पताल मै सुरक्षित छ। महिला कर्मचारीले प्रतिवाद गरे पछि निज फार्मेसी इन्चार्ज रानाभाटले जागिरबाट निकाल्ने धम्की दिँदै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर किशोर बन्जाडे आफ्नो दाजु र संरक्षक भएकाले आफुलाई कसैले केही बिगार्न नसक्ने बताएको घटना विवरणमा छ। घटनाको तिन दिन पछि अस्पतालमा चैत्र २० गते छलफल हुदाँ आरोपितले कसुर स्विकार्दै लिखित गरेको विषय जाहेरीमा छ। आक्रोशित बनेका महिला कर्मचारीका आफन्तले रानाभाटलाई अस्पतालमा कुटपिट समेत गरेका थिए।

चैत्र २१ गते निज महिला कर्मचारीले अस्पतालका प्रमुखलाई घटनाको छानबिन र कारवाहीको माग गर्दै निवेदन समेत दिए पछि चैत्र २२ गते अस्पतालका डाक्टर गणेश क्षेत्रीले विगतमा आफूहरूले अस्पतालमा भएका यस्ता यौन दुर्व्यवहार र करणी भएको भनिएका घटना पनि अस्पताल भित्रै मिलाएको भन्दै घटना सामसुम पार्न दबाब दिएको जाहेरीमा उल्लेख गरिएको छ। अस्पताललाई दिएको निवेदनको बोधार्थ प्रशासन कार्यालयमा दिएको उल्लेख छ। डाक्टर क्षेत्री र ती महिला कर्मचारी बिच झन्डै १८ मिनेट लामो संवाद भएको थियो। त्यसको रेकर्ड समेत उनीसंग छ। अस्पतालमा ड्युटीमा रहेकी महिला कर्मचारी माथि उक्त कसुर गरेको आरोप लागेका व्यक्तिलाई मुलुकी अपराध संहिता २०७४ को दफा २२४ को उपदफा (१) र (२) को आधारमा मुलुकी फौजदारी कार्यविधि सहिता २०७४ को दफा ४३ को उपदफा १ को (ग) बमोजिम ३ वर्ष कैद र ३० हजार रुपैया सम्म जरिवानाको माग दावी सहित हदै सम्मको सजाय माग गर्दै मुद्धा दर्ता गराएको देखिएको छ।

सामाजिक सञ्जालमा घटना बारे टिका टिप्पणी सुरु भए पछि अस्पतालले चैत्र २६ गते प्रेस विज्ञप्ति जारी गरेको थियो।  यस अघि पीडित महिला कर्मचारी र उनका परिवारले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिन खोजे पनि कपिलवस्तु प्रहरीले जाहेरी नलिएको गुनासो गरे। प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले यौन हिंसा देवानी प्रकृतिको मुद्दा भएकाले प्रहरीले हेर्न नमिल्ने भएकाले नै आफुनै ती महिलाको परिवारलाई अदालत जान सुझाव दिएको बताए। उता अस्पतालका डाक्टर क्षेत्रीले आफूले ती महिला कर्मचारीलाई घटना बारे जानकारी लिएर सम्झाउन मात्र खोजेको दाबी गरे। अस्पतालका मेसु किशोर बन्जाडले ती महिला कर्मचारीको उजुरीका आधारमा सत्य तथ्य छानबिन गर्न अस्पतालले ३ सदस्यीय छानबिन समिति गठन गरेको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज