Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुदूरपश्चिमको पहाडी चार जिल्लामा पुग्यो पुस्तक

Author Avatar साझा न्यूज 16th April 2023 , 4:02 PM
सुदूरपश्चिमको पहाडी चार जिल्लामा पुग्यो पुस्तक

धनगढी, वैशाख ३ गते। सुदूरपश्चिम प्रदेशलाई आवश्यक पाठ्यपुस्तकमध्ये करिब ८० प्रतिशत पाठ्यपुस्तक प्रदेशमा आइपुगेको छ।

अहिलेसम्म १४ लाख थान पाठ्यपुस्तक आएर सम्बन्धित जिल्लामा धमाधम ढुवानी भइरहेको धनगढीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ। केन्द्रमार्फत कक्षा ६ देखि १२ कक्षासम्मको पुस्तक वितरण भइरहेको छ। १ देखि ५ कक्षासम्मको पाठ्यपुस्तक भने निजी प्रकाशनले ढुवानी गरिरहेका छन्।

नयाँ शैक्षिक सत्र अगावै विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक पुर्‍याउने सरकार र केन्द्रको नीति अनुरुप विभिन्न जिल्लाहरुमा पुस्तक पठाइरहेको केन्द्रका धनगढी प्रमुख ध्रुवराज पन्तले बताउनुभयो। उहाँका अनुसार सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाहरुलाई प्राथमिकतामा राखेर चैत २६ गतेबाट पुस्तक सम्बन्धित जिल्लामा पठाउने कार्य भइरहेको छ। दुर्गम जिल्लाहरु बाजुरा, दार्चुला, बझाङ र अछाममा सुरुमा पाठ्यपुस्तक पठाइएको छ। दार्चुला र बाजुराका लागि डेढ/डेढ लाख थान पाठ्पुस्तक पठाइएको पन्तले बताउनुभयो।

‘‘अछाम र बझाङका लागि भने अझै ढुवानी जारी रहेको छ’’, उहाँले भन्नुभयो,‘‘शनिबार बिदाको दिन पनि ट्रकमा पुस्तक लोड गरेर पठाएका छौं।’’ वैशाख ४ गतेबाट बैतडी हुँदै अन्य जिल्लामा पालैपालो पुस्तक ढुवानी गरिने जनाइएको छ। एक जिल्लामा पुस्तक ढुवानीका लागि दुई दिन छुट्टयाइएको छ। प्रदेशको सात पहाडी जिल्लामा पुस्तक ढुवानी सकिएपछिमात्रै कञ्चनपुर र कैलालीलाई पाठ्यपुस्तक दिइने जनाइएको छ। ‘‘दुवै जिल्लाका लागि वैशाख १० गतेबाट पुस्तक ढुवानी हुन सक्छ’’, प्रमुख पन्तले भन्नुभयो।

प्रदेशमा करिब १८ लाख पाठ्यपुस्तक आवश्यक पर्छ। अब केन्द्रबाट २० प्रतिशतमात्रै पाठ्यपुस्तक आउन बाँकी छ। केही पाठ्यपुस्तक वैशाख ५ गते लोड भएर आउने जनाइएको छ। आवश्यकताको आधारमा थप पुस्तक माग गरिरहेको उल्लेख गर्नुहुँदै प्रमुख पन्तले यो वर्ष कुनै पनि पाठ्यपुस्तक अभाव हुने अवस्था नरहेको बताउनुभयो। ‘‘पाठ्यपुस्तकको अभाव छैन र हुँदैन’’, उहाँले भन्नुभयो,‘‘कुनै पुस्तक कम हुन थालेपछि तीन/चार दिन अगाडि नै माग गर्ने गरेका छौं।’’

सुदूरपश्चिम प्रदेशलाई आवश्यकतानुसार पाठ्यपुस्तक पठाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका बजार व्यवस्थापन शाखा प्रमुख चित्रकुमार आचार्यले बताउनुभयो। उहाँले थप आवश्यक पर्ने पाठ्पुस्तक माग भएको दुई/तीन दिनभित्रै पुर्‍याउने व्यवस्था गरिएको बताउनुभयो। ‘‘अपुग किताब २/३ दिनभित्रै पठाइ दिन्छौं’’, उहाँले भन्नुभयो।

प्रदेशको विभिन्न जिल्लामा किताब पुर्‍याउनका लागि हालसम्म १८५ जना व्यवसायी सूचीकृत भएका छन्। दर्ता जारी रहेकाले व्यवसायी सङ्ख्या २०० सम्म पुग्ने जनाइएको छ। कुनै पनि जिल्लामा सम्बन्धित जिल्लाका व्यवसायीलेमात्रै पाठ्यपुस्तक ढुवानी गर्न पाउने गरेको कैलालीको दाहाल पुस्तक पसलका सञ्चालक ताराप्रसाद दाहालले बताउनुभयो। उहाँले अहिलेसम्म पहाडी जिल्लामा पाठ्यपुस्तक ढुवानी भइरहेको उल्लेख गर्नुुहुँदै कैलालीको पालो अलि पछि रहेको जानकारी दिनुभयो।

पहाडी विकट जिल्लालाई प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गर्ने कार्य भइरहेकाले कैलाली र कञ्चनपुरका विद्यार्थीको हातमा भने वैशाख दोस्रो सातामात्रै पाठ्यपुस्तक पुग्ने देखिएको छ। वैशाख १३ देखि १६ गतेकाबीचमा विद्यार्थीले पाठ्यपुस्तक पाउने सूचना पाएको कैलारी गाउँपालिका–४ के गाउँस्थित श्री जनकल्याण माध्यमिक विद्यालय प्रधानाध्यापक हनुमान चौधरीले बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज