Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

काठेपुलको भरमा हिउँदभर यातायात सञ्चालन

Author Avatar साझा न्यूज 17th April 2023 , 11:09 AM
काठेपुलको भरमा हिउँदभर यातायात सञ्चालन

ताप्लेजुङ, बैशाख ४ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा अस्थायी काठेपुल लगाएर हिउँद मौसममा यातायात सञ्चालन गरिँदै आएको छ । तमोर नदीमा मोटरेबल पक्की पुल नहुँदा अस्थायी काठको पुल निर्माण गरेर हिउँद मौसमभर यातायात सञ्चालन गर्ने गरिएको हो ।

ताप्लेजुङका नौ वटा स्थानीय तहमध्ये फक्ताङ्लुङ गाउँपालिका जिल्लाकै विकट तथा दुर्गम हिमाली क्षेत्र हो । यस गाउँपालिकाको भू–भाग तमोर नदीको दायाँ–बायाँ दुवैतर्फ पर्ने र एक वडादेखि अर्को वडा जोड्ने मोटरेबल पुल नहुँदा काठेपुलको भरमा यातायात सञ्चालन गरिँदै आएको छ ।

पछिल्लो समय विकट र दूरदराजका गाउँसम्म सडक सञ्जाल बिस्तार हुन थालेसँगै यातायात सुविधाको अभाव खड्किँदै गएको हो । सडक बिस्तार भएपछि यातायात सुविधा पुर्‍याउन गाउँपालिकाले तमोर नदीमा विभिन्न ठाउँमा अस्थायी काठेपुल निर्माण गरेको हो । तमोरमा पक्की पुल नभएपछि केही वर्ष अघिदेखि नै गाउँपालिकाको बजेट लगानीबाट अस्थायी पुल निर्माण गरेर यातायात सञ्चालन गर्दै आएको पालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष लिम्बूका अनुसार सिँवा बजार, छिरुवा, तापेथोक बगरलगायत विभिन्न पाँच ठाउँमा अस्थायी काठेपुल निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएको छ । काठेपुल निर्माणपछि यातायात सञ्चालनमा आउँदा सर्वसाधारणले ठूलो राहतको महसुस गरेका छन् । बिरामी पर्दा गाउँटोलमै एम्बुलेन्स झिकाएर प्रयोग गर्न र अन्य कुनै पनि जरुरी सवारी साधनको उपभोग गर्नुपर्ने अवस्थामा सर्वसाधारणले सो सुविधा पाएका अध्यक्ष लिम्बूले बताउनुभयो ।

यस्तै गाउँबाटै गाडी चढेर आफ्नो गन्तव्यसम्म सर्वसाधारणले यात्रा गर्न पाएका छन् भने आवश्यक सामान ढुवानी तथा निकासी गर्नमा सुविधा प्राप्त गरेका छन् । हिउँद मौसम भरलाई भए पनि जिप, ट्याक्सी, मोटरसाइकल, ट्रयाक्टरलगायत यातायातका साधनहरू गाउँघरसम्म नै उपभोग गर्न पाएकोमा सर्वसाधारणले राहतको महसुस गरेका छन् । बर्खा सिजनमा भने तमोरमा पानीको बहाव बढ्ने हुँदा काठेपुल लगाउनलाई असम्भव रहेको छ ।

फक्ताङ्लुङ गाउँपालिका–१ सावादिन, वडा २ खेजेनिम, वडा ४ इखाबु र वडा ६ लेलेप आधा क्षेत्र तमोर नदीको एकातिर पर्छ भने वडा ३  लिङ्खिम, वडा ५ तापेथोक, वडा ७ ओलाङ्चुङगोला र वडा ६ आधा भाग अर्कोतिर पर्दछ । ओलाङ्चुङगोलामा भने अझै सडकको पहुँच पुगिसकेको छैन । यातायात सञ्चालन गर्न मिल्नेगरी निर्माण गरिँदै आएको अस्थायी काठेपुलका लागि एउटा बराबर तीन लाख ७५ हजार रुपियाँसम्म रकम खर्च हुने गरेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज