Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मोबाइल

Author Avatar साझा न्यूज 17th April 2023 , 12:20 PM
मोबाइल

रोशन साह्रै ज्ञानी छ । ऊ ७ कक्षामा पढ्छ । पढाइमा साह्रै अब्बल छ । हरेक पटक कक्षामा प्रथम हुन्छ । त्यति मात्रै कहाँ हो र ! विद्यालयले हरेक वर्ष आयोजना गर्ने विभिन्न प्रतियोगितामा पनि ऊ पुरस्कृत भएकै हुन्छ । त्यसैले त रोशनको बुवाआमा आफ्नो छोराको बानीदेखि साह्रै खुसी हुनुहुन्छ ।

एकदिन रोशन स्कुल गएको बेला उसको साथी प्रणयले मोबाइल लिएर आयो । प्रणय र रोशन एउटै कक्षामा पढ्छन् । प्रणयले ल्याएको मोबाइलले कक्षामा सबैको ध्यान तानेको छ । मोबाइल पनि सामान्य खालको होइन । फोटोे, भिडियो खिच्नुका साथै राम्रो राम्रो गेम खेल्न मिल्ने मोबाइल लिएर आयो प्रणयले कक्षामा । रोशन पढ्नमा तेज भएका कारणले सधैँ पढाइमा मात्रै ध्यान दिन्थ्यो । पढाइमा धेरै ध्यान दिने कारणले पनि होला उसले अहिलेसम्म मोबाइलमा रुचि देखाएकै थिएन ।

प्रणयले ल्याएको मोबाइलका बारेमा कक्षाका सबैले धेरै नै बखान गरेकाले होला उसलाई पनि मोबाइल चलाउन मन लाग्यो । त्यसैले उसले त्यस दिन घर जानासाथ ममीको मोबाइल खोज्यो । उसको ध्यान मोबाइलतिर मात्रै गयो ।

सधैँ सरासर स्कुलबाट घर आउने बित्तिकै पढ्न बस्ने रोशन झोक्राएर बसेको देखेर ममीले सोध्नुभयो । “बाबु तिमीलाई सञ्चो भएन कि कसो ? ममीले त्यसरी सोध्नु भएपछि पहिला त उसले केही हैन भनेर ढाँट्यो तर पछि ममीले धेरै पटक सोध्नु भएपछि उसले भन्यो, “ममी मलाई मोबाइल चाहियो, एउटा मोबाइल किनिदिनु न बाबालाई भनेर ।” आफ्नो त्यस्तो ज्ञानी छोराले अचानक मोबाइल मागेको देखेर ममी पनि छक्क पर्नुभयो । ममीले रोशनलाई सोधेपछि रोशनले बल्ल आफ्नो साथीले मोबाइल लिएर आएको कुरा भन्यो । ममी छक्क पर्नुभयो । ओहो ! त्यति सानो कक्षामा पढ्ने विद्यार्थीले कसरी मोबाइल लिएर आयो त स्कु्लमा । अब ममीलाई पनि पिर लाग्न थाल्यो तर रोशनले आफ्नो जिद्दी छोड्दै छोडेन । अन्ततः मोबाइल किनिदिन ममीबाबा बाध्य भए ।

एकदिन रोशन स्कुल गएको बेला उसको साथी प्रणयले मोबाइल लिएर आयो । प्रणय र रोशन एउटै कक्षामा पढ्छन् । प्रणयले ल्याएको मोबाइलले कक्षामा सबैको ध्यान तानेको छ । मोबाइल पनि सामान्य खालको होइन ।

ममीले बगैँचामा फूलमा पानी हाल्दा हरेक फूलको नाम सोधेर फूलहरूको नाम कण्ठ गथ्र्यो तर मोबाइल पाएदेखि उसले यी सबै कुरामा ध्यान दिन छोडिसकेको थियो ।

हुँदाहुँदा रोशनले  परीक्षामा पनि निकै कम अङ्क ल्यायो । बल्लबल्ल मुस्किलले पास भयो । सधैँ प्रथम हुने रोशन यस पटक पास मात्रै भएपछि ममीबाबा निकै रिसाएर गाली गर्नुभयो । बाबाले गाली गर्नु भएपछि रोशन रुन थाल्यो तर पछि शान्त भएर बाबाले रोशनलाई सम्झाउन थाल्नुभयो ।

“हेर बाबु सबै कुराको फाइदा र बेफाइदा हुन्छ । मोबाइलबाट हामी हाम्रो टाढा–टाढा बसेको साथीसँग सम्पर्क गर्न सक्छौँ । राम्रो राम्रो ज्ञानगुनका कुरा इन्टरनेटमार्फत सिक्न सक्छौँ । घरमै बसेर नयाँ–नयाँ ठाउँका बारेमा जान्न सक्छौँ । त्यसैले यसको दुरुपयोग हैन, सदुपयोग गर्नुपर्छ ।” बाबाको कुरा सुनेर रोशन आँसु पुछेर मुसुक्क हाँस्यो ।

भोलिपल्ट रोशनको स्कुलमा वक्तृत्वकला प्रतियोगिता थियो । रोशनले वक्तृत्वकला प्रतियोगितामा मोबाइलसम्बन्धी बोल्नुपर्ने थियो र रोशनको कक्षाका सबै साथीहरूले रोशनले अब मोबाइलमा भएको गेमका बारेमा बोल्छ होला भन्ने अनुमान लगाए तर रोशनले मोबाइलले गर्ने फाइदा बेफाइदाका बारेमा भन्यो । रोशनले चाहिनेभन्दा बढी मोबाइल चलाउने बानीले मानिसलाई हानि गर्ने कुरा पनि बतायो । रोशन वक्तृत्वकलामा प्रथम भयो ।

त्यसपछि स्कुलका सबै साथीले घरमा मोबाइल चलाउन कम गर्न थाले । उनीहरूले अति आवश्यक कामबाहेक मोबाइलको प्रयोग गर्न छोडे ।

रोशनले पनि अनावश्यक रूपमा मोबाइल चलाउन छोड्यो । घरमा र कक्षामा  ध्यान दिएर पढ्न थाल्यो र फेरि कक्षामा पहिलाजस्तै प्रथम हुन थाल्यो । त्यति मात्रै हैन उसले त्यसपछि ममीको हरेक काममा सघाउन थाल्यो । ममीबाबासँग धेरै समय बिताउन थाल्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज