Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्धजयन्तीको तयारी : लुम्बिनीमा सरसफाई अभियान

Author Avatar साझा न्यूज 23rd April 2023 , 4:29 PM
बुद्धजयन्तीको तयारी : लुम्बिनीमा सरसफाई अभियान

सिद्धार्थनगर, बैशाख १० गते । बुद्धको जन्मस्थल रुपन्देहीको लुम्बिनीमा २५६७ औं बुद्ध जयन्तीको तयारी थालिएको छ । बैशाख २२ गते परेको बुद्ध पूर्णिमाका लागि बुद्ध जन्मस्थलमा ‘लुम्बिनी सरसफाई अभियान २०८०’ सुरु गरिएको छ ।

लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहरक्षेत्रसहित ४ नम्बर र ५ नम्बर गेट वरपरको क्षेत्रमा सफाई गरेर अभियानको सुरुवात गरेको हो । सरसफाईमा स्थानीय कोषका पदाधिकारी, सदस्य, होटल व्यवसायी, आमा समूह, शसस्त्र प्रहरी र नेपाल प्रहरीको समेत सहभागिता रहेको छ ।

‘ग्रिन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्ध जन्मस्थललाई सफा र स्वच्छ राख्ने उद्देश्यले अभियान सुरु गरिएको कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय पर्यटकीयस्थललाई सफा राख्न कोषसँगै स्थानीयहरु समेत जागरुक हुनुपर्ने बताउनुभयो ।

कोषले नियमित रुपमा सफाई गर्दैआए पनि ४ नम्बरदेखि ५ नम्बर गेटसम्मको फाहोर चुनौतीपूर्ण बनेको छ । कोषका पदाधिकारी र कर्मचारीहरु हातमा कुचो बोकेर उक्त फोहोर डम्पिङ साईटजस्तै बनेको क्षेत्रमा सफाई गरेका छन् ।

यसअघि पटक–पटक होटल व्यवसायी र स्थानीयलाई फोहोर नफाल्न आग्रह गरिए पनि फोहोर थुप्रिन नछोडेपछि कोषले आफैले सरसफाई अभियान ुुरु गर्दै लुम्बिनीलाई सफा राख्न सन्देश दिएको सदस्यसचिव शाक्यले बताउनुभयो । ‘पवित्रस्थलमा फोहोर फाल्दा त्यसले राम्रो सन्देश दिंदैन’ सदस्यसचिव शाक्यले भन्नुभयोे, ‘फोहोर व्यवस्थापन गर्नुपर्छ, तर रातिमा लुकीलुकी कोषको कम्पाउण्डमा फोहोर नफाल्न होटल व्यवसायीलाई आग्रह गर्दछौं ।’

लुम्बिनीमा नियमित रुपमा नै सफाई अभियान चलिरहेको भए पनि अभियानले सबैलाई सक्रिय बनाउने उहाँको भनाइ छ । सरफाई अभियानमा सदस्यसचिव शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राई, लेखा अधिकृत भिमबहादुर बस्नेत, प्रशासन अधिकृत चुरामणि भट्टराईसहित कोषका विभिन्न शाखामा कार्यरत कर्मचारीहरु सरसफाइमा खटिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

भर्खरै प्रकाशित

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज