Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना

Author Avatar साझा न्यूज 24th April 2023 , 10:55 AM
बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना

बागलुङ । बागलुङको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकामा हरेक वर्ष बालविवाह गर्ने बालबालिको संख्या बढ्दै गएको छ । गाउँपालिकाले पाँच वर्ष अगाडि बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको थियो ।

अभियानले बालविवाहलाई केही कम गराए पनि अहिले फेरि पुरानै अवस्था पुगेको छ । अभियान सञ्चालनका वर्ष छ जोडीलाई गाउँपालिकाले छुटाई दिएको थियो । पछिल्लो समय कक्षा ८, ९ र १० मा पढ्ने बालबालिकाले विवाह गरी रहेको पाइएको छ ।

बालविवाह बढ्दै गएपछि यहाँका विभिन्न विद्यालयले भर्ना गर्न आउने अभिभावक र विद्यार्थीलाई प्रतिबद्धता जनाएर मात्रै भर्ना गर्न थालेको छ । वडा नम्बर २ स्थित जनजागृति माध्यमिक विद्यालय, वडा नम्बर ३ स्थित धन गौ ज्योति माध्यमिक विद्यालय, वडा नम्बर ५ स्थित शान्ति माध्यमिक विद्यालयलगायतले प्रतिबद्धता गराएर मात्रै विद्यार्थी भर्ना गरेका छन् । भर्ना गर्नुपूर्वनै अभिभावक र विद्यार्थीलाई भर्ना फारममा सही गर्न लगाएर प्रतिबद्ध नाइएको तमानखोला गाउँपालिका–३ स्थित धन गौ ज्याती माध्यमिक विद्यालयमा प्रधानाध्यापक रवीन्द्रकुमार बुढा मगरले बताए ।

उनले पालिकाका अन्य विद्यालयमा पछिल्लो समय धेरै बालबालिकाले विवाह गरिरहेको हुँदा विद्यार्थी र अभिभावकलाई सचेत बनाउन भर्ना फारमको ढाँचानै परिवर्तन गरी भर्ना हुन आउनेलाई प्रतिबद्धता जहेर गर्न लगाइएको बताए । बालविवाहसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको हुँदा यस विद्यालयमा पहिलेको तुलनामा धेरै घटेको प्रअ बुढा मगर बताउँछन् ।

उनी भन्छन्, ‘विगतमा धेरै बालबालिकाले विवाह गरे, अबदेखि कुनै पनि विद्यार्थीले बालविवाह नगरोस् र अभिभावकले आफ्ना नानी बाबुलाई सचेत र सजग बनाउन भन्ने हिसाबले यो शैक्षिक सत्रदेखि भर्ना गर्ने बेलामै अभिभावक र विद्यार्थीलाई सँगै राखेर सचेत बनाउने र प्रतिबद्धता व्यक्त गर्न लगायौँ, यसले बालविवाह रोकथाममा कही टेवा पुग्ने अपेक्षा गरेका छौँ ।’

तमानखोला–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालयमा अध्ययन गर्ने तीन÷चार जोडी विद्यार्थीले बालविवाह गर्ने गरेका छन् । गत शैक्षिक सत्रमा मात्रै छ जना (तीन जोडी) बालबालिकाले विवाह गरेको विद्यालयमा प्रधानाध्यापक सत्यनारण सिंहले जानकारी दिए । उनले पटक–पटक अभिभावक र विद्यार्थीलाई बालविवाहबारेमा सचेत बनाए पनि कमी आउन नसकेको बताए ।

‘बालविवाह रोक्नका लागि धेरै प्रयास ग¥यौँ, गाउँपालिका पनि निकै लाग्यो, केही समय त रोकिन्छ तर पछि उस्तै अवस्था आइहाल्छ, अहिले पनि गर्दैछन् भन्ने सुनिएको छ’, उनले भने, ‘जसले बालविवाह गर्छ, उसलाई कानुनी दायरामा ल्याउने विद्यालयले एउटा कार्य विधि बनाएको छ, गाउँपालिका, विद्यालय व्यवस्थापन समिति लगातसँग सहकार्य गरेर न्यूनीकरणमा लागेका छौँ ।’

उनले यहाँ सबैभन्दा बढी दलित समुदाय रहेको र विदेश जाने तथा अरुको लहलहैमा लागेर विवाह गर्ने प्रचलन रहेको बताए । आर्थिक अवस्था कमजोर, पुरानो रीतिरिवाजका कारणले गर्दा बालविवाह रोग्न चुनौतीपूर्ण रहेको उनको भनाई छ ।

वडा नम्बर २ बोङ्गादोभानस्थित जनजागृति माध्यमिक विद्यालयमा गत वर्ष छ जना बालबालिकाले विवाह गरेको प्रधानाध्यापक बेदबहादुर बुढा मगरले जानकारी दिए । उनले बालविवाह रोक्नका लागि अभिभावक र विद्यार्थीबीच समय–समयमा अन्तक्र्रिया गर्ने, सचेत बनाउने र किशोरी शिक्षा दिने गरिएको बताए ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बालविवाह अन्यत्य गर्नका लागि गाउँपालिकाले अभियान थाल्ने बताए । अघिल्लो कार्यकालको सुरुमै बालविवाह न्यूनीकरणका लागि निर्वाधरुपमा लागेको हुँदा केही कम भए पनि अहिले फेरि समस्या आइरहेको बताए । उनले गाउँ–गाउँ र विद्यालयमै पुगेर बालविवाहको बारेमा अभिभावक र बालबालिकालाई सचेत गराउने बताए ।

उनी भन्छन्, ‘भौगोविक विकटताका कारण अशिक्षा, गरिबीलगायका कारणले यहाँ बालविवाह हुने गरेको छ, पहिले–पहिले १५-१६ वर्षमै विवाह गर्ने, चलन थियो, अहिले पनि त्यसैले निरन्तरता पाएको छ, यसलाई भङ्ग गर्नका लागि हामीहरुले केही कसरत गरेका छौँ, तत्कालै नभए पनि केही समयमा बालविवाहको अन्त्य हुनेमा हामीहरु आशावादी छौँ, शिक्षाको पहुँचमा नभएका बालबालिका र अभिभावकलाई बुझाउने काम पनि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज