Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा

Author Avatar साझा न्यूज 24th April 2023 , 3:25 PM
म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा
काठमाडौं । म्यानचेस्टर युनाइटेडले आइतबार राति इङ्लिस प्रिमियर लिगको अर्को क्लब ब्राइटनलाई पेनाल्टी सुटआउटमा ७–६ ले हराउँदै एफए कपको फाइनलमा स्थान बनाएको छ । योसँगै एफए कपको उपाधि भिडन्त म्यानचेस्टर ‘डर्बी’ मा हुने भएको छ ।

निर्धारित ९० मिनेटको समय बराबरीमा सकिएपछि खेल थप समयमा थकेलिएको थियो । थपिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट नतिजा आएको हो । पेनाल्टी सुटआउटमा दुवै टिमबाट सुरुका ६ खेलाडीले गोल गरेका थिए । ब्राइटनबाट सातौँ नम्बरमा पेनाल्टी प्रहार गर्न आएका सोले मार्चको प्रहार आकाशिएको थियो । त्यसपछि भिक्टर निल्सन लिन्डेलफले गोल गरेपछि युनाइटेड फाइनलमा स्थान बनाउन सफल भएको हो ।

‘‘एकदम खुशी छौ’,’ लिन्डेलफले भने, ‘‘यो ठूलो राहत थियो । फाइनलमा स्थान बनाउन पाउँदा खुसी छौं । पेनाल्टीमा मलाई आफूप्रति विश्वास थियो । मलाई थाहा थियो कहाँ हान्ने भनेर । मैले त्यही गरें ।’ गत फेब्रुअरीमा लिग कपको उपाधि जितेको युनाइटेड दोस्रो उपाधि जित्ने लक्ष्यमा हुनेछ । युनाइटेडले यसअघि १२ पटक एफए कपको उपाधि जितिसकेको छ । इरिक टेन ह्यागको टिम युनाइटेडका लागि गत साता राम्रो हुन सकेन । युनाइटेड बिहीबार राति यूईएफ युरोपा लिगको क्वार्टरफाइनलमा सेभियासँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

त्यसको तीन दिनपछि युनाइटेडले वेम्बली रंगशालामा विजय हासिल गर्न सफल भएको छ । ‘‘बिहीबार राति टिमले आफ्नो क्षमता चिन्न सकेको थिएन । तर, आज सामान्य अवस्थामा फर्किएका छौं’,’ युनाइटेडका प्रशिक्षक टेन ह्यागले भने, ‘‘टिममा दृढता र लचियोपन देख्न सक्थ्यौं । हामीले हरेक यार्डमा लडाईं गर्‍यौ । गोलका राम्रा अवसर पनि सिर्जना गर्‍यौ ।’

युनाइटेडले अब उपाधिका लागि शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । सिटीले शनिबार राति सेफिल्ड युनाइटेडलाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो । ‘हामीले घरमा सिटीलाई पराजित गर्न सक्छौं प्रमाणित गरिसकेका छौं । हेरौं फाइनलमा के हुन्छ’,’ १४ जनवरीमा सिटीलाई २–१ ले हराएको स्मरण गर्दै युनाइटेडका गोलकिपर डेभिड डि हियाले भने, ‘‘हामी अहिले सही दिशामा छौं । एक उपाधि जितेका छौं भने अर्को प्रतियोगिताको फाइनलमा छौं । र लिगमा हामी शीर्ष चारभित्र प्रतिस्पर्धा गरिरहेका छौं । यो नै पर्याप्त होइन । तर, गत सिजनको तुलनामा यो धेरै राम्रो हो ।’ एफए कपको फाइनल खेल वेम्बली रंगशालामै ३ जुनमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज