Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विद्यार्थीलाई निम्ता दिँदै घरघर

Author Avatar साझा न्यूज 25th April 2023 , 12:17 PM
विद्यार्थीलाई निम्ता दिँदै घरघर

सुर्खेत, वैशाख १२ गते । शारदा नगरपालिका सल्यानले विद्यार्थी भर्ना अभियान उत्साहका साथ सञ्चालन गरिरहेको छ। ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नारासाथ वैशाख–३ गतेदेखि पालिकाभरका विद्यालयमा एकैसाथ विद्यार्थी भर्ना अभियान सुरु गरिएको हो। वैशाख–३ देखि १६ गतेसम्म भर्ना अभियानकै रूपमा सञ्चालन गरिने पालिकाका शिक्षा शाखा प्रमुख सङ्गीता बुढाले बताउनुभयो।

विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयभित्र ल्याउने उद्देश्यसाथ विद्यार्थी भर्ना अभियान सुरु गरिएको उहाँको भनाइ छ। अभियान १६ गतेसम्म सञ्चालन गरिए पनि विद्यार्थी भर्ना भने वैशाख महिनाभर नै गरिनेछ। नगरपालिकाको वडा नं. ४ मा रहेको महेन्द्र माध्यमिक विद्यालयले अहिले आफ्ना सेवा क्षेत्रभित्रका टोल–टोलमा पुगेर अभिभावक भेटभाट कार्यक्रम गरिरहेको छ।

विद्यालय उमेर समूहका बालबालिकाका घरमै पुगेर बालबालिकालाई विद्यालयभित्र ल्याउन उत्प्रेरणा दिने गरिएको हो। शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक सङ्घका प्रतिनिधिलगायतको टोलीले घरदैलो कार्यक्रम गरिरहेको विद्यालयका प्रधानाध्यापक प्रकाश हमालले बताउनुभयो।

दैलेखको दुल्लु नगरपालिकाले वैशाख–३ गतेदेखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सुरु गरेको छ। सरोकारवालासहितको भेलामार्फत बिहीबार औपचारिक रूपमा अभियानको सुरुवात भएको हो। पालिकाले वडा समितिमार्फत घरदैलो कार्यक्रम गर्ने जनाएको छ। विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन समितिले अभियान सञ्चालन गर्नेछ।

नगरपालिकाका प्रत्येक विद्यालयमा विद्यार्थी भर्ना सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकिएको छ। विद्यार्थी भर्ना अभियानलाई उत्साहका रूपमा सञ्चालन गरिएको पालिकाका शिक्षा शाखा प्रमुख विकासजङ्ग शाहीले बताउनुभयो।

उहाँले भन्नुभयो, “अभिभावक, जनप्रतिनिधि, शिक्षक यो अभियानमा लाग्नुभएको छ। प्रत्येक घरघरमा भर्ना अभियानको टोली पुगेको छ।” गत वर्ष मात्र १५ सय बालबालिकाले बीचमै विद्यालय छोडेका थिए। लेकबेँसी नगरपालिका सुर्खेतले भर्ना अभियानलाई तामझामका साथ सुरु गरेको छ।

ब्यानरसहित टोल–टोलमा माइकिङ गर्दै भर्ना अभियान सञ्चालन गरिरहेको पालिकाका शिक्षा शाखा प्रमुख पहलमान अधिकारीले बताउनुभयो। पालिकाले ३ देखि १८ गतेसम्मलाई अभियानकै रूपमा मनाउने भएको छ। १९ गतेदेखि विद्यालय सञ्चालन गरिने उहाँले बताउनुभयो। पछिल्ला वर्षमा विद्यालय भर्ना भइसकेका विद्यार्थी पनि बीचमै विद्यालय छाड्नेको सङ्ख्या बढेपछि विद्यालयमा विद्यार्थी टिकाउने गरी भर्ना अभियान सञ्चालन भएको उहाँले जानकारी दिनुभयो।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले वैशाख १ गतेदेखि नै भर्ना अभियान सुरु गरेको छ। वैशाख महिनाभर भर्ना अभियान चल्नेछ। विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयमा भित्र्याउने उद्देश्यले अभियान सुरु गरिएको पालिकाका शिक्षा शाखा प्रमुख तुलसी पुरीले बताउनुभयो। उहाँले पाँचदेखि नौ वर्ष उमेर समूहका विद्यालयबाहिर रहेका पालिकाभरका बालबालिकालाई  विद्यालयमा ल्याउने लक्ष्य लिएको बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

भर्खरै प्रकाशित

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज