Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

Author Avatar साझा न्यूज 24th March 2025 , 1:57 PM
मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

साँच्चै मानिसले कहिलेदेखि लेख्न थाल्यो ?, विश्वको कुन भागका मानिसले सबैभन्दा पहिले लेख्न थाले ? यी र यस्ता प्रश्नको उत्तर खोज्दै जाँदा प्राचीन मेसोपोटामियामा पुगिन्छ । मेसोपोटामियाको सुमर भन्ने ठाउँबाट लेखन प्रणाली विकास भएको मानिन्छ ।

युफ्रेटस र टिग्रिज नदीको बीच भागमा अवस्थित भूगोल नै मेसोपोटामिया हो । आधुनिक नक्सामा मेसोपोटामियाको नामोनिसान भेटिँदैन । त्यो ठाउँ हालको इराकको दक्षिणी भागमा पर्छ । मेसोपोटामियाको दक्षिणी भागस्थित सुमरियाबाट लेखन प्रणाली विकास भएको धेरै इतिहासकारले उल्लेख गरेका छन् ।

लेखन प्रणाली कहाँ र कसरी सुरु भयो भन्ने प्रश्नसँगै पहिलो मानिसलाई लेख्ने प्रेरणा कुन तत्वले दियो ? यो प्रश्न पनि उत्तिकै सान्दर्भिक छ । मानिस लेख्न कसरी प्रेरित भए भन्नेबारे थरीथरीका अड्कल काटिन्छन् । एकथरीको बुझाइमा गड्यौँला, सर्प वा यस्तै घस्रिने प्राणी हिलोमा हिँड्दा बनेको आकारबाट मानिसलाई लेख्ने प्रेरणा मिल्यो ।

अर्काथरीको बुझाइमा पातमा बनेका किरेमिरे धर्साहरू (जसलाई चराले लेखेको भन्ने चलन छ) बाट प्रेरित भएर मानिसले लेख्न सुरु गरे । जुनसुकै कारणले लेख्न सुरु गरेको भए पनि मानिसले लेखन प्रणालीको विकास गरेर युगान्तकारी इतिहास मात्र रचेन मानव सभ्यता र संस्कृतिलाई अपिरिमित गुन पनि लगायो ।

लेखन प्रणालीको विकासबारे विशेष अभिरुचि राख्ने अध्येता इतिहासकार जेरोल्ड एस. कुपरले आफ्नो पुस्तक द बेबिलोनियन बिगिनिङ : दी अरिजिन अफ क्युनियफर्म राइटिङ सिस्टम (सन् २००४) मा  सुमरियामा इसापूर्व ३१०० तिर लेखन प्रणाली विकास भएको चर्चा गरेका छन् । विश्वमा लेखन प्रणाली श्रीगणेश गर्ने सुमरेलीहरू संसारकै प्रथम लेखक मानिन्छन् ।

विश्वमा लेखन प्रणाली सुमरियामै विकास भएको बारे इतिहासकारहरू एकमत देखिए पनि त्यसको प्रारम्भकालबारे भने मतैक्य छैन । उनीहरूले लेखन प्रणाली प्रारम्भ भएको समय फरक फरक उल्लेख गरेका छन् । कसै कसैले इसापूर्व ५४०० तिर लेखन प्रणाली विकास भएको उल्लेख गरेका छन् भने बहुसङ्ख्यक इतिहासकारको मत अनुसार इसापूर्व ३१०० देखि ३५०० सम्मको कालखण्डमा लेखन प्रणाली विकास भयो ।

सुमरियालीहरूले गिलो माटाको चारपाटे चाक्लो पाटामा तिखो वस्तुले लेख्ने गरेको पाइन्छ । माटोबाट निर्मित त्यस्ता वस्तुलाई ‘क्ले ट्याबलेट’ (clay tablet)भनिन्थ्यो । सुमरियालीले सु्रु गरेको लेखन प्रणालीलाई ‘क्युनिफर्म’ (cuneiform) भनिन्छ । ल्याटिन भाषाको शब्द क्युनिफर्मको अर्थ हुन्छ, किलाक्षर (wedge-shaped) अर्थात् किलाको जस्तो तिखो तिखो अक्षर भएको । किलाक्षर लेख्न प्रयोग हुने कलम बाँसबाट निर्मित तिखो वस्तु थियो भनी लेखनकलाका अन्वेषक जेरोल्ड एस. कुपरले चर्चा गरेका छन् । यस आधारमा बाँसबाट निर्मित तिखो वस्तुलाई नै विश्वको पहिलो कलम मान्न सकिन्छ कि ?

ती माटोका चाक्ला पाटा (क्ले ट्याबलेट) मा के कस्ता विषयमा लेखिन्थे भन्नेबारे पनि अध्ययन भएका छन् । सुमरविद स्यामुअल नोह क्रेमरले द सुमरेयिन : हिस्ट्री, कल्चर र क्यारेक्टर (सन् १९६३) नामक पुस्तकमा क्ले ट्याबलेटमा धार्मिक, साहित्यिक तथा राजनीतिक विषयवस्तु समेटिएका हुन्थे भनी उल्लेख गरेका छन् । यी विषयबाहेक कानुन, व्यापार, कृषि, ज्योतिषशास्त्र आदिबारे पनि लेखिन्थे भन्ने वर्णन पाइन्छ ।

कतिपयले सुमरसहितका मेसोपोटामियालीहरू समुद्र वारपार व्यापार गर्ने कारोबारी भएकाले व्यापारिक सामान आयात–निर्यातसम्बन्धी विवरण राख्न ‘क्ले टोकन’ (clay token) प्रयोग गरिन्थ्यो भन्ने पनि पढ्न पाइन्छ ।

लेखन प्रणालीको इतिहासमा मेसोपोटामिया (सुमर) पछि मिश्र (इजिप्ट) को नाम आउँछ । मिश्रवासीले चित्रात्मक लेखनकला सुरु गरेको देखिन्छ । कतै कतै सुमर र इजिप्टमा लगभग एकै समयमा समानान्तर किसिमले लेखन प्रणाली विकास भइरहेको थियो भन्ने मत जाहेर गरिएको छ । मिश्रमा विकास भएको लेखन प्रणालीमा चित्र तथा स्वर विकसित भएको पाइन्छ ।

मिश्रविद् जोन विन्सको पुस्तक भिजुवर एन्ड रिटन कल्चर इन एनसिएन्ट इजिप्ट (सन् २००७) का अनुसार मिश्रमा इसापूर्व ३१०० तिर ‘हाइरोग्लिफस्’ (Hieroglyphs)    लेखन प्रणाली विकास भएको थियो । ‘हाइरोग्लिफस्’ शब्द ग्रिक भाषाबाट आएको देखिन्छ । जुन ‘हाइरोज’ (Hieros) र ग्लाइफेन ९न्थिउजभष्ल० गरी दुई  शब्दको मिश्रण हो । ‘हाइरोज्’ को अर्थ पवित्र हुन्छ भने ‘ग्लाइफेन’ को अर्थ लेखन हुन्छ । समग्रमा यसको अर्थ हुन्छ, पवित्र लेखन ।

‘हाइरोग्लिफस्’ मूलतः धार्मिक तथा आध्यात्मिक विषयको लेखनमा प्रयोग हुने भएकाले यसलाई पवित्र लेखन भनिएको हो भनेर सजिलै अनुमान गर्न सकिन्छ । मिश्रका प्राचीन धर्मग्रन्थ र पिरामिडमा रहेका कतिपय लेखोट ‘हाइरोग्लिफस्’ मा लेखिएको पाइन्छ ।

लेखन प्रणाली विस्तार

लेखन प्रणालीको विकास मेसोपोटामिया र मिश्रमा भए पनि समयक्रममा संसारका अन्य भागमा पनि यसले गति लियो । मध्यअमेरिका (माया सभ्यता), चीन, भारतीय उपमहाद्वीप (सिन्धुघाँटी) आदि सभ्यतामा कहीँ स्वतन्त्र किसिमले त कहीँ अन्तरसम्बन्धित किसिमले लेखन प्रणाली विकास भएको पाइन्छ ।

सिन्धु घाटी सभ्यतामा प्रयोग भएको लिपि एसियामा भेटिएका लिपिमध्ये पुरानो मानिन्छ । जसलाई पढेर अर्थ लाउन सकिएको छैन  आजपर्यन्त पनि । ग्रगोरी पुसलकृत पुस्तक दी इन्डस सिभिलाइजेसन (सन् १९९७) मा सिन्धुघाँटी सभ्यतामा प्रयोग भएको लिपि इसापूर्व २६०० तिर विकास भएको उल्लेख गरिएको छ ।

यसपछि चिनियाँ लेखन प्रणाली अस्तित्वमा आएको देखिन्छ । बोल्जले सन् १९९४ मा प्रकाशित दी अरिजिन एन्ड अर्ली डेभलपमेन्ट अफ चाइनिज राइटिङ सिस्टम शीर्षक शोधपत्रमा उल्लेख गरे अनुसार चिनियाँ लेखन प्रणाली इसापूर्व १२०० तिर विकास भएको थियो । बोल्जले चिनियाँ लेखन प्रणाली सुरुमा चित्रात्मक अक्षर रहेकोमा समयक्रममा परिवर्तन भई अहिलेको अवस्थामा आइपुगेको उल्लेख गरेका छन् । कोरियाली तथा जापानी लिपि पनि चिनियाँ लिपिकै विरासत रहेको अध्येताको भनाइ छ ।

ब्राह्मी लिपिका ज्ञाता रिचर्ड सोलोमनले सन् १९९८ मा प्रकाशित आफ्नो कृति इन्डियन इपिग्राफीमा उल्लेख गरे अनुसार ब्राह्मी लिपि इसापूर्व ३०० तिर विकास भएको थियो । जसलाई दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका कतिपय भाषाको जनक मानिन्छ । दक्षिणपूर्वी एसिया खमेर, बर्मेली, थाई आदि लिपि ब्राह्मी लिपिबाट विकास भएको मानिन्छ । यसै गरी तमिल, तेलुगु, मलायलम, सिङ्हला, कन्नड, बङ्गाली, देवनागरी, गुजराती, गुरुमुखी (पञ्जाबी) जस्ता दक्षिण एसियामा प्रचलित भाषाका लिपि पनि ब्राह्मी लिपिकै सन्तान मानिन्छन् । यद्यपि कुन भाषा कसको सन्तान भन्नेबारे कतै कतै परस्पर विरोधी धारणा पनि आएको पाइन्छ ।

मध्य अमेरिकी माया सभ्यताको लेखन प्रणाली पनि ब्राह्मी लिपि जत्तिकै पुरानो देखिन्छ । जस्टिसन र टेरन्स काउफम्यानले लेखेको पुस्तक दी डिसाइफरमेन्ट अफ दी मायान स्व्रिmप्ट (सन् २००३) मध्य अमेरिकी माया सभ्यतामा उपयोग भएको लिपि इसापूर्व तेस्रो शताब्दीतिर विकास भएको तर्क अघि सारिएको छ ।

अरबी लिपि ब्राह्मी लिपिभन्दा नयाँ देखिन्छ । जोन एफ हिलीले सन् १९९० मा प्रकाशित आफ्नो कृति दी अर्ली अल्फाबेटमा इस्वीको चौथोदेखि छैटौँ शताब्दीमा अरबी लिपि विकास भएको चर्चा गरेका छन् ।

कागज आविष्कार

लेखन प्रणालीको विकाससँगै मिश्रवासीले अर्को महत्वपूर्ण योगदान पनि दिए । त्यो हो, कागज आविष्कार । नाइल नदीमा पाइने एक प्रकारको घाँसे वनस्पति wetland sedge बाट कागज उत्पादन गरी लेख्न सुरु गरिएको इतिहास भेटिन्छ । त्यस प्रकारको कागजलाई ‘पपाइरस’ (papyrus) भनियो । जुन कालान्तरमा अङ्ग्रेजी भाषाको सम्पर्कमा आएपछि ‘पेपर’ ९उबउभच० नामले चिनियो भन्ने धेरैजसो अध्येताको राय छ । रिचर्ड ब्रुक  पार्किन्सनले आफ्नो कृति क्र्याकिङ कोड्सः दी रोसेटा स्टोन एन्ड डिसाइफरमन्ट (सन् १९९९) मा इसापूर्व ३१०० देखि २६०० तिर ‘पपाइरस’ विकास भएको उल्लेख गरेका छन् । सन् २०१५ मा प्रकाशित आफ्नो पुस्तक एक्प्लोरिङ रिलिजन इन इजिप्टमा स्टेफेन क्विर्कद्वारा ‘पपाइरस’ मा प्रशासनिक, धार्मिक तथा साहित्यिक विषयवस्तुले स्थान पाउने गरेको चर्चा गरिएको छ ।

मिश्रपछि चीनमा कागजको आविष्कार भएको पाइन्छ । परम्परागत रूपमा १०५ इस्वीमा पूर्वी हान वंशको समयमा चाइ लुनले कागज आविष्कार गरेका थिए भनी साइन्स एन्ड सिभिलाइजेसन (सन् १९८५) पुस्तकमा उल्लेख गरिएको छ । राजदरबारका अधिकारी रहेका चाइ लुनले रुखको बोक्रा, सन, कपडाका च्यातिएका टुक्रा र माछा मार्ने जालको मिश्रण प्रयोग गरी कागज बनाएका थिए ।

कागज निर्माण प्रविधि चीनबाट विस्तार हुँदै रेशममार्गमार्फत सातौँ  शताब्दीमा मध्यएसिया, आठौँ शताब्दीमा इस्लामिक मुलुक र १२ औँ शताब्दीमा युरोपसम्म फैलियो भन्ने विवरण भेटिन्छ । कागजको आविष्कारले ज्ञान, प्रशासन र शिक्षामा क्रान्ति मात्र ल्याएन इतिहास अभिलेखीकरण र ज्ञानको तीव्रतर विस्तारमा पनि अतुलनीय योगदान दियो ।

विगतमा कागज सजिलै उपलब्ध नहुँदा पात तथा रुखका बोक्रा, ढुङ्गा, बाँसका खबटा, हड्डी, तामा तथा सुनका पाता आदिमा समेत लेख्ने गरिएको पाइन्छ । ढुङ्गा, तामा तथा सुनको पातामा लेखिएको अभिलेखलाई क्रमशः शिलापत्र, ताम्रपत्र तथा स्वर्णपत्र भन्ने चलन छ । अचेल कतिपयमा आधुनिक भवनको बोइलर प्लेट (boiler plate) पनि तामाको पाता हुने गर्छ । जसमा भवन कसले र कहिले उद्घाटन गरेको थियो भन्ने लेखिएको हुन्छ ।

रुखका बोक्रा तथा पातमा लेखिएका सामग्रीलाई ताडपत्र तथा भोजपत्र भन्ने गरिन्छ । गाउँघरमा कागज सजिलै उपलब्ध नहुँदा काठको पाटीमा खरीढुङ्गाले लेख्ने चलन पछिसम्म थियो । यति मात्र होइन सोही पाटीमा धुलो राखेर हातको औँलाले लेख्ने चलन पनि थियो । यस्ता धुलेपाटीमा बाँस वा काठबाट निर्मित कलम जस्तो वस्तुले अक्षर लेख्ने गरिएको पनि पाइन्छ ।

वर्णमालाको विकास 

आधुनिक वर्णमालाका दृष्टिले सुमरिया तथा मिश्रमा विकास भएको लेखन प्रणाली परिष्कृत र परिपूर्ण थिएनन् । ती लेखन प्रणाली एक हिसाबले आदिम लेखन प्रणाली (primitive writing system) मात्र थिए । लेखन प्रणालीलाई व्यवस्थित तुल्याउन वर्णमाला आवश्यक थियो ।

वर्णमालाको विकास फोनेसियामा भएको प्रमाण मिल्छ । फोनेसिया अहिलेको लेबनान र सिरियाको केही भागमा फैलिएको थियो । फोनेसियालीले इसापूर्व १०५० मा वर्णमाला विकास गरेका थिए । यो कुरा पुरातत्वविद् बेन्जामिन सासले सन् १९८८ मा प्रकाशित आफ्नो कृति दी जेनिसिस अफ दी अल्फाबेट एन्ड इट्स डेभलपमेन्ट इन दी सेकेन्ड मिलिनियम बिसीमा उल्लेख गरेका छन् । बेरी पावेलले आफ्नो कृति होमर एन्ड दी अरिजिन अफ दी ग्रिक अल्फाबेट (सन् १९९१) मा उल्लेख गरे अनुसार फोनेसियाली लिपि तथा वर्णमालामा २२ वटा अक्षर थिए । जसमा व्यञ्जन मात्र थिए, स्वर थिएन ।

बेरी पावेलका अनुसार ग्रिकहरूले करिब आठौँ शताब्दी इसापूर्वमा फोनेसियाली वर्णमाला अपनाई त्यसमा आवश्यक परिमार्जन पनि गरे । सन् २००२ प्रकाशित पुस्तक दी इट्रस्कन ल्याङ्गुएज : एन इन्ट्रोडक्सनमा लरिसा बोनफान्ते जुलियानो बोनफान्ते चर्चा गरे अनुसार ग्रिकहरूले परिमार्जन गरेको फोनेसियाली वर्णमालालाई इट्रस्कनहरू ९भ्तचगकअबलक० ले ग्रहण गरे । इट्रस्कन, रोमन सभ्यताको उदय हुनुअघिको प्राचीन सभ्यता हो । जुन वर्तमान इटालीको मध्यभागमा थियो ।

इट्रस्कनहरूले प्रयोगमा ल्याएको वर्णमालालाई रोमनहरूले इसापूर्व सातौँदेखि छैटौँ शताब्दीमा ग्रहण गरे र समयव्रmममा त्यसमा थप आवश्यक परिमार्जन पनि गरेको कुरा जेम्स क्याकसन र जिफरी हरक्सले दी ब्ल्याकवेल हिस्ट्री अफ दी ल्याटिन ल्याङ्गुएज (सन् २००७) मा अघि सारेका छन् ।

रोमन वर्णमाला फोनेसियाली वर्णमालाकै विरासत थियो । ल्याटिन वर्णमाला नामले समेत चिनिने रोमन वर्णमाला पश्चिमी गोलाद्र्धमा प्रचलित बहुसङ्ख्यक भाषाको महत्वपूर्ण आधार बन्न पुग्यो । फोनेसियाली वर्णमालाको परिष्कृत रूप मानिने रोमन लिपि युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, एसिया, अफ्रिका तथा अस्टे«लियाका कतिपय भाषाको साझा लिपि बन्न पुगेको छ ।

सबै महादेश ढाक्ने गरी रोमन लिपि संसारभर कसरी फैलियो ? यो एक स्वाभाविक जिज्ञासा हो । जर्मन भाषाशास्त्री फ्लुरियन कुल्मसले आफ्नो कृति राइटिङ सिस्टम्स् (सन् २००३) मा साम्राज्यवाद, व्यापार तथा धर्मका माध्यमबाट रोमन लिपिको विश्वव्यापी विस्तार भएको चर्चा गरेका छन् । उनी पछिल्लो समयमा डिजिटल प्रविधिको आगमनले रोमन लिपि विस्तारमा थप सहजीकरण गरेको पनि उल्लेख गर्न बिर्सेका छैनन् ।

बिसाउनी

लेखन प्रणालीले ज्ञान विस्तार र इतिहास अभिलेखीकरणमा क्रान्तिकारी परिवर्तन ल्याएको तथ्य जाहेर नै छ । मानव सभ्यतालाई गतिशील र तरङ्गित तुल्याउने लेखन प्रणालीको लामो विकासक्रम कम रोचक छैन ।

प्राचीन चित्रलिपिदेखि डिजिटल युगसम्म आइपुग्दा धेरै उतारचढाव भोग्दै लेखन प्रणालीले बेजोड प्रगति गरेको छ । यसले प्रशासनिक, कानुनी, धार्मिक तथा सांस्कृतिक अभ्यासको दस्ताबेजीकरणलाई सहज बनायो । जसबाट मानव सभ्यतामा युगान्तकारी प्रभाव पारेको छ ।

कतिपय अध्येताका दृष्टिमा मध्ययुगीन युरोपमा चर्चमार्फत अघि बढाइएको लेखन र साक्षरताको प्रसारले युरोपमा पुनर्जागरण र अन्ततः आधुनिक विज्ञान र विद्वताको उदयका लागि गजबको आधारशिला तयार गर्‍यो । वाल्टर ओङ आफ्नो पुस्तक ओरलिटी एन्ड लिटरेसी (सन् १९९२) मा लेख्छन्, लेखन प्रणालीले होमरका महाकाव्य, प्राचीन ग्रिस र रोमका दार्शनिक कार्य जस्ता ज्ञान–सम्पदाको संरक्षण र प्रसारणमा महत्वपूर्ण भूमिका खेल्यो (ओंग, १९८२) । वास्तवमा लेखन प्रणाली विगत, वर्तमान र भविष्यलाई जोड्ने सेतु बनेको छ ।

–युवामञ्च

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा

विद्यालयको अतिक्रमित जग्गा सात दिन भित्र खाली गर्न निर्देशन

सामाजिक सद्भाव र एकताको प्रतीक बट सावित्री व्रत

सामाजिक सद्भाव र एकताको प्रतीक बट सावित्री व्रत

भर्खरै प्रकाशित

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा

विद्यालयको अतिक्रमित जग्गा सात दिन भित्र खाली गर्न निर्देशन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज