Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गोरखामा २२औँ सवा लाख रोट महोत्सव हुँदै

Author Avatar साझा न्यूज 24th April 2025 , 4:01 PM
गोरखामा २२औँ सवा लाख रोट महोत्सव हुँदै

गोरखा दरवार परिसरमा रहेको गोरखानाथ मन्दिरमा २२औँ सवा लाख रोट महोत्सवको आयोजना गरिएको छ । महोत्सवको आयोजना सिद्वाश्रम शक्ति केन्द्र नेपालले आयोजना गरेको हो ।

महोत्सवका बारेमा जानकारी दिने उद्वेश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा केन्द्रका संयोजक रामजी अर्यालले महोत्सव बैशाख २९ गतेबाट सुरु भएर जेठ ८ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो ।

यो बर्षको महोत्सवमा स्वदेश तथा विदेशबाट ५० हजारभन्दा बढीले सहभागिता जनाउने छन ।

यो पटकको महोत्सव फरक खालले मनाउने तयारी भएको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

मानव कल्याण र विश्व शान्तिको कामना गर्दै बिक्रम सम्बत २०६१ सालदेखि नै केन्द्रले गोरखनाथ मन्दिरमा सवालाख रोट अर्पण गर्दै आएको छ ।

विगतदेखि नै गोरखनाथ जयन्तीको अवसर पारेर आयोजना गरिएको महोत्सवमा देशैभरबाट श्रद्वालु भक्तजनहरु आउँछन ।

यो पटक पनि नेपालको धेरै जिल्लाका साथै भारत र अन्य देशका गुरु गोरखनाथका भक्तजनहरुले सहभागिता जनाउने अनुमान गरिएको छ ।

महोत्सवको पहिलो दिन गोरखा बजारमा रहेको सिद्वाश्रम शक्ति केन्द्रबाट निकालिने शोभायात्रा गोरखानाथ मन्दिरमा पुगेर समापन गरिने भएको छ ।

यस पटकको रोट महोत्सवलाई गोरखा नगरपालिकाले मनाउँदै आएको ‘गोरखा पर्यटन बर्ष’ को क्यालेन्डरमा समेत समावेश गरिएको छ ।

रोट महोत्सवभरी दैनिक स्तुति बन्दना, स्तवन पाठ, हवन, पूजन, रोट अर्पण, गुरु आरती, भजन(किर्तन र प्रसाद बितरण हुने सिद्वाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले बताए ।

रोट के हो रु

चालम, गहुँ र जौको पिठोमा मसलाहरु मिसाएर बनाएको एक बिशेष परिकार हो( रोट ।

चालम, गहुँ र जौलाई शुद्व मानी ३२ थरिका मसलाहरु जस्तै नरिवल, काजु, किसमिस, अलौंची, ल्वाङ, सुकुमेल, छोकडा, मरिच, दालचिनी, खुदो, मह, घिउ, चिनी जस्ता मसलाहरु हालेर विशेष बिधिद्वारा बनाइन्छ ।

रोट २ प्रकारको हुन्छ । भुङ्ग्रे र ताई रोट ।

गोलाकार आकृतिको पिठोको मिश्रणलाई पातमा राखेर आगो को भुङ्ग्रो पकाइनेलाई भुङ्ग्रे रोट भनिन्छ । यस्तो रोट सानादेखि ठुला आकारमा पनि तयार गरिन्छ ।

दोस्रो भनेको ताई रोट हो । यो प्रकारको रोटलाई घिउमा तारेर बनाइन्छ । पिठोमा विभिन्न थरीका मसलाहरु हालेर विशेष आकृति अर्थात पृथ्वीको आकारमा सानो सानो गोलाकार बनाएर बनाउने गरिन्छ ।

यसको बीच भागमा नाभी अर्थात ओमकार राख्ने चलन छ ।

यसरी विशेष विधिका साथ रोटको बिचमा बनाइएको नाभिलाई ‘शिवलिङ्ग’ पनि भनिन्छ । यस्तो नाभी भुङ्ग्रे रोटमा पनि बनाइने प्रचलन छ । भुङ्ग्रे रोटमा बनाइएको नाभीलाई भने ‘सुमेरु’ भन्ने गरिन्छ ।

नाथ संप्रदायका मानिसहरुले बनाउने रोटमा त्यस्तो आकृति दिँदा भने विशेष मन्त्र उच्चारण गनुपर्ने हुन्छ ।

गुरु गोरखानाथलाई रोट चढाउदा पनि विशेष रोट पूजा गरी मन्त्रसहित रोटको बिचको भाग काटेर चढाइने गर्दछ ।

स्वादमा अनि नै उत्कृष्ट मानिने यस प्रकारको रोट, रोट महोत्सवमा सबैको आकर्षणको बिषय हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज