काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति सामाजिक सञ्जालमार्फत रोचक शैलीमा प्रेमभाव प्रकट गरेका छन् ।
बालेनले सोमबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमार्फत लेखेका छन्,
“डियर हर्क साम्पाङ;
तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँच्चो हो ।
You are my true love ❤️”
उक्त स्टाटस छोटो समयमा नै भाइरल बनेको छ । केही मिनेटमै हजारौंले लाइक, कमेन्ट र सेयर गरेका छन् ।
यसअघि हर्क साम्पाङले विभिन्न विषयमा खुलेआम बालेनप्रति असन्तुष्टि र आलोचना गर्ने गरेका थिए । तर बालेनले भने हल्का शैलीमा जवाफ दिँदै आपसी सम्बन्धलाई हास्य–व्यङ्ग्यमार्फत प्रकट गरेका हुन् ।
बालेनको यस पोस्टलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले मनोरञ्जनको रूपमा लिएको देखिन्छ । कतिपयले दुई मेयरबीचको संवादलाई “राजनीतिक भन्दा पनि व्यक्तिगत मित्रताको अनौठो प्रस्तुति” भनेका छन् ।
















































