काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।
नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन् ।
दल दर्ताका लागि आयोगको कार्यालयमा नेताहरू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरू पुगेका हुन् ।
















































