Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्वास्थ्य बिमा कार्यक्रमले निरन्तरता पाउँछः मन्त्री गौतम

Author Avatar साझा न्यूज 28th January 2026 , 11:47 AM
स्वास्थ्य बिमा कार्यक्रमले निरन्तरता पाउँछः मन्त्री गौतम

तनहुँ, माघ १४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई पूर्ण प्रतिबद्धताका साथ निरन्तरता दिने बताउनुभएको छ । आर्थिक अभावले गर्दा बिमा कार्यक्रम प्रभावित हुन सक्ने भनी विभिन्न सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नरहेको दाबी गर्दै उहाँले भ्रममा नपर्न आग्रह गर्नुभयो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको मङ्गलबार अनुगमन तथा अवलोकनका क्रममा मन्त्री गौतमले बाहिर चर्चा भएजस्तो कार्यक्रम नै रोकिने अवस्था नरहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “बिमा कार्यक्रम सञ्चालनका क्रममा देखिएका केही बेथिति हटाउने र आवश्यक आर्थिक स्रोत पहिचान गर्ने कार्य भइरहेको छ, त्यसैले यो समस्या छिट्टै समाधान हुन्छ ।’’

स्वास्थ्य करबापत सङ्कलित रकमलाई सरकारले स्वास्थ्य बिमा कोषमा परिचालन गरे मात्र पनि विद्यमान आर्थिक चुनौती सहजै टर्ने उहाँको तर्क थियो । यद्यपि, स्रोत व्यवस्थापनमा केही चाप भने रहेको उहाँले स्वीकार गर्नुभयो । मन्त्री गौतमले मुलुककै एक मात्र श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत अस्पताल तनहुँमा रहनु गौरवको विषय भएको उल्लेख गर्दै यसको भौतिक र प्राविधिक विकासमा सरकार गम्भीर रहेको बताउनुभयो ।

अस्पताललाई बिरामीको भरोसायोग्य केन्द्र बनाउन आग्रह गर्दै उहाँले भारत सरकारबाट प्राप्त हुने भनिएको सहयोगलाई छिटो ल्याउन मन्त्रालयले पहल गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक एवम् अस्पताल विकास समितिका अध्यक्ष डा.केशर ढकाल, स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटा र अस्पतालका निर्देशक डा. रामकुमार श्रेष्ठले अस्पतालको दिगो विकास र समस्या समाधानका लागि सामूहिक प्रयासको आवश्यकतामा जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

भर्खरै प्रकाशित

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज