काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई वटा खेल हुँदैछन् ।
त्रिवि क्रिकेट रंगशालामा आजको पहिलो खेल दिउँसो साढे १२ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच हुँदैछ । लुम्बिनी ३ खेलमा २ मा जीत र १ मा नतिजाविहीन हुँदै ५ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।
४ खेल खेलेको जनकपुर २ खेलमा जीत र २ खेलमा हारसहित चौथो स्थानमा छ ।
यस्तै आजको दोस्रो खेल बेलुका ५ बजे विराटनगर किङ्ग्स र काठमाण्डौ गोर्खाजबीच हुनेछ । विराटनगर ४ खेलमा २ जीत र २ मा हारसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।
काठमाण्डौ २ खेलमा १ मा जीत र १ खेलमा हारसहित सातौँ स्थानमा छ । अहिलेसम्म सबै टोलीले कम्तीमा २ वटा खेल खेलिसकेका छन् । पोखरा एभेन्जर्स लगातार तेस्रो हारसहित तालिकाको पुछारमा छ ।
आठ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।















































