Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एक ओली = ५ पाण्डव(देउवा,प्रचण्ड, झलनाथ,माधव र बाबुराम) ओलीले हल्लाई दिए गणतन्त्रको जग !

Author Avatar साझा न्यूज 10th June 2021 , 11:49 AM
एक ओली = ५ पाण्डव(देउवा,प्रचण्ड, झलनाथ,माधव र बाबुराम) ओलीले हल्लाई दिए गणतन्त्रको जग !

– निमकान्त पाण्डे

प्रचण्ड , माधव-झलनाथ र बाबुराम-उपेन्द्रसमेत गरी तीन दलका  पाँच जना नेताहरु संगठित भएर लाग्दा पनि एकजना केपी ओलीसँग संसदबादी प्रतिस्पर्धामा नराम्ररी पराजित भएका छन् ।संसदीय राजनीतिमा बिकसित भएको दलालबादले कुर्सी प्राप्तिका लागि बिदेशी शक्तिको आशीर्वादलाई अपरिहार्य बनाएको छ ।यो अवस्थाले नेपालको गणतन्त्रको जग कति कमजोर रहेछ भन्ने सन्देश पनि दिएको छ ।

राजतन्त्र ढालेर गणतन्त्र ल्यायौं, गणतन्त्र ल्याउनमा आफ्नो महत्वपूर्ण योगदान रह्यो भनेर स्वामित्वमा दाबी गर्ने सबै राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री केपी ओलीले लोप्पा ख्वाईदिएका छन् । संसदबादी राजनीतिमा यो पक्ष भने रमाईलो देखिएको छ । यो गणतन्त्र होइन मेरो तन्त्र हो, अर्थात यो ओलीतन्त्र हो भने जस्तै गरी सन्देश दिन केपी ओली  सफल भएका छन् । ओलीले सबै राजनीतिक दलहरुलाई किनारामा पु¥याएर शक्ति केन्द्रीत गरेका छन् । ओली भन्ने गर्थे बयलगाढा चढेर अमेरिका पुग्न सकिदैन ।

सबैलाई सडकमा थचारेर ओली अमेरिका पुगिसकेका छन् ।शेर बहादुर र प्रचण्डले दस्तखत गरेर र सम्झौता गरेर संसदबाट पास गरेपछि लागू गर्ने भनेर नेपाल  अमेरिकाको एमसीसी नेपाल भित्र्याएर अमेरिकाको चाकडी गरेका थिए । अरुले  देशभित्र भित्र्याएको एमसीसी नामको अमेरिकाको सैन्य रणनीतिलाई ओलीले संसदमै नलगेर कार्यान्वयनमा लगिसकेका छन् र अमेरिकालाई अरुले भन्दा अगाडि बढेर खुशी बनाउन सफलता हासिल गरेका छन् । त्यसैगरी भारतलाई कम्फर्टेबल सरकार बनाउन भनेर खुला रुपमा बोलदै हिंडेका प्रचण्डलाई लोप्पा ख्वाउँदै ओलीले भारतको एजेण्डालाई कार्यान्वयन गर्न दुई कदम अगाडि छलाङ मारेका छन् ।

ओलीले  राजतन्त्रका विरुद्ध र गणतन्त्रका पक्षमा नारा लागिरहेका बेला सडक आन्दोलनको कमजोर प्रस्तुतिलाई संकेत  गरेको बयलगाडा चढेर अमेरिका पुग्न सकिदैन भन्ने प्रसंगमा ओलीलाई गणतन्त्र विरोधीको आरोप लगाउने आधार बनिरहेको छ ।परन्तु यसै आरोपको जगमा टेकेर ओलीले राजसंस्थाका पक्षधरहरुलाई आफू निकट बनाउन पाएका छन् ।

केपी ओलीकै कारणबाट अहिले गणतन्त्रको जग कमजोर बनिरहेको महसुस राजनीतिक दलका नेताहरुले गरिरहेका छन् । सडकमा राजावादीहरुले गणतन्त्रका विरुद्ध नारा लगाइरहेका अवस्थामा प्रधानमन्त्री ओलीले संसदबादीहरुले भन्ने गरेको गणतन्त्रको सक्कली स्वरुप राजतन्त्र भन्दा फरक छैन भन्ने रुपमा पनि देखाई दिए । ओलीले गणतन्त्रलाई ओलीतन्त्रका रुपमा रुपान्तरित गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्रले आफूमाथि आरोपित गर्दै बिभिन्न कोणबाट भैरहने आफ्ना दाजुको बंशनास भएको दरवार हत्याकाण्ड बारेका टिप्पणीप्रति अशन्तोष ब्यक्त गरेका छन् । उन्ले दरवारकाण्डबारे छानबिन गर्न समेत अनुरोध गरेका छन् ।यही आधारमा पनि ओलीले दरवारहत्याकाण्डको रहश्य उद्घाटन गराउने बाटो खुलेको छ ।

केही महिना पहिले सडकमा राजावादीहरुको प्रदर्शन बढ्न थालेपछि प्रधानमन्त्री ओलीले गणतन्त्र संकटमा परेको भनेर बालुवाटारमै सर्वदलीय बैठक बोलाएका थिए । त्यसैले ओली  गणतन्त्रवादी हुन् भन्ने सन्देश उनले दिएका थिए भन्न सकिन्छ । बैठक बोलाएको एक साता नबित्दै ओलीले  प्रतिनिधिसभा विघटन गर्नुका साथै सम्बैधानिक निकायहरुमा आफ्ना निकटहरुलाई नियुक्ति गरे राजाकै शैलीमा । राजाकै शैलीमा सडकका मान्छेहरुलाई टपक्क टिपेर टिका लगाएर मंत्री बनाईदिए ।सर्वोच्च अदालतले ती टिके मंत्रीहरुलाई खारेज गरिदियो ।सायद यो पनि ओलीकै चाहनाबाट भएको हो ।

२ सय ४० बर्ष पुरानो सामन्ती राजतंत्र बिघटन हुनुमा सबै दलका नेताहरुले आ–आफ्नै योगदानको दाबी गरिरहेका छन् । तर आज एउटा केपी ओलीको शक्तिका बिरुद्द सडकमा पछारिन पुगेका छन् सबै दलका मुखियाहरु !

माओबादी सेनालाई शिबिरमा थुनेर बिदेशीहरुको आडमा राजतन्त्र विघटन भइसकेपछि राजनीतिक दलहरुले जनताका चाहनालाई सम्बोधन गर्न सकेनन् । जनताका चाहनालाई सम्बोधन गर्नेतर्फ भन्दा आफ्ना परिवारका सदस्यहरुलाई नियुक्ति दिलाउनेतर्फ  ध्यानाकर्षण भयो । यस कार्यमा नेताहरुले सफलता हासिल गरेका छन् पनि । जे गर्ने चाहना हुन्छ त्यो गर्न सकिन्छ भन्ने उदाहरण यही काफी छ ।

देशमा व्याप्त वेथीति र भ्रष्टाचारप्रति नेताहरु निर्मम् बन्न सकेका भए देश त्यतैतिर जान्थ्यो, अर्थात भ्रष्टाचार न्यून भएर जान्थ्यो । तर नेताहरु नै भ्रष्टाचारमा रमाउन थालेपछि उनीहरुको आदर्श बिलाशितातर्फ उन्मुख हुनु स्वाभाविक हो ।

नेताहरुमा बिकसित बिलाशिता उन्मुख गतिबिधिका कारणबाट देशको अर्थ व्यवस्था नै अस्तव्यस्त बन्न पुगेको छ । नेताहरुकै संरक्षणमा भइरहेका गैरकानूनी भ्रष्ट कामहरुले राजनीतिक दलहरु  बदनाम भइरहेका छन् । राजतन्त्र विघटन भएपछि  गणतन्त्र मात्र नभएर कम्युनिष्टको आवरणमा सरकार बन्यो । ब्यापक जनसमर्थन पाएको सरकारले गर्नुपर्ने काम नगरेपछि जनतामा निराशा उत्पन्न हुनु स्वाभाविक हो । अभावको जीन्दगी जीउन बाध्य भएका जनताले गणतन्त्रको माला जपेर  नेताहरुलाई जय(जयकार गरिरहनु पर्ने हो भने राजतंत्र भन्दा फरक के भयो ?

लोकतन्त्रको आवरणमा सजिएको गणतन्त्रमा कम्युनिष्टहरु सत्तामा पुगेका बेला साम्राज्यवाद निर्देशित शासन चल्छ भन्ने पूर्वानुमान गर्न जनताले सक्ने कुरा भएन नै १ गणतन्त्रमा जनताले राजनीतिक दलहरुबाट सन्तोषजनक नतिजा प्राप्त गर्न नसकेपछि विस्तारै जनताबाट असन्तुष्टिको आवाज राजा आऊ देश बचाऊ भन्ने अवस्थामा पुगेको छ । जनताले एकजना व्यक्ति सामन्तवादको अवशेषका रुपमा रहन सक्दैन भन्ने निष्कर्ष लिएरै राजतन्त्रको अन्त्य गरेका हुन्, तर प्रधानमन्त्री केपी ओलीले सामन्तवादको अवशेषका रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन् १ अहिले हजारौँको संख्यामा सामन्तवादका अवशेषहरु गाउँ—गाउँमा देखापरिरहेका छन् । अरु त अरु नै भए, गाउँपालिकाका जनप्रतिनिधिहरु समेत सामन्तबादी शैलीलाई अनुशरण गरिरहेका छन् । स्थानीय तहका कार्यकर्ताहरु पनि जनताबाट टाढिदैँ गएका छन् ।

आफ्नो पार्टी निकटकाहरु बाहेक अरु जनता नै हैनन् भन्ने सोचका साथ राजनीति गर्ने गाउँपालिकाका जनप्रतिनिधिहरु नै सामन्तवादका अवशेषका रुपमा टाउको उठाइरहेका छन् । जसले गर्दा जनतामा संसदीय गणतन्त्रप्रति तीव्र आक्रोश पैदा हुनुका साथै राजा आउ देश बचाउ भन्ने नारामा जनता रमाउन थालेका छन्, जनताले अग्रगमनको आशा गर्दा गर्दै पश्चगमनको दुर्गन्ध नेताहरुमा पाईरहेका छन् , आगे सबै नेताहरुलाई चेतना भया !-जनधारणा साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

कमजोर जनप्रतिनिधि– कमजोर बिकास र उन्नति

वादे वादे जायेते तत्वबोध

कमजोर जनप्रतिनिधि– कमजोर बिकास र उन्नति

कमजोर जनप्रतिनिधि– कमजोर बिकास र उन्नति

भर्खरै प्रकाशित

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने

आज लुम्बिनी प्रदेश सरकारले ल्याउँदै नीति तथा कार्यक्रम

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत

एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज