Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोरोना उपचारमा बहुविधि उपयोगी


कोरोना उपचारमा बहुविधि उपयोगी

काठमाडौं । कोरोना महामारीको उपचार व्यक्तिको अवस्था हेरेर बहुविधि चिकित्सा प्रणालीबाट गर्न सके प्रभावकारी हुने चिकित्सकहरूको सुझाव छ  । केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक डा. प्रदीप केसीले एउटै उपचार विधिमा सीमित हुनुभन्दा विभिन्न चिकित्सा प्रणालीबाट कोरोनाको उपचार गरे चाँडै निको हुने बताउनुभयो । “आयुर्वेदिक उपचार मात्र भनेर पनि बस्नु हँुदैन, न एलोपेथिक मात्र  । दुवैलाई सँगै लैजान सके बिरामी चाँडै निको हुने देखिएको छ”, उहाँले आफ्नो अनुभव सुनाउनुभयो  ।

आयुर्वेद चिकित्सालय नरदेवीमा एचडीयू ९हाई डिपेन्डेन्सी युनिट०सहितको आइसोलेसन सेन्टरमा रहेका सङ्क्रमितको उपचारमा आयुर्वेद, एलोपेथी, योग, प्राणायाम, कपिङ थेरापी, फिजियोथेरापी प्रयोग सुरु गरेको जानकारी उहाँले दिनुभयो  । विभिन्न रोग र जटिल अवस्थाका बिरामीलाई पनि १० दिनमा निको गर्न सफल भएको दाबी गर्दै डा. केसीले यो एकीकृत चिकित्सा प्रणाली कोरोना सङ्क्रमितको उपचारमा प्रभावकारी देखिएको पनि प्रस्ट पार्नुभयो  ।

उहाँले भन्नुभयो, “अस्पतालमा भर्ना भएका सङ्क्रमितमध्ये करिब ९० प्रतिशत मध्यम र जटिल अवस्थाका थिए । सामान्य खालका बिरामीलाई आयुर्वेदिक औषधिअन्तर्गत ज्येष्ठवासादि मिश्रण काँडा, सितोपलादी, गौदन्ती, महासुवर्ण चूर्ण मिश्रित औषधि तथा लक्षणअनुसार आयुर्वेदिक फर्मुला ‘एक’ र ‘दुई’ दिइएको थियो ।”

मध्यम र जटिल अवस्थाका बिरामीलाई आयुर्वेदिक उपचार, एलोपेथी औषधि, अक्सिजनको प्रयोग, कपिङ थेरापी, आवश्यकताअनुसार स्टेरोइड, रेम्डेसिभिर, योग ध्यानको माध्यमबाट उपचार गरिएको पनि उहाँले जानकारी दिनुभयो । डा। केसीका अनुसार शरीरमा अक्सिजनको मात्रा घटेका, छाती दुख्ने तथा मांसपेशी दुख्ने, सुक्खा खोकी लागेका बिरामीलाई कपिङ थेरापी उपयोगी देखिएको छ  ।

आयुर्वेदिक चिकित्सकले पनि आयुर्वेद मात्र राम्रो वा एलोपेथिक चिकित्सकले पनि आधुनिक चिकित्सा मात्र राम्रो भन्ने भनाइ छोड्नुपर्ने उहाँको सुझाव छ । दैवव्यापाश्रय चिकित्साअन्तर्गत (मन्त्र चिकित्सा–महामृत्युञ्जय मन्त्र, विष्णु सहस्रनाम, हनुमान चालिसा, सङ्कटमोचन मन्त्र, नवग्रह मन्त्र) गराउने, सङ्गीत चिकित्सामा राग, भजन, वाद्यवादन गराएको पनि डा. केसीले जानकारी दिनुभयो । आधुनिक चिकित्साअन्तर्गत कन्सल्टेन्ट फिजिसियन तथा मेडिकल अफिसरले बिरामीको स्वास्थ्य जाँच र सिफारिसअनुसारको उपचार गरिएको जानकारी उहाँले दिनुभयो ।

यसैगरी कोरोना सङ्क्रमितलाई दिइने औषधिमा असुरो, तालिसपत्र, पर्पटक, प्रियङ्गु, नागकेशर, जातिफल, ल्वाङ, सुकमेल, दालचिनी, वंशोलोचन, गुर्जो, जेठीमधुजस्ता जडीबुटी अधिक मात्रामा हुन्छन् । यस मिश्रणमा भाइरसजन्य रुघाखोकी, सिजनल फ्लु, ज्वरो आउने, घाँटी दुख्ने, अरुचि, गन्ध नाश हुने आदि लक्षणलाई निर्मूल पार्न चाहिने सक्रिय तत्त्व रहेको कुरा वैज्ञानिक अनुसन्धानमै देखिएको डा. केसीले बताउनुभयो ।

कोरोना सङ्क्रमित भएका र सङ्क्रमण नभएका सबैले यो उपाय अवलम्बन गर्न आयुर्वेद चिकित्सालय नरदेवीले सार्वजनिक रूपमा समेत आह्वान गरेको छ । आयुर्वेदमा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोनालगायत जुनसुकै भाइरसविरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने कुरा विभिन्न अनुसन्धानबाट प्रारम्भिक रूपमा जनाइएको छ । काठमाडौँ महानगरको अनुदानमा नरदेवी आयुर्वेदिक अस्पतालमा एचडीयूसहित ५० शøयाको आइसोलेसन रहेको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

दलहरूको ध्यान नयाँ सरकार गठनतिर

दलहरूको ध्यान नयाँ सरकार गठनतिर

लोसपा काङ्ग्रेसमा विलय हुँदै, राष्ट्रपति महन्थ कि मानबहादुर ?

लोसपा काङ्ग्रेसमा विलय हुँदै, राष्ट्रपति महन्थ कि मानबहादुर ?

सरकार गठनअघि ३४ पदाधिकारीको भागबन्डा चुनौती

सरकार गठनअघि ३४ पदाधिकारीको भागबन्डा चुनौती

‘सुनको लौरो’ बारे अनुसन्धान सुरु

‘सुनको लौरो’ बारे अनुसन्धान सुरु

एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने

शक्तिशाली अध्यक्ष ओली कमजोर बन्नुको कारण के हो ? (कारणसहित)

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको  मतदान‍ कार्य जारी

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान‍ कार्य जारी

हिंसात्मक बाटोमा विप्लव, आपराधिक समूहविरुद्ध आक्रामक हुने प्रहरीको भनाई

विप्लव नेतृत्वको पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि