Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस नेताको दौडधुपः विमलेन्द्र, शशांक र प्रकाशमान एकै ठाउँ !

Author Avatar साझा न्यूज 26th June 2021 , 6:50 AM
कांग्रेस नेताको दौडधुपः विमलेन्द्र, शशांक र प्रकाशमान एकै ठाउँ !

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिँदै गर्दा सो पार्टीका तीन संस्थापक नेताका पुत्रहरूबीच निकटता पनि बढ्दै गएको छ । महाधिवेशनको सरगर्मीसँगै हालका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच महाधिवेशनमा अपनाउने रणनीति र योजनाका विषयमा गम्भीर छलफल र भेटघाटले तीव्रता पाउँदै गएको हो ।

निधि कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका पुत्र हुन् भने कोइराला बीपी पुत्र हुन् । यस्तै, सिंह गणेशमान सिंहका पुत्र हुन् । शुक्रबार महामन्त्री कोइरालाको निवास महाराजगन्जमा महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा तीन नेताबीच छलफल भएको थियो । महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले आसन्न महाधिवेशन, सरकारका गतिविधि, आगामी निर्वाचनलगायतका विषयमा नेता त्रयबीचमा छलफल भएको जानकारी दिए ।

उनका अनुसार छलफलका क्रममा महाधिवेशनमा प्रतिस्पर्धा भए पनि आगामी महाधिवेशनबाट नेता कार्यकर्तामा कसरी एकताको सन्देश दिने र नेताहरूबीच सद्भाव कायम राख्ने भन्ने विषयमा छलफल भएको छ ।

यसअघि उपसभापति निधिको घरमा गत सोमबार नेता त्रयबीच छलफल भएको थियो । सो छलफलमा आफ्ना अग्रजको पार्टीप्रतिको योगदानलाई स्मरण गरेर सहमतिका साथ अघि बढ्ने सहमति भएको थियो ।

सोही बैठकमा जुटेको सहमतिअनुसार शुक्रबार पुनः नेता त्रयबीच महामन्त्री कोइरालाको निवासमा छलफल भएको हो । यसपछिको छलफल पूर्वमहामन्त्री सिंहको चाक्सीबारीस्थित निवासमा हुने तिवारीले जानकारी दिए ।् ।

यी तीनै नेताले आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि इच्छा देखाउँदै आइरहेका छन् । निधिले संस्थापन समूहलाई नै नेतृत्वमा आफ्नो दाबी हुने भन्दै चुनौती दिँदै आइरहेका छन् । संस्थापनबाट सभापति शेरबहादुर देउवाले पनि नेतृत्वमा दाबी गर्दै आइरहेका छन् ।

यसअघि निधिले नेतृत्व परिवर्तनका पक्षमा रहेका कांग्रेसका नौ युवा नेतासँग पनि छलफल गरेका थिए । युवा नेताहरूले पार्टीमा रूपान्तरण र पुस्तान्तरणको एजेन्डामा साथ दिने भन्दै आकांक्षीबीच संवाद गर्न निधिलाई सुझाएका थिए ।

त्यसअघि निधिले नेता कृष्णप्रसाद सिटौला र बलबहादुर केसीसँगसमेत निवासमा नै पुगेर पार्टी नेतृत्वका लागि आफू अघि बढेको भन्दै सघाउन आग्रह गरेका थिए ।, यो समाचार आजको राजधानी दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने

ओलीको गोजीमा एमाले

विमानस्थल बाहिरबाट बरामद सुन जोख्न राष्ट्र बैङ्क लगिँदै

मालिकलाई उन्मुक्ति, भरियालाई सास्ती

नागरिकता विधेयकसम्बन्धी रिट न्यायाधीशद्वय राउत र माथेमाको इजलासमा

नयाँ सरकार गठन गर्ने सर्वोच्चको परमादेश

भर्खरै प्रकाशित

सर्पले डसेर दुई बालकको मृत्यु

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन

अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित

गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज