Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सास किन गनाउँछ

Author Avatar साझा न्यूज 7th July 2021 , 8:11 PM
सास किन गनाउँछ

 

धेरै पटक भोग्नु भएको होला, छेउमा बस्ने वा बोल्नेको सास गन्हाएर दिक्क हनुपरेको छ् ? वा आफ्नै सास गन्हाएर अरुका अघि बस्दा, बोल्दा समस्या  हुनुपरेको छ् ?

नेपालमा गिजा सम्बन्धी रोग, दाँत किराले खाने रोग पछि सास गन्हाउने समस्या लिएर आउने दन्तरोगी बढ्दो क्रममा छन्।साथै विवाहको बेला यस्ता धेरै बिरामी चिकित्सक कहाँ आउँछन्।

किन गन्हाउँछ सास?

मुख वा नाकबाट नराम्रो गन्ध आउने अवस्थालाई ‘हेलिटोसिस’ वा ‘ब्याड ब्रेथ’ रोग मानिन्छ। सास गन्हाउने अवस्था आफैंमा रोग नभई शरीर तथा मुखमा भएको रोगको लक्षण वा औषधि प्रयोगको असर पनि हुन सक्छ। त्यसकारण सास गन्हाउने अवस्थाले शरीरमा भएका अन्य रोगको जानकारी दिन्छ ।

सासको गन्ध केही सामान्य हुन्छन् भने केही जटिल प्रकृतिका पनि हुन्छन्। बिहान उठ्नासाथको मुखको गन्ध; भोकै/ब्रत बसेको अवस्थाको गन्ध; खानामा प्रयोग गरिएका वस्तुहरू (जस्तैः चिया, कफी, मकै, प्याज, लसुन आदि) को गन्ध; रक्सी, बोसो, भुटेको खानाको गन्ध; धूमपान, सुर्ती सेवन गर्नेको सासको गन्ध; बच्चा तथा बुढापाकाको मुखको गन्ध; मुखको उपचारमा प्रयोग हुने युजेनोल, भल्केनाइट पदार्थको गन्ध; राख्ने–निकाल्ने खालको नक्कली दात लगाएरै सुत्नेको सासको गन्ध; नाकको सट्टा मुखबाट सास फेर्नेको गन्ध; कृत्रिम दाँत लगाउने मानिसको सासको गन्ध; शरीरद्वारा फ्याँकिने काम नलाग्ने पदार्थको गन्ध र बान्ता वा डकार गर्दाको गन्धलाई सामान्य गन्धका रुपमा लिइिन्छ।

यस्तै, मुखको स्वास्थ्य स्थिति कमजोर भएमा; दात किराले खाएमा, दन्तहर्षा, पाइरिया, दाँत छिचरा भएको, जिब्रो खस्रो र बाक्लो भएको, दाँत नमिली बसेको अवस्थामा पनि सास गन्हाउँछ। अन्य कारणमा मुखमा भएका घाउ खटिराहरू (जस्तैः क्यान्सर, ओस्टियोमाइलाटिस, पीप, सिस्ट, अवसेस जम्मा भएको, संक्रमण तथा दात निकालेपछिको घाउ आदि पर्छछन्। यस्तै, नाक र घाँटीसँग सम्बन्धित (पिनास, टन्सिलाइटिस, घाँटी दुख्ने, नाक तथा घाटीको क्यान्सर) रोगका कारण पनि सास गन्हाउँछ।

शरीरभित्र भएका रोगहरुका कारण पनि मानिसको सास गन्हाउँछ। फोक्सोको रोग, क्षयरोग, ‘ब्रोन्काइटिस’, ‘लङ ग्यान्ग्रिङ’ आदि रोगले पनि सास गन्हाउन सक्छ। यस्तै, मासिकस्राव हुँदा पेट दुख्ने अवस्थामा पनि सास गन्हाउन सक्छ। पाचन प्रणालीसँग सम्बन्धित रोगहरू, कलेजोको रोगहरू, मिर्गौलासम्बन्धी रोगहरू, मधुमेह रोग, ज्वरो, रगत सम्बन्धी रोग, भ्यागुते रोग, भिटामिनको कमीले हुने कब्जियत, अपच आदिका कारण पनि मानिसको सास गन्हाउँछ।

केही औषधिहरूको प्रयोगका कारण पनि सास गन्हाउने गर्छ। एन्टिहिस्टामिन, एन्टिक्यान्सर, एन्टिबायोटिक, एन्टिकोगुलेन्ट, एन्टिकोलिनर्जिकर, मानसिक रोगका औषधिहरु लगायत प्रयोग गरेको बेला मानिसको सास गन्हाउन सक्छ।

कसरी थाहा पाउने?

सबैभन्दा उपयुक्त, सामान्य र उत्तम तरिका भनेको मुख अगाडि आफ्नो हात राखेर त्यसमा सास फेर्ने र हातमा ठोक्किएर फर्केको श्वास नाकले तानी भित्र लिने। त्यस्तै, अतिन जिकका व्यक्तिहरू पती–पत्नी, दाजुभाई, दिदीबहिनी, साथीहरुसंग सोधेर थाहा पाउन सकिन्छ। आफूप्रति अरुको व्यवहार हेरेर पनि अनुमान गर्न सकिन्छ।  समूहमा तपाईं बोल्दा नजिकमा बसेका व्यक्तिहरूले अनुहार बिगार्ने, अलि पर बस्न खोज्ने, कुरामा ध्यान नदिने र नाक पुछेजस्तो गरी नाक थुन्ने व्यवहार गरेबाट पनि आफ्नो सास गन्हाएको थाहा पाउन सकिन्छ।

१० सेकेन्डका लागि ओठ र नाक दुबै बन्द गराउने र त्यसपछि ओठ बन्दै राखेर नाक मात्र खोल्न लगाउने, यदि सास गन्हाएको छ भने सास गन्हाउने समस्या नाक अर्थात् फोक्सोबाट भइरहेको छ भनी पत्ता लाग्छ। तर, ओठ खोल्दा सास गन्हाएमा मुखबाट गन्ध आएको भनी बुझ्नुपर्छ।

कति सास गन्हाएको  भनेर नाप्नका लागि विभिन्न उपकरण (अस्मोस्कोप, ब्रेथ एनालाइजर, क्रायस्कोप, टाइट्रालग, ग्याँस क्रोमाटोग्राफी आदि) को प्रयोग गरिन्छ।

रोग लागेपछि रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस भनेझैं रोकथामका उपायहरु समय मै अपनाइयो भने रोग, रोगको जटिलताबाट उत्पन्न हुने समयको नोक्सान, पैसाको नोक्सान र शरीरको नोक्सानबाट जोगिन सकिन्छ। मुख तथा शरीरको स्वास्थ्य, खानपान, जीवनशैलीमा ध्यान दिएर रोकथाम गर्न सकिन्छ। मुखको परीक्षण बच्चा तीन वर्ष पुगेदेखि नियमित रुपमा ६–६ महिनामा गर्नुपर्छ भने शरीरको परीक्षण प्रत्येक वर्ष गर्नु पर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

एसईई : ताप्लेजुङमा ४९ परीक्षार्थी अनुपस्थित

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, एक लाख ४६ हजारको ‘एनजी’

विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला

विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज