काठमाडौँ। देशभर थप २ हजार ९३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
देशभर पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ६१३ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ६ जना र ४ हजार ५६९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ७७५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख २८ हजार २४३ पुगेको छ ।यसैगरी पछिल्लो २४ घण्टामा थप ४३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ ।