Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मन्त्रालयको भागबण्डा सहमति नजिक, नेपाल पक्ष पनि सरकारमा


मन्त्रालयको भागबण्डा सहमति नजिक, नेपाल पक्ष पनि सरकारमा

काठमाडौं, ६ साउन । शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यही बीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका छन् ।

चार मन्त्रीकै भरमा प्रधानमन्त्रीले सरकार चलाइरहँदा अब मन्त्रिमण्डल विस्तार कहिले भन्ने प्रश्न पनि उठ्न थालेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का मन्त्रिमण्डल विस्तारबारे प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा अन्य नेताहरूबीच सामान्य छलफल भएको भए पनि ठोस कुरा नभइसकेको बताउँछन् ।

‘प्रधानमन्त्रीले भर्खरै विश्वासको मत लिनुभयो, दाहाल र प्रधानमन्त्री ज्यूबीच मंगलबार मात्रै पनि वान टु वान वार्ता भएको छ तर मन्त्रिमण्डल विस्तारबारे अहिले नै ठोस कुरा भइसकेको छैन,’ कांग्रेस महामन्त्री खड्काले भने ।

हाल कांग्रेस र माओवादी केन्द्रबाट सरकारमा दुई÷दुई जना मन्त्री छन् । प्रधानमन्त्रीसहित अहिले क्याबिनेट पाँच सदस्यीय छ । संविधानतः प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाइन्छ । सत्तारूढ दलबीच आन्तरिक रूपमा भित्रभित्रै मन्त्रिमण्डल विस्तारबारे तयारी पनि भइरहेको छ । कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूह सरकारमा सहभागी हुने पक्का छ । प्रधानमन्त्रीले बिहीबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने संकेत निकटकाहरूलाई दिएका छन् ।

यसैगरी, नेकपा एमालेको माधव नेपाल समूहलाई पनि सरकारमा ल्याउन सत्तारूढ दलहरूले प्रयत्न गर्दै आइरहेका छन् । सो प्रयासमा प्रधानमन्त्री देउवा आफैं लागेका छन् भने माओवादी अध्यक्ष दाहाल पनि लागिपरेका छन् ।

एमालेको माधव समूह सरकारमा ल्याउनेगरी सत्तारूढ दलबीच भागबण्डाको तयारी भइरहेको कांग्रेस नेताहरू बताउँछन् । यस्तै, जसपाको निर्वाचन आयोगमा रहेको आधिकारिकताको विवादका कारण पनि मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको बताउँदै आइएको छ । राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दलहरूको ध्यान नयाँ सरकार गठनतिर

दलहरूको ध्यान नयाँ सरकार गठनतिर

लोसपा काङ्ग्रेसमा विलय हुँदै, राष्ट्रपति महन्थ कि मानबहादुर ?

लोसपा काङ्ग्रेसमा विलय हुँदै, राष्ट्रपति महन्थ कि मानबहादुर ?

सरकार गठनअघि ३४ पदाधिकारीको भागबन्डा चुनौती

सरकार गठनअघि ३४ पदाधिकारीको भागबन्डा चुनौती

‘सुनको लौरो’ बारे अनुसन्धान सुरु

‘सुनको लौरो’ बारे अनुसन्धान सुरु

एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने

शक्तिशाली अध्यक्ष ओली कमजोर बन्नुको कारण के हो ? (कारणसहित)

सरकारको नीति तथा कार्यक्रमः अर्थतन्त्रका समस्याप्रति मौन

भर्खरै प्रकाशित

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

‘पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’

‘पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता’

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीको आग्रह

शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीको आग्रह

साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित

साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि