Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आवश्यकताका आधारमा आरक्षण दिनुपर्ने सर्वोच्चको ठहर

Author Avatar साझा न्यूज 2nd August 2021 , 7:13 AM
कालीगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं  । सर्वोच्च अदालतले आरक्षणसम्बन्धी व्यवस्थालाई वर्गीयता वा जातीयतामा नभई आवश्यकताकेन्द्रित बनाउनुपर्ने ठहर गरेको छ। यसरी मात्रै संविधानको साध्य हासिल गर्न सकिने सर्वोच्चको आदेशमा उल्लेख छ।

धनुषाको जनकपुरधाम–१६ घर भई ललितपुर बस्ने विनयकुमार पन्जियारले दर्ता गरेको रिट निवेदनउपर सुनुवाइ गर्दै सरकारका नाममा सर्वोच्चले निर्देशनात्मक आदेश जारी गरेको हो। उक्त रिटमा गत पुस १ गते नै आदेश आएकामा आइतबार पूर्ण पाठ सार्वजनिक भएको हो।

पञ्जियारले चिकित्सा शिक्षा आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए। सरकारले सकारात्मक विभेदअन्तर्गत आरक्षणको व्यवस्था गरेको थियो।

‘कानुनबमोजिम तय गरिने मानव विकासको सूचकांकलाई सकारात्मक विभेदको व्यवस्थाको सन्दर्भमा आधार कायम गर्न सक्ने देखिन्छ’, आदेशमा लेखिएको छ, ‘साथै सकारात्मक विभेदको व्यवस्थालाई पटक–पटक एउटै व्यक्ति वा परिवारमा नदोहोरिने गरी र समय–समयमा वस्तुनिष्ठ रूपमा अनुगमन मूल्यांकन र पुनरावलोकनसमेत गर्ने गरी वास्तविक गरिब र उपेक्षित वर्गको पहुँच र सहज उपयोगमा रहने हुँदा आरक्षण नचाहिने व्यक्ति, परिवार र समूहलाई बाहेक गर्दै जान सक्ने नीति र कानुन निर्माणमा ध्यान दिनुपर्ने देखिन्छ।’

जातीयताका आधारमा आरक्षण प्रदान गर्दा आरक्षण निश्चित व्यक्ति र समूहको कब्जामा पर्ने सर्वोच्चको निष्कर्ष छ। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराईको इजलासले यो आदेश दिएको थियो। आदेशमा संविधानले आरक्षणको व्यवस्थासँगै यसको लक्ष्य पनि स्पष्ट गरेकाले लक्ष्य भेटाउन र आरक्षण व्यवस्थाको सदुपयोग गरिनुपर्ने भनिएको छ।

‘वास्तवमै गरिब निमुखा र आफ्नो स्रोतसाधनले शिक्षा आर्जन गर्न नसक्ने वर्गलाई नै आरक्षणको छहारीभित्र ल्याउने र संविधानको धारा १८ को ३ अन्तर्गत प्रतिबन्धात्मक वर्गलाई आरक्षण प्रदान गरिनुपर्छ’, आदेशमा लेखिएको छ। १ सय २६ जातजाती र १ सय २३ भाषाभाषीको बसोबास भएको मुलुकमा जातीय रूपमा आरक्षणको व्यवस्था गर्न नहुने सर्वोच्चको ठहर छ। संविधान त आरक्षणको वर्गमा पर्ने तथा व्यक्तिगत उन्नति गरिसकेका उपल्लो वर्ग तरमारा वर्गको कब्जाबाट आरक्षणलाई मुक्त गर्नुपर्ने आदेशमा उल्लेख छ।

आरक्षणलाई वर्गीयता वा जातीयता नभई आवश्यकताकेन्द्रित बनाए मात्र यसले संविधानको साध्य हासिल गर्न सक्ने जनाइएको छ। ‘वास्तवमै गरिब, निमुखा र आफ्नो स्रोतसाधनले शिक्षा आर्जन गर्न नसक्ने वर्गलाई नै आरक्षणको छहारीभित्र ल्याउने र संविधानको धारा १८(३) को प्रतिबन्धात्मक वर्गमा पर्ने तर सक्षमलाई बाहेक गरेमा मात्र यसले संविधानको लक्ष्यलाई पछ्याउन सक्छ’, आदेशमा लेखिएको छ।

संविधानले विशेष व्यवस्था गरिनुपर्ने वर्गलाई व्यापक बनाएको परिप्रेक्ष्यमा समेत हामीले पनि आरक्षणको व्यवस्थालाई लक्ष्य केन्द्रित र न्यायपूर्ण बनाउनु आवश्यक हुँदा संविधानतः आरक्षणको वर्गमा पर्ने तर व्यक्तिगत उन्नति प्रगति गरिसकेको कारण आरक्षण नचाहिने उपल्लो वर्ग तरमारा मध्यम वर्गको कब्जाबाट आरक्षणसम्बन्धी व्यवस्थालाई मुक्त गर्न जरुरी देखिएको आदेशमा उल्लेख छ। आदेशमा लेखिएको छ, ‘स्पष्ट शब्दमा भन्दा व्यक्तिगत अपांगताको कारण आरक्षण जरुरी भएकामा बाहेक पछौटेपनको मापन मानव विकास सूचकांकलाई आधार बनाएर गरिँदा वास्तबिक रूपमा पिछडिएको व्यक्ति, वर्गमा पुग्न सकिने हुन्छ।’ अन्नपुर्ण 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने

ओलीको गोजीमा एमाले

विमानस्थल बाहिरबाट बरामद सुन जोख्न राष्ट्र बैङ्क लगिँदै

मालिकलाई उन्मुक्ति, भरियालाई सास्ती

नागरिकता विधेयकसम्बन्धी रिट न्यायाधीशद्वय राउत र माथेमाको इजलासमा

नयाँ सरकार गठन गर्ने सर्वोच्चको परमादेश

भर्खरै प्रकाशित

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज