Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन


सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको हो ।

२९ असारमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि गठबन्धनमा रहेका दलहरूबीचको सहमतिबाट सरकारका कामकारबाहीलाई सहयोग गर्न भन्दै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल बनाइएको थियो ।

सो कार्यदलले सरकारको न्यूतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको हो । कार्यदलले तयार पारेको मस्यौदालाई शीर्ष नेतृत्वबाट अन्तिम रूप दिने तयारी भइरहेको छ । कार्यदलले नै सरकारमा सहभागी हुने दलबीच मन्त्रीको भागबन्डाको कामसमेत गरिरहेको छ ।

कार्यदलका संयोजक खड्काले सरकारले गर्ने कामका विषयको सन्दर्भमा रहेर न्यूनतम साझा कार्यक्रम बनाइँदै गरेको जानकारी दिए । ‘सरकारसँग सम्बन्धित विषयमा न्यूनतम कार्यक्रम बनाउँदै छौं, सरकारले केके गर्ने भन्ने कुरा हामीले साझा कार्यक्रममा ल्याउँदै छौं, ड्राफ्ट तयार हुँदै छ,’ कार्यदलका संयोजक खड्काले भने । साझा कार्यक्रमको तयार मस्यौदामा प्रारम्भमा गठबन्धनलाई बलियो बनाउन साझा कार्यक्रमको आवश्यकता महसुस गरिएको उल्लेख छ ।

कार्यदलले तयार गरेको सरकारको साझा कार्यक्रममा अहिलेको अवस्थामा जनताको स्वास्थ्य सरोकारसँग प्रत्यक्ष जोडिएको कोरोना संक्रमण नियन्त्रणको विषयलाई प्राथमिकतामा राखिएको छ ।

यसैगरी, अघिल्ला सरकारले विभिन्न निकाय र क्षेत्रमा गरेका देशभरका राजनीतिक नियुक्तिका विषयलाई प्रक्रिया पुर्याएर कसरी खारेजीको प्रक्रियामा लैजाने भन्ने विषय पनि उल्लेख छ ।

यस्तै, जनता समाजवादी पार्टी, नेपालले उठाउँदै आइरहेको संविधान संसोधनको मुद्दाका विषय पनि सरकारको साझा कार्यक्रममा राखिएको छ । संविधान संसोधनका लागि कार्यदल बनाउने विषय साझा कार्यक्रममा आउँदै छ । समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासन र बिकासको अनुभुति आम जनतालाई कहिले ?

पालिकाका पदाधिकारीले पदीय विद्वान बन्न छोड्नुपर्छ

भागबण्डाकै लागि मन्त्रालय फुटाएर २५ पुर्‍याउने तयारी

भागबण्डाकै लागि मन्त्रालय फुटाएर २५ पुर्‍याउने तयारी

अर्थतन्त्र सुधार्न सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री प्रचण्ड

दोस्रोपटक विश्वासको मत माग्ने तयारीमा प्रधानमन्त्री

गण्डकी साक्षर प्रदेश घोषणा, देउवाले भने- प्रजातन्त्रको मास्ने सपना नदेखे हुन्छ

राष्ट्रपति बन्न देउवामाथि चौतर्फी दबाब !

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

दलहरूको ध्यान नयाँ सरकार गठनतिर

दलहरूको ध्यान नयाँ सरकार गठनतिर

भर्खरै प्रकाशित

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

आज जेठ २६ गते शुक्रबार: यस्तो छ तपाईको राशिफल

आज जेठ २६ गते शुक्रबार: यस्तो छ तपाईको राशिफल

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि