Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

४० लाख फाइजर खोप खरिद गरिने

Author Avatar साझा न्यूज 2nd August 2021 , 8:19 AM
४० लाख फाइजर खोप खरिद गरिने

काठमाडौँ, साउन १८ गते । सीमा नाका क्षेत्रमा खोप लगाउन आवश्यक तयारी सुरु गर्न सरकारले निर्देशन दिएको छ । त्यसका लागि करिब ४० लाख ‘फाइजर’ खोप खरिद गरिने भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार बसेको कोभिड–१९ नियन्त्रणसम्बन्धी बैठकले कोरोना नियन्त्रण चुनौतीपूर्ण बन्दै गएकोले सीमा नाकामा कोरोना खोप लगाउने व्यवस्था गर्न निर्देशन दिएको हो । मन्त्री खाँणले कोरोना भाइरसको तेस्रो लहर आउनुअघि नै आवश्यक स्वास्थ्य उपचार तयारी तथा होल्डिङ सेन्टर निर्माण, सीमा नाकामा खोपको व्यवस्था र सरकारी अस्पतालमा अक्सिजनको पर्याप्त सुविधा मिलाउन निर्देशन दिनुभएको हो । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी सहभागी हुनुहुन्थ्यो ।

कोरोना नियन्त्रण सरकारको मूल दायित्व भएकाले राज्यका सबै संयन्त्र सक्रिय बनाई प्रभावकारी ढङ्गबाट परिचालन गर्नुपर्ने र सबैसँग सहकार्य र समन्वय गर्ने विषयमा बैठकमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।
‘मास्क लगाउन प्रेरित गर्न तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गराउनका लागि विभिन्न सङ्घ–संस्थासँग सहकार्य गर्ने निर्णय भएको छ । गृह मन्त्रालयले कोरोना नियन्त्रणका लागि सञ्चालित कार्यक्रममा सहजीकरण गर्ने जनाइएको छ ।

त्यस्तै यसै साता चीनबाट १६ लाख र जापानबाट १६ लाख गरी ३२ लाख खोप नेपाल आइपुग्ने जानकारी बैठकमा सहभागी स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले दिनुभयो । प्रवक्ता पोखरेलका अनुसार कोरोनाविरुद्ध सय दिने विशेष योजना बनाउने निर्णय भएको छ ।

कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन टोकन प्रणाली लागू गर्ने र खोप केन्द्रहरू बढाउँदै लैजाने निर्णय गरिएको छ । निजी स्रोतबाट सञ्चालित मेडिकल कलेज तथा अस्पतालसँग उपचार सुविधाका लागि समन्वय र सहकार्य जारी राख्ने भएको छ ।

कोरोना नियन्त्रण सरकारको मुख्य प्राथमिकतामा रहेकोले कोरोना नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी निकायले सञ्चालन गरेका कार्यक्रमलाई सक्रियताका साथ लागू गरी प्रभावकारी र उपलब्धिमूलक बनाउने सहमति भएको छ ।

यसैबीच सिन्धुपाल्चोकको हेलम्बु चनौटे बजार क्षेत्रमा बाढीले पु¥याएको क्षतिका सम्बन्धमा गृहमन्त्री खाँणले जानकारी लिनुभएको छ । गोरखापत्रबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अनुदानको मलमा पहुँचवालाको हालीमुहाली

अनुदानको मलमा पहुँचवालाको हालीमुहाली

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने

ओलीको गोजीमा एमाले

विमानस्थल बाहिरबाट बरामद सुन जोख्न राष्ट्र बैङ्क लगिँदै

मालिकलाई उन्मुक्ति, भरियालाई सास्ती

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज