Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गर्मी मौसममा कपालको हेरचाह

Author Avatar साझा न्यूज 6th August 2021 , 4:53 PM
गर्मी मौसममा कपालको हेरचाह

गर्मी र वर्षा याममा कपालसम्बन्धी समस्या बढी हुन्छ । अल्ट्राभाइलेटयुक्त सूर्यको किरण, उच्च तापक्रम, अत्याधिक पसिना र धुलोमैलोका कारण कपाल जरैबाट कमजोर हुन्छ । जरैबाट कमजोर भएपछि झर्ने, टुक्रिने, हाँगा फाट्ने, चिपचिप हुने, सुख्खा भइ खस्रो हुने, रंग चाँडै खुइलिने आदि समस्या हुने गर्दछ ।

सरसफाई र हेरचाहमा ध्यान नपुग्दा चायाँ पर्ने, मसिना–मसिना खटिरा आउनेजस्ता समस्या पनि भोग्नुपर्छ । वातावरणीय प्रभाव, जीवन पद्दति, उमेर, खानपान, वंशाणुगत गुण, अस्वस्थ सौन्दर्य सामग्रीको प्रयोग आदि कारणले पनि कपालमा समस्याहरु आउने गर्दछ ।

स्वास्थ्यसम्बन्धी समस्याको समाधान उचित उपचार हो । उचित उपचार नहुँदा सकारात्मक परिणाम पाउन सकिन्न । कपालको समस्या समाधानका लागि अनेक विधि खोजिन्छ । तर, विज्ञसँग सल्लाह नगरी गरिने उपचारले सही परिणाम दिन सक्दैन । त्यसैले छाला परीक्षण गरेरमात्र कपालको उपचार गर्नु उपयुक्त हुन्छ । सबैभन्दा राम्रो त कपालमा समस्या आउनै नदिनु हो । जसका लागि विशेष हेरचाह आवश्यक हुन्छ ।

कसरी बचाउने कपाल ?

-सूर्यको अल्ट्राभाइलेट किरणबाट कपाललाई जोगाउन सक्ने सामग्री प्रयोग गर्नुपर्छ । जसका लागि यू.भी. प्रोटेक्सन गर्ने स्याम्पू र लिभ इन कन्डिसनर प्रयोग गर्नुपर्छ ।

-गर्मी महिनामा पौडी खेल्ने धेरैको सोख हुन्छ । तर, ‘स्विमिङ पूल’मा प्रयोग गरिने क्लोरिन तथा ब्रोमिनजस्ता केमिकलले छाला र कपाललाई ड्यामेज गर्छ । कपाललाई केमिकलबाट बचाउन पौडी खेल्नुअगाडि ‘लिभ इन कन्डिसनर वा सिरम’ लगाउनुपर्छ । कपाल ढाक्न ‘स्विमिङ क्याप’ लगाउनुपर्छ । समय समयमा कपाललाई ‘नोरिसिङ ट्रिटमेन्ट’ गराउनुपर्छ ।

– घरबाहिर निस्कँदा ह्याट र स्कार्फले कपाललाई ढाक्नुपर्छ । यसले सूर्यको प्रत्यक्ष सम्पर्क र प्रदुषणबाट कपाललाई बचाउँछ ।

– गर्मी मौसममा तुलनात्मक रुपमा कपाल धेरै पखाल्ने गरिन्छ । त्यसैले गर्मीमा अनिवार्य मोइस्चराइजिङ स्याम्पु र कण्डिसनर प्रयोग गर्नुपर्छ ।

-धेरै तातो आइरन रड र ड्रायरको प्रयोग गर्नु हुँदैन ।

-हाँगा फाटेपछि कपाल अस्वस्थ देखिन्छ । त्यसैले बेला–बेलामा कपाल ट्रिम गराउनुपर्छ ।

-गर्मी मौसममा कपाल पखाल्दा तातो पानी प्रयोग गर्नु हुँदैन ।

-दैनिक कपाल पखाल्दा कडा केमिकलयुक्त स्याम्पु प्रयोग गर्नु हुँदैन । माइल्ड स्याम्पु वा कुनै राम्रो ‘बेबी स्याम्पु’ प्रयोग गर्नु उचित हुन्छ ।

-पसिना र पानीले भिजेको बेला कपाललाई मसिनोभन्दा ठूलो दाँत भएको काइँयोले कोर्दा राम्रो हुन्छ ।

-हप्तामा एकपटक कोकोनट वा ओलिभ ओयलले कपाल मालिस गर्नुपर्छ । यसले स्काल्पमा रक्तसञ्चार वृद्धि गराइ स्वस्थ बनाउँछ ।

-गर्मी महिनामा अत्याधिक पसिना निस्कने भएकाले शरीर सुख्खा हुन्छ । यसले कपाललाई पनि असर गर्छ । सुख्खा फ्रिजी हुने हुँदा प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

-मौसम अनुसारको फलफुल तथा जुस खानुपर्छ ।

-शरीरलाई हाइड्रेट राख्नुपर्छ ।

-स्वस्थ खानपिन र नियमित व्यायाम गर्नुपर्छ ।

कपाल स्याहारका लागि घरेलु सामग्री

काँक्रा र दही : काँक्रा मिक्सरमा पिसेर पेष्ट बनाउने । बराबर मात्रामा दही मिसाएर कपालको जरादेखि टुप्पोसम्म लगाउने । आधा घण्टापछि राम्रोसँग माइल्ड स्याम्पुले पखाल्ने । यसले कपाललाई जरैबाट बलियो बनाइ झर्ने, टुक्रिने जस्ता समस्या बन्द हुन्छ । काँक्रा र दहीको मिश्रणमा बनेको पेष्टले स्काल्पलाई शितलता प्रदान गर्छ ।

घिउकुमारी : घिउकुमारीमा पाइने भिटामिन ‘ए’, ‘सी’, ‘ई’ र भिटामिन बि–१२ ले कपाललाई स्वस्थ बनाउँछ । यसले प्राकृतिक रुपमा कन्डिसनरको काम गर्छ । कपालको फोलिकललाई मजबुत बनाउँछ र कपाल उमार्न मद्दत गर्छ । स्काल्पको अनावश्यक तेल हटाइ रक्तसञ्चार बढाउँछ । घिउकुमारीको जेल र दही मिसाएर पेस्ट बनाइ लगाउँदा कपाल स्वस्थ हुन्छ । घिउकुमारी काटेर सिधँै स्काल्पमा दल्न पनि सकिन्छ ।

खरबुजा : खरबुजा कपालका लागि फाइदाजनक हुन्छ । प्रशस्त मात्रामा भिटामिन ‘सी’ पाइने खरबुजाले कोलाजन बनाउन, कपाल उमार्न र बढ्न मद्दत गर्छ । जसका लागि खरबुजा काटेर दाना छुट्याइ पेष्ट बनाएर कपालमा लगाउनुपर्छ । लगाएको २० मिनेटपछि सफा पानीले पखाल्नुपर्छ ।

जैतुन र एरोमा ओयल : जैतुनको तेलमा एरोमा इसेन्सियल ओयल पेपर मन्टिको केही थोपा मिसाएर मालिस गर्दा रक्तसञ्चार बढाउनुका साथै नयाँ कपाल उमार्न पनि मद्दत गर्छ ।

एभोकाडो र अण्डा : एभोकाडोको प्याक कपालका लागि फाइदाजनक हुन्छ । यसमा पाइने वायोटिनले कपाललाई स्वस्थ र मजबुत बनाउँछ । जसका लागि पाकेको एभोकाडोलाई मसिनो गरि पिस्ने र अण्डा मिसाई कपालमा लगाउने । आधा घण्टापछि हल्का स्याम्पुले पखाल्ने ।

वातावरणीय प्रभाव, वंशाणुगत गुण र प्रयोग गरिने केमिकलहरुका कारण कपालमा समस्या आउने गर्दछ । वातावरणीय प्रभावबाट जोगाउनसके कपालमा कम समस्या हुन्छ । केमिकलहरुको प्रयोगमा ध्यान पुर्याउने हो भने पनि समस्या कम हुन्छ । समस्या नै भए पनि घरेलु खाद्य सामग्रीको प्रयोगमा उपचार गर्न सकिन्छ । मुख्यतः समस्या आउन नदिनु नै उत्तम उपाय हो । जसका लागि कपालको हेरचाहमा ध्यान दिनुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज