चकचके बच्चाहरूले सिक्का, गुच्चा, साना ब्याट्री लगायत अन्य धारिलो बस्तु निल्ने गर्दछन् । गुच्चा गोलो प्रकृतिको हुने भएकाले गुच्चा निलेमा पेट, आन्द्रा हुँदै दिसाबाट बाहिर निस्किन्छ ।
खानेनलीमा सिक्का अड्कियो भने तुरुन्त निकाल्नुपर्छ । पेटको भागमा बसिरहेर अरु लक्षण देखिको छैन भने ४ हप्ता कुर्न सकिन्छ । सिक्काको आकार ठूलो भएमा वा अन्य तिखो्धारिलो बस्तु भएमा तुरुन्त निकाल्नु पर्छ ।
तर सिक्का आन्द्रामा पुगिसकेको छ भने चाँहि जोखिम कम हुँदै जान्छ । बालबालिकाले ब्याट्रीहरू निल्नु सबैभन्दा खतरा मानिन्छ । खेलौना र टिभीको रिमोटमा हुने साना ब्याट्री निलेमा त्यसमा भएको केमिकल बाहिर आउछ ।
त्यसले खानेनली फुटाउने र वरपरका अन्य अंगमा पनि असर गर्नेे भएकाले ४ घण्टाभित्र निकालि सक्नुपर्छ । कहिलेकाही बालबालिकाले एसिड निल्न सक्छन् ।
त्यसको सामान्य असरस्वरुप बान्ता हुने गर्दछ । बान्तामात्र हुने भएकाले अभिभावकहरूले निको भएको ठानेर उपचार गर्दैनन् । एसिडले कालान्तरमा पनि असर देखिने भएकाले बच्चालाई ढिलो नगरी अस्पताल पुर्याउनुपर्छ ।