Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सूचना-प्रविधिमा तीव्र विकास, पत्रकारिताले पाएन निकास !

Author Avatar साझा न्यूज 3rd September 2021 , 6:19 PM
सूचना-प्रविधिमा तीव्र विकास, पत्रकारिताले पाएन निकास !
पत्रकारलाई कुनैबेला निकै सम्मान गरिन्थ्यो भने अहिले करिव-करिव घृणाकै दृष्टिले हेर्ने गरिन्छ । अहिले सामाजिक संजाल, अनलाइन चलाउने पत्रकार भनेपछि हेर्ने दृष्टिकोण नै फरक हुने गरेको छ । विश्वास गर्नलायकको बन्न सकिरहेको छैन अहिलेको पत्रकारिता ।
  • श्याम क्षेत्री

आजको २१औँ शताब्दीमा प्रविधिको विकास तीव्र रूपमा भइरहेको छ । सूचना प्रविधिमा आएको तीव्र विकासले पत्रकारिता क्षेत्रमा पनि आमूल परिवर्तन ल्याएको छ । आवाजविहीनहरूको आवाज भनेर भन्ने गरिएको पत्रकारिता समाजको ऐनाको रूपमा चिनिन्छ । यसले सुरुवातको चरणदेखि नै समाजको पथप्रदर्शक रूपमा काम गर्दै आइरहेको छ । पत्रकारितामा समेत प्रविधिको प्रयोग देखिन्छ । प्रविधिको तीव्र विकास भइरहेको पछिल्लो समयमा छापा पनि प्रविधियुक्त भएका छन् । पत्रकारिताको विकास र प्रविधि प्रयोग हेर्न सरकारी सञ्चार गोरखापत्र हेरे थाहा हुन्छ । गोरखापत्रको त्यो बेलाको प्रकाशन र अहिलेको प्रकाशनमा आकाश-जमिनको फरक पाउन सकिन्छ । कुनै बेला शब्दमा मात्र सीमित पत्रकारिता हाल आएर तस्बिर हुँदै भिडियो समेत प्रयोग हुने गरेको छ । पत्रकारिता समाजको ऐना हो । यसले आमजनतालाई सूचना प्रदान गर्नुका साथै राज्यका विशिष्ट पदमा बसेर सरकार चलाउनेहरूलाई समेत खबरदारी गर्ने काम गर्दछ । यसै कारणले पनि पत्रकारितालाई राज्यको चौथो अङ्गको रूपमा हेर्ने गरिन्छ ।

विश्व पत्रकारिताको इतिहासलाई हेर्ने हो भने निकै पछि मात्र नेपालको पत्रकरिता विकास भएको पाइन्छ । नेपालको पत्रकारिताको इतिहास हेर्दा यसको सुरुवात हातेप्रेसबाट भएको पाइन्छ । वि.सं. १८०८ मा जङ्गबहादुर राणाले बेलायतबाट फर्कंदा हातेप्रेस ल्याएका थिए, जसलाई गिद्दे प्रेस भनेर पनि भनिन्छ । वि.सं. १९९१ देखि सुरु भएको पत्रकारिता इतिहासदेखि अहिलेसम्म हेर्दा पत्रकारिताको लागि सहज वातावरण नभएको पाइन्छ । २००७ सालमा प्रजातन्त्र आएपश्चात् भर्खर टुसा उम्रेजस्तै उम्रिएको पत्रकारिता राजाकै सन्देश वाहकको रूपमा प्रयोग गरेको देखिन्छ । विस्तारै १९३७ मा हुलाक सेवा सुरु भयो । त्यसपछि २०२४ सालमा टेलिफोन सुरु भयो । संचारका यिनै माध्यमहरूले विस्तारै पत्रकारितामा प्रविधि भित्रियो । पञ्चायतकालमा संचारमाथि अंकुश लगाउने काम भएका थिए । कति सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण भएका थिए । २०२८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्क प्रशोधनको क्रममा नेपालमा कम्प्युटर प्रविधिको प्रयोग भएपश्चात नेपालले सूचना प्रविधिको क्षेत्रमा प्रवेश गरेको भए पनि यसको प्रयोग पत्रकारिता क्षेत्रमा पछिल्लो समय मात्रै भएको हो ।

२०६२/६३ को जनाअन्दोलनपश्चात् लोकतन्त्रसँगै नेपाली पत्रकारिताले समेत स्वतन्त्रता प्राप्त गऱ्यो । नागरिक स्वतन्त्रतासँगै स्वतन्त्र पत्रकारिताले नेपाली पत्रकारिता फस्टाउन थाल्यो । हाल विश्वभर संचारमाध्यमहरू अनलाइन भइसकेको अवस्थामा नेपाल पनि प्रविधिको प्रयोग गर्दै द्रूत गतिमा अगाडि बढिसकेको छ । नेपालमा सन् १९९५ मा साउथ एसिया डट कममार्फत मर्कान्टाइलले द काठमाडौं पोष्टलाई आफ्नो साइट्मा राखेपछि नेपालको अनलाइन पत्रकारिताको सुरुवात भएको पाइन्छ । हालको अवस्था हेर्ने हो भने अनलाइन पत्रकारिताले विकसित प्रविधिको उच्चतम प्रयोग गरेको देख्न सकिन्छ । २००७ सालयता टुसा जस्तै उम्रिएका पत्रकारिता २०६२÷६३ यता च्याउसरह उम्रिन थाले । पत्रपत्रिका, टेलिभिजन, रेडियो एफएमहरू सञ्चालन हुने क्रम तीव्र रूपमा बढ्न थाल्यो । युट्युबहरू च्याउसरि अहिले पनि उमिँ्रदै गएका छन् । युट्युबमार्फत पत्रकारिता गर्नेको लर्को लाग्ने गरेको छ । प्रविधिको विकाससँगै हाल नेपाली पत्रकारिताले निकै ठूलो फड्को मारेको देखिन्छ । अर्को शब्दमा भन्ने हो भने सञ्चार र प्रविधिको विकास सँगसँगै नेपालको पत्रकारिताको पनि विकास हुँदै आएको पाइन्छ ।

नेपालमा प्रविधिको पहुँच नहुँदा पनि पत्रकारिता गर्न थालिएको थियो । १९४२ मा गोरखा भारत जीवन नामको पत्रिका वनारसबाट प्रकाशन गरेको पाइन्छ । प्रविधिको पहुँच नहुँदा पनि सुरुवात भएको पत्रकारिता अहिले प्रविधियुक्त हुँदा यसको विकास तीव्र गतिमा भैरहेको छ । विगतमा छापा पत्रकारिता चलनमा थियो भने अहिले प्रविधिको सहज पहुँचले अनलाइन पत्रकारिता द्रूत गतिमा अगाडि बढेको छ । कुनै पनि कुनाको समाचार थाहा पाउन अब भोलि बिहानको प्रतीक्षा गर्नुपर्ने अवस्था छैन । घटना भएको केही समयभित्रै समाचार हातहातमा पुग्ने भइसकेको छ । साना–ठूला घटनाको समाचार सम्प्रेषण गर्न पत्रकारिता पेशा अँगालेको व्यक्ति नै घटनास्थलमा पुग्नुपर्छ भन्ने छैन  । सामाजिक संजालको बढ्दो प्रयोगले गर्दा नेपाली समाजमा अनलाइन पत्रकारिता विकसित हुँदै गएको छ ।

पछिल्लो समय अनलाइन पत्रकारिता गर्नेको लर्को चलिरहेको छ । अहिले पनि हेर्ने हो भने सूचना विभागमा दिनहुँजसो अनलाइन दर्ता हुने गरेको तथ्याङ्क देखिन्छ । विगतमा छापा पत्रपत्रिका चलाउनेहरू पनि अहिले प्रविधियुक्त भएर अनलाइनमा रुपान्तरित भइसकेका छन् । नेपालको पत्रकारिता जति प्रविधियुक्त भएको छ, त्यसको सहि सदुपयोग गर्न नजानेर गुणस्तर खस्किँदै गएको छ । सम्मानजनक रूपमा लिएको यो पेशा प्रविधिले पेशाभन्दा बढी व्यवसाय बनाइदिएको छ । प्रविधिको सहज पहुँचसँगै फेसबुक, ट्विटर, युट्युब जस्ता सामाजिक संजालले गर्दा कुनैबेला घण्टौँ लगाएर छपाउनुपर्ने र पाठकसमक्ष लगेर पुऱ्याउनुपर्ने झन्झट अहिले प्रविधिका कारण समाप्त हुँदै गएको छ म विश्वमा घटेका घटनाको जानकारी तुरुन्तै आफ्नो हातमा रहेको मोबाइलमा हेर्न सकिने बनेको छ । यसैलाई पत्रकारितामा विकसित प्रविधिको रूपमा हेर्न सकिन्छ ।

पछिल्लो समय पत्रकारितामा भित्रिएको प्रविधिले यसमा सहजता र समस्या दुवै निम्तिएको छ । पत्रकारलाई कुनैबेला निकै सम्मान गरिन्थ्यो भने अहिले करिव-करिव घृणाकै दृष्टिले हेर्ने गरिन्छ । अहिले सामाजिक संजाल, अनलाइन चलाउने पत्रकार भनेपछि हेर्ने दृष्टिकोण नै फरक हुने गरेको छ । विश्वास गर्नलायकको बन्न सकिरहेको छैन अहिलेको पत्रकारिता । पत्रकारिता जतिसुकै प्रविधियुक्त किन नहोस्, यसभित्र राष्ट्रियता, जनपक्षीयता र देश विकासको भावना हुन जरुरी छ ।

पत्रकारितामा प्रविधिको उच्चतम प्रयोग गर्दै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनताको पक्षमा जनतामा जागरण ल्याउने हुनुपर्दछ । पत्रकारितामा प्रविधिको गलत प्रयोग समेत हुने गरेको पाइन्छ । संचारमाध्यमले प्रविधिको सहि सदुपयोग गर्न नजानेर गलत कार्य समेत गरेको निकै घटना छन् । प्रविधिको उच्च प्रयोग र सावधानी अपनाउन जरुरी छ । समाजमा हिंसा, आतङ्क र अपराधजस्ता गतिविधिलाई प्रश्रय हुने, आत्महत्या दुरुत्साहन गर्न खोज्ने, अश्लील, सार्वजनिक, स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकुल हुने वा त्रास उत्पन्न गर्ने कुनै किसिमको सामाग्री उत्पादन, प्रकाशन र प्रशारण गर्नु हुँदैन । पत्रकारितामा जति प्रविधिको उपयोग गरिन्छ त्यति नै आचारसंहिताको समेत प्रयोग गर्नु जरुरी छ ।

प्रेस स्वतन्त्रताको नाममा गलत तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्नु हुँदैन । पत्रकारितामा विकसित प्रविधिलाई सत्यतामा आधारित रहेर सत्यतथ्य रूपमा समाचार सम्प्रेषण गर्नुपर्दछ । पत्रकारितामा विकसित हुँदै गएको प्रविधिको प्रयोग कोरोना भाइरसको महामारी फैलिएयता झन् बढी महत्त्व भएको छ । लकडाउनमा सबैभन्दा सजिलो बनेको अनलाइन सञ्चारमाध्यम हो । यद्यपि यसका थुप्रै सकारात्मक पक्षसँगै नकारात्मक पक्ष पनि उत्तिकै देखिएको छ  । समाचार भाइरल बनाउने होडबाजीमा गलत समाचार सम्प्रेषण गर्ने गरेको पाइन्छ । यसले गर्दा कतिपय मिडियाहरू कारवाहीमा समेत पर्ने गरेका छन् । प्रविधिको व्यापकतासँगै यसमा विकृतिलाई भने समस्याको रूपमा हेर्न सकिन्छ ।

विकसित प्रविधिको सहि प्रयोग गर्दै पत्रकारितामा प्रवाह गर्ने सूचना सत्यतथ्यमा आधारित रही देश विकासका निम्ति हरेक क्षेत्रमा रहेको समस्याको समाधान सुत्र समेत दिन सक्ने हैसियतको हुनुपर्दछ । पत्रकारितामा प्रविधिको उपयोग कसरी गर्ने, गम्भीर रूपमा विचार गरिनुपर्दछ । विकसित प्रविधिले गर्दा भइरहेको अत्याधुनिक सूचना प्रणालीको विकासलाई अत्याधुनिक बनाउँदै सहज र सामाजिक तथा देश विकासका निम्ति सकारात्मक रूपमा सदुपयोग गर्नुपर्दछ ।

  • हाल : जापान

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेनजेड आन्दोलनमा शाहदत प्राप्त गरेका भाई वैनीहरुको बलिदानी खेर नजाओस् चीफ साब

जेनजेड आन्दोलनमा शाहदत प्राप्त गरेका भाई वैनीहरुको बलिदानी खेर नजाओस् चीफ साब

पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

पुरातात्विक, धार्मिक, ऐतिहासिक स्थल तौलेश्वरनाथ महादेव मन्दिर

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

मानिसले कहिलेदेखि लेख्न सुरु गर्‍यो ?

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

युवाहरु माझ Trend बनेकै हो त वैदेशिक रोजगार

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज