Sajhanews
No Result
View All Result
Epaper
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

व्रत बस्ने शक्तिका लागि दर खाने तयारी


व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि सुरु हुँदैछ ।

विशेष गरी नेपाली नारीले मनाउने हरितालिकाअर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा भए पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायम रहेका कारण धेरै महिलाले सजगताका साथ तीज मनाउनुपर्ने अवस्था छ ।

नीराहार व्रतका लागि दर

तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुले शक्ति प्राप्तिका लागि मीठामीठा एवं आडिलो परिकार दरका रूपमा खाई बिहीबारको व्रतका लागि पूर्वतयारी गर्छन् । विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।

विकृति बन्दै तीजको संस्कृति

पछिल्ला वर्षहरूमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउनुहुन्छ । यस वर्ष भने कोरोनाका कारण पहिल्यैदेखि दर खानेलगायत गतिविधि विगत वर्षमा भन्दा कम देखिएको छ ।

यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीले जोड दिएका छन् । एक महिनाअघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीयरूपमा दर खाने दिनका लागि तोकिएको छ ।

पछिल्लो समय सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमको तामझाम हुने गरेको छ । समाजमा सुरु भएको विकृति रोक्नुपर्ने जिम्मेवारी बोकेका सरकारी कार्यालय नै विकृतिमा भासमा जाकिएपछि यसले संस्थागत रुप लिँदै गएको छ ।

दरसँगै सुरु हुँदै चार दिने तीज

बुधबार दर खाएपछि औपचारिकरूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

यस वर्ष गणेशको उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी भदौ २५ गते शुक्रबार, ऋषिपञ्चमी पर्व भदौ २६ गते शनिबार मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौँथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ । ऋषि पञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।

तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना फैलने त्रासले पशुपतिनाथ मन्दिर वैशाख पहिलो सातादेखि नै बन्द गरिएको छ । काठमाडौँ उपत्यकामा कोरोनाको महामारी फैलँदै गएकाले तीजमा मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो ।

कोरोनाको त्रासले तीजका व्रतालुले घरमै देवादिदेव महादेवको विधिपूर्वक पूजा आराधना गरी यो पर्व मनाउँदैछन् । तीज सुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’ गीत बजाइ रहेको सुन्न सकिन्छ । यस वर्ष पनि विगत वर्षमा जस्तै कोरोनाबाट बच्न भीडभाड नगरी घरघरमै परिवारका सदस्यबीच तीज पर्व मनाउनुपर्ने अवस्था दोहोरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

नागरिकता बिधेयक पारित भए पछि नागरिकता बिहीनले नागरिकता पाउने बाटो खुल्योः मन्त्री आचार्य

नागरिकता बिधेयक पारित भए पछि नागरिकता बिहीनले नागरिकता पाउने बाटो खुल्योः मन्त्री आचार्य

भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

राष्ट्रिय जनगणना २०८० को जिल्ला स्तरिय नतिजा सार्बजनिक

राष्ट्रिय जनगणना २०८० को जिल्ला स्तरिय नतिजा सार्बजनिक

भारत भ्रमण पूर्ण रुपमा सफल भएको प्रधानमन्त्रीको भनाइ

भारत भ्रमण पूर्ण रुपमा सफल भएको प्रधानमन्त्रीको भनाइ

भर्खरै प्रकाशित

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

No Result
View All Result