Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

के तपाइको अनुहारमा दाग या डण्डीफोर आएर हैरान हुनुहुन्छ ? यी घरेलु उपचार अपनाउनुस्

Author Avatar साझा न्यूज 20th September 2021 , 1:08 PM
के तपाइको अनुहारमा दाग या डण्डीफोर आएर हैरान हुनुहुन्छ ? यी घरेलु उपचार अपनाउनुस्

काठमाडौं । अनुहारमा डण्डीफोर आयो ? रातो दाग त छैन ? कतै छालामा एलर्जी त भएको छैन ? बढ्दो प्रदूषण र धुवाँधुलोका कारण छालामा नकारात्मक असरहरू देखिन थालेका छन् ।

आजभोलि अनुहारमा डण्डीफोर तथा अनेक दाग आउने समस्याबाट पीडित हुनेको संख्या बढ्दै छ ।

यसलाई छालाको एलर्जी भन्ने गरिन्छ । छाला रातो या निलो हुनु, चिलाउनु तथा दाग देखिनु छालामा एलर्जीका लक्षण हुन् ।

कहिलेकाहीँ कीराको टोकाइबाट पनि यस्तो समस्या देखिनसक्छ । गलत औषधि, विभिन्न रसायनयुक्त साबुन, लोसनको प्रयोगबाट पनि छालामा एलर्जी हुनसक्छ ।

यस्ता एलर्जी कुनै केही दिनमै निको हुने खालका त कुनै महिनौंसम्म दुःख दिने खालका हुन्छन् । कतिपय एलर्जी एक ठाउँबाट सुरु भई शरीरभरि फैलने खालका हुन्छन् ।

एलर्जी पूरै शरीरमा फैलिए घातक हुनसक्ने भएकाले तत्काल उपचार जरुरी छ । कतिपय एलर्जीको उपचार चिकित्सकबाटै गर्नुपर्ने हुन्छ भने कहिलेकाहीँ घरेलु सामग्रीको प्रयोगबाट पनि एलर्जीमुक्त हुन सकिन्छ । शरीरमा नकारात्मक असर नगर्ने त्यस्ता घरेलु ओखतीको प्रयोग गरी छालाको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

ओलिभ आयल (जैतुनको तेल)

छालाको लागि भिटामिन ‘ई’ निकै उत्तम मानिन्छ । भिटामिन ‘ई’ को राम्रो स्रोत जैतुनको तेल पनि हो । यसले अनुहारलाई नरम राख्नुका साथै सुख्खा हुन दिँदैन ।

जैतुनको तेलमा थोरै मह मिसाएर लगाउँदा छाला चिलाउने समस्या कम हुँदै जान्छ । नियमित रूपमा यसको प्रयोग गरेर छाला चिलाउने समस्याबाट पूर्ण रूपमा मुक्त हुन सकिन्छ । यसैगरी जैतुनको तेलमा थोरै बेसार मिसाएर एलर्जी भएको ठाउँ वरिपरि लगाइयो भने पनि एलर्जीबाट छिट्टै राहत मिल्छ ।

बेकिङ्ग सोडाः एलर्जी भएको ठाउँ वरिपरि बेकिङ्ग सोडा लगाउँदा तत्काल छालाको रातोपन कम हुन्छ र चिलाउन पनि छोड्छ । बेकिङ्ग सोडामा थोरै पानी मिसाएर चिलाएको ठाउँ वरिपरि लगाउने, केहीबेर त्यसै छोड्ने र सफा पानीले धुने । एलर्जीको दोहोलो हुन्छ । बेकिङ्ग सोडालाई पानीको सट्टा नरिवलको तेलमा मिसाएर पनि लगाउँदा पनि राहत मिल्छ ।

ओट मिलः नास्तामा प्रयोग हुने ओट मिल छालाका लागि समेत निकै उपयोगी छ । थोरै ओट मिललाई पिस्ने, त्यसलाई तातो पानीमा मिसाएर लेदो बनाउने । उक्त लेदोले एलर्जी भएको ठाउँमा पखाल्ने । एलर्जीबाट छुट्कारा पाउन सकिन्छ ।

घिउकुमारीः एलोभेरा छालासम्बन्धी समस्याका लागि रामवाण मानिन्छ । एलोभेरामा पाइने एन्टी फंगल तत्वले एलर्जीलाई पूर्ण रूपले नष्ट गर्छ । यसको लागि ताजा एलोभेरा जेललाई एलर्जीको वरिपरि लगाउनुपर्छ ।

त्यसलाई २० मिनेट जति त्यत्तिकै रहन दिएर सफा पानीले धुनुपर्छ । यसो गर्दा छालासम्बन्धी एलर्जी मात्र नभई अन्य रोगबाट समेत मुक्त हुन सकिन्छ ।

बरफः हातखुट्टा सुन्निएमा, पोलेमा, फुलेमा, चिलाएमा वा छालासम्बन्धी कुनै पनि समस्या भएमा चिकित्सकहरू वरफले सेक्न सुझाव दिन्छन् । सुन्निएको ठाउँमा वरफले सेकेको खण्डमा सुन्निएको भाग तुरुन्तै बस्न थाल्छ भने चिलाउन समेत कम हुन्छ ।

नीमको पातः छालासम्बन्धी समस्यामा नीमको प्रयोग लाभकारी मानिन्छ । नीममा एन्टी फगल, एन्टी एलर्जिक तथा एन्टी व्याक्टेरियल तत्व हुन्छ । नीममा पाइने यी तत्वकै कारण नीमलाई कुनै पनि रोगमा प्रयोग गर्न सकिन्छ ।

धनियाँः धनियाँ एक प्रकारको आयुर्वेदिक औषधि हो । छालाको रातोपन तथा सुन्निने समस्या कम गर्न धनियाँ निकै उपयोगी मानिन्छ । यो छालासम्बन्धी एलर्जीमा चामत्कारिक औषधी हो । पिसेको धनियाँलाई एलर्जी भएको ठाउँमा लगाएर त्यसलाई करिब २० मिनेटसम्म छोड्ने र त्यसपछि सफा पानीले राम्रोसँग सफा गर्ने । तीन चार दिनसम्म नियमित यो प्रक्रिया दोहोर्‍याए छालाको एलर्जी जरैदेखि निर्मूल हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज