Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तिव्र रुपमा कम्मरको बोसो घटाउने हो ? यी हुन् सजिला पाँच तरिका

Author Avatar साझा न्यूज 2nd October 2021 , 8:34 PM
तिव्र रुपमा कम्मरको बोसो घटाउने हो ? यी हुन् सजिला पाँच तरिका

हामी यस्ता धेरै मानिसहरु देख्न सक्छौं जसको तौल त धेरै हुँदैन तर, उनीहरुको कम्मरको आसपास बोसो जम्मा भएको हुन्छ वा पेट लाग्न थालेको हुन्छ ।

सामान्य रुपमा तीस वर्ष कटेपछि मानिसको पिठ्यु र कम्मरको आसपासमा बोसो जम्न थाल्छ । बोसो अर्थात फ्याट शरीरको जुनसुकै भागमा जमे पनि त्यसले हानी गर्छ ।

बोसो लागेपछि मानिसको लुक्स त खराब हुन्छ नै साथै यो हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुँदैन । यसैले यसबाट छिटो छुटकारा पाउन जरुरी छ ।

आमरुपमा यस खालको बोसो जम्ने कारण खानपान र एक्सरसाइजको कमी हो । कम्मर र पिठ्युमा जम्ने यो बोसोबाट सजिलै राहत पाउन सकिन्छ ।

आउनुहोस् केही यस्ता तरिका जानीराखौं जसलाई अपनाएर तपाईं यस खालको बोसोलाई घरमै सजिलैसँग घटाउन सक्नुहुन्छ ।

पुलअप गर्नुहोस्

यो आँफैमा एक सम्पूर्ण एक्सरसाइज हो किनभने यसले पुरै शरीरलाई फाइदा पुग्छ । पुल अप्स गर्दा शरीरको हरेक हिस्सामा दबाब पर्छ र सबै मांसपेसीहरु तन्किन्छन् यसैले पुलअप गर्नाले बोसो चाँडै घट्छ ।

पुल अप्स गर्नको लागि पुलअप गर्न बनाइएको रडमा समातेर झुण्डिनुहोस् । हत्केला अगाडि बनाउनुहोस् र हत्केलामा काँध र पाखुराको बल लगाएर पुरै शरीरलाई माथितिर खिच्नुहोस् । २ सेकेण्ड रोकिएपछि शरीरलाई तल ल्याउनुहोस् र फेरि माथि खिच्नुहोस् । सुरुवातमा तपाईं जति पटक गर्न सक्नुहुन्छ त्यतिपटक यो एक्सरसाइज गर्नुहोस् ।

पुसअप गर्नुहोस्

पुस अपको खास कुरा के छ भने यसको लागि कुनै मेसिनको आवश्यकता पर्दैन । तपाईं जहिले पनि र जहाँ पनि पुसअप गर्न सक्नुहुन्छ । यदि सुरुवाताम समस्या हुन्छ भने जबरजस्ती नगर्नुहोस् । बरु सुरुमा जम्मा ४/५ पुसअप मात्रै गर्नुहोस्  । बिस्तारै तपाईं यसलाई बढाएर ३० देखि ५० पटक सम्म गर्न सक्नुहुन्छ ।

पुस अप गर्नको लागि सबैभन्दा पहिले जमिनमा म्याट ओछ्याउनुहोस् र पेटको बलले सुत्नुहोस् । त्यसपछि आफ्नो पुरा शरीरको भार हत्केलामा र पन्जामा राख्नुहोस् । हात सिधा राखेर शरीरलाई माथि उठाउनुहोस् ।

 

ध्यान राख्नुहोस् यो स्थितीमा तपाईंको शरीर एकदम सिधा हुनुपर्छ । आफ्नो हातलाई पनि समानान्तर राख्नुहोस् । तल आँउदा सास भित्र खिच्नुहोस् गर्धन हल्का माथि राख्नुहोस् र पुरै ध्यान छातीमा लगाउनुहोस् ।

जब तपाईंको छातीलिे हल्का जमिनलाई छुन्छ त्यतिखेर सास छोड्दै माथितिर आउनुहोस् । तल आरामसँग जाुनहोस् र माथि थोरै तेज रुपमा जान सक्नुहुन्छ ।

उठबस गर्नुहोस्

कम्मर, पिठ्युँ र पेटमा जमेको बोसोलाई कम गर्ने शानदार तरिका हो उठबस अर्थात स्क्वाट । यसको लागि दुवै हात अगाडि तर्फ राख्नुहोस् । सीधा उभिनुहोस् र छाती थोरै बाहिर निकाल्नुहोस् ।

आफ्नो घुँडालाई मोड्दै यसरी बस्नुहोस् जसरी तपाईं कुर्सीमा बसिरहनुभएको छ । आफ्नो घुँडालाई पन्जाको समानान्तर नै राख्नुहोस् ।

त्यतिखेर सम्म तल झुक्नुहोस त्यतिखेर सम्म तपाईंको जाँघ जमीनको समानान्तर नहोस् । माथि आउँदा सास छोड्नुहोस् । यो धेरै सजिलो छ र सजिलोसँग गर्न पनि सकिन्छ ।

प्लेक एक्सरसाइज गर्नुहोस्

प्लेक पनि कैयौं किसिमका हुन्छन् यसलाई पनि सजिलै गर्न सकिन्छ र जहाँ पनि गर्न सकिन्छ ।

प्लेक गर्नको लागि पेटको बलमा जमिनामा सुत्नुहोस् र टाउकोलाईर् जमिन छुन दिनुहोस् । अब शरीरको माथिल्लो भाग कुहिनोको भरमा जमिनबाट माथि उठाउनुहोस् । खुट्टालाई पञ्जाको बलमा टिकाउनुहोस् र फेरि आफ्नो पेट वा जाँघलाई माथितर्फ उठाउने कोसिस गर्नुहोस् ।

२० देखि ३० सेकेण्ड यसै स्थितीमा रहनुहोस् र फेरि सामान्य हुनुहोस् । यसलाई दुईदेखि तीनपटक गर्न सकिन्छ ।

एक्सरसाइजसँगै खानपानमा ध्यान दिनुहोस्

माथि उल्लेखित एक्सरसाइजहरुबाट छिटोभन्दा छिटो लाभ पाउनको लागि ३० देखि ४० मिनेट सम्म अन्य काम पनि गर्नुहोस् । केही अन्य कार्डियोभास्कुलर वर्कआउटबाट तिव्र रुपमा हिँड्ने, जगिङ, स्विमिङ साइक्लिङ गर्नुहोस् । यस क्रममा धेरै मेहनत गर्ने कोसिस गर्नुहोस् ।

त्यसैगरि स्वस्थ रहन र बोसो घटाउन चाहनुहुन्छ भने खानपानमा विशेष ध्यान दिनुहोस्, पौष्टिकताले भरपुर आहारको सेवन गर्नुहोस् । फास्टफुड, जंकफुड, तेलैतेलमा तारिएको वा भुटिएको खानाको सेवन नगर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज