Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

संरक्षण अभावमा पुरातात्विक सम्पदा नदीमा बग्दै

Author Avatar साझा न्यूज 6th October 2021 , 7:07 PM

लुम्बिनी– सिद्धार्थ गौतम बुद्ध जन्मनुभन्दा करिब ७ सय वर्ष पहिलाको मानव बस्ती भएको अनुमान गरिएको पुरातात्विक क्षेत्रका सम्पदाको संरक्षण हुन सकेको छैन । संरक्षण अभावमा पुरातात्विक सम्पदा नदीमा बग्दै गएका छन् । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२, निपनिया–बन्जरैया क्षेत्रमा रहेका पुरातात्विक सम्पदा दानव नदीमा बिलय हुँदै गएका हुन् ।

तीव्र नदी कटानले दानवको भेलसँगै प्रत्येक वर्ष सम्पदा बगिरहेका छन् । बर्खे भेलमा ऐतिहासिक र बुद्ध जीवनीमा मेल खाने सम्पदा बगिरहँदासमेत यसको संरक्षणमा कसैको चासो छैन । सन् १९६४ मा भारतका विश्वविख्यात पुरातत्वशास्त्री एसपी देवले यस क्षेत्रको अध्ययन गरेका थिए । उसबेला सिद्धार्थ गौतम बुद्ध जन्मुनभन्दा ६–७ सय वर्ष पहिलाको मानवबस्ती भएको अनुमान गरिएको थियो । त्यसयता पुरातत्व विभागले र सरकारले यहाँको अध्ययन–अन्वेषण र उत्खनन गरेको छैन नै संरक्षणमासमेत ध्यान पुर्याएकोे छैन ।

‘यहाँ पाइने माटोका भाडा हर्पन सभ्यताको समकालीन भएको बताइन्छ’, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले भने, ‘पुरातत्वशास्त्री देवले पनि अध्ययनका क्रममा यस क्षेत्रमा रहेका माटाका संरचना भारतको हस्तिनापुरको समकालनी संरचना भएको निचोड निकाल्नु भएको थियो । विडम्बना नदीमै बगेर सकिन थाले ।’

वर्खा सुरुपछि सधैंजसो यहाँ रहेका पुरातात्विक सम्पदा दानव नदीमा बग्दै आएका छन् । ‘दुई वर्ष अघि नदी छेउमा पाँचफिट जति अग्लो रिङ भेटिएको थियो’, स्थानीय दिलीपकुमार श्रीवास्तवले भने, ‘हामीले विकास कोषलाई भन्यौं, तर कसैको ध्यान नजाँदा जोगाउन सकिएन, त्यो पनि नदीले बगाइसक्यो ।’

उमेरले ६९ वर्ष पुगेका स्थानीय रमेशचन्द्र श्रीवास्तव सिद्धार्थ गौतमभन्दा पूरानो संरचना जोगाउन नसकिएको भन्दै चिन्ता व्यक्त गर्छन् । ‘म सानो छदा यहाँ बाकसमा सुनचाँदी भेट्टिएको थियो’, उनले भने, ‘कसले लग्यो–लग्यो । केही खोलाले समेत बगायो ।’ उनकाअनुसार तीन दशक अघि तीन किलोमिटर परबाट बग्ने नदी अहिले सम्पदा क्षेत्रबाट बगिरहेको छ ।

‘नदीले झनपछि झन कटान गरिरहेको छ, तटबन्द गर्न हामीले आग्रह गर्यौ कसैले सुनने’, उनले भने, ‘नदी कटानले सम्पदा क्षेत्रको अस्तित्व संकटमा मात्रै परेको छैन, हाम्रो घरजग्गा पनि जोखिममा पारेको छ । संरक्षणमा अझै कसैले ध्यान दिँदैनन् ।’

नदी कटान हुनु अघि यहाँ धेरै पूराना घर, माटाका भाँडा, बाकस, सुनचाँदी, शिवालय मन्दिर, इनारहरु भेट्टिएका थिए । कुनै–कुनै इनारमा मानिसका कंकालहरु देखिएको स्थानीय बताउँछन् । ‘यहाँ तीस–चालीस वटा इनार थिए’, स्थानीय प्रकाश गुप्ता भन्छन्, ‘लगभग आठ–दश वर्ष अघि एउटा ठूलो बाकस भेटिएको थियो, उचाल्न नै नसक्ने थियो । त्यो पनि बर्खे भेलमा बग्यो ।’

यहाँ पाइने माटाका भाँडालाई नोर्दन ब्ल्याक पोलिष्ट भनिन्छ । ‘कालो रङले रङ्ग्याएर बनाएको भएर यस्तो भनिएको हो’, कोषका उपाध्यक्ष त्रिपाठीले भने । नदी किनारमा अहिले पनि पुराना इँटाका टुक्रा र माटाका पत्रहरु (लेयर) प्रस्टै देख्न सकिन्छ । ‘यहाँ देखिने लेयर मानव बस्तीका संरचना हुन्’, त्रिपाठीले भने, ‘पहिला प्रत्येक लेयरपिच्छे मानिस बसेका थिए भन्ने पुष्टि हुन्छ ।’ यहाँ रहेका कयौं पुरातात्विक वस्तुहरु यस वर्षको भेलमा बगेका छन् । स्थानीयले यहाँ भेटिएका माटाका भाँडालगायत अन्य संरचना लुम्बिनी विकास कोषलाई उपलब्ध गराएका छन् ।

‘स्थानीयले उपलब्ध गराएका पुरातात्विक संरचना हामीले सुरक्षित राखेका छौं’, कोषका उपाध्यक्ष त्रिपाठीले भने, ‘पछि अध्ययन–अनुसन्धान र उत्खनन् गर्दा सहयोग हुनेछ ।’ पुरातत्वविद् र कोषका अनुसार यो क्षेत्र बुद्ध जीवनीसँग सम्बन्धित छ । यो क्षेत्रसँगै बुद्ध जीवनीमा सरोकार राख्ने रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा मात्रै २३५ बढी पुरातात्विक सम्पदाहरु पत्ता लागेका छन् । तर, यीमध्ये धेरै क्षेत्रको खोज–अनुसन्धान भने हुन सकेको छैन ।

अध्ययन र उत्खननमा ढिलाई हुँदा निपनिया–बन्जरैया जस्तै अन्य ठाउँका सम्पदाहरु पनि वर्खे भेलमा बग्ने जोखिम बढेको छ । लामो समय उत्खनन् नहुँदा कतिपय नस्ट भई विलय हुने जोखिम छ । ‘ऐतिहासिक पुरातात्विक सम्पदा जोजाउन पुरातत्व विभाग र सरकारले संरक्षणसँगै अध्ययन–अनुसन्धान र उत्खनन्मा प्राथमिकता दिन ढिलाई गर्नु हुँदैन’, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी भन्छन्, ‘हामीले पहिलादेखि नै यस क्षेत्रबारे जानकारी गराएका छौं, तटबन्द गर्न भनेका छौं, अझै काम अघि बढेको छैन ।’

सोमबार जनताको तटबन्द कार्यक्रमका डिजीसहित यस क्षेत्रको अवस्था बुझ्न पुगेका प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले यहाँको संरक्षणमा चासो दिने बताए । स्थानीयसँग केही समय यहाँको ऐतिहासिकताबारे जानकारी लिएका शाहले भने, ‘यो पुरातात्विक क्षेत्र हो, यहाँको संरक्षणमा पहल गर्छु ।’ उनले यहाँ तटबन्ध आफूले पहल गर्ने बताए । कोषका उपाध्यक्ष त्रिपाठीले सम्पदाको संरक्षण र अध्ययन गर्न लुम्बिनी बौद्ध विश्वविद्यालय र पुरातत्व विभागसँग समन्वय भइरहेको जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज