Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आज महाअष्टमीः महागौरीको पूजा आराधना गरिँदै


आज महाअष्टमीः महागौरीको पूजा आराधना गरिँदै

काठमाडौं । हिन्दु धर्मावलम्बी नेपालीहरुको महान चाड बडा दसैं अन्तर्गत आज नवरात्रको आठौं दिन । आज नवदुर्गामध्येकी आठौं रुप महागौरीको पूजा आराधना गरिन्छ ।

महादेवको प्रिय रहेकी महागौरीको स्वरुप अनुपम रहेको छ । महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने र वर्ण पनि गोरै रहेको छ ।

महागौरीको पूजाआराधनाले मनुष्यमा रहेका अनेक दोषहरू हट्ने र पूर्वजन्ममा गरेका पापसमेत नाश हुने विश्वास रहेको छ । महागौरीको भक्तिले अलौकिक सिद्धि प्राप्त हुने जनविश्वास छ ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । आजको दिनलाई महाअष्टमी पनि भनिन्छ । देशभरका शक्तिपिठहरूमा आज विशेष पूजाआजा हुने गर्छ ।

शक्तिपीठहरूमा पशु बली दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । महाअष्टमीका दिन सबैले आ–आफ्नो परम्पराअनुसार पशुबली दिने प्रचलन रहेको छ । पशु बली नदिनेले पनि नरिवल, कुभिण्डो, केरा, घिरौँला आदिको बली दिने गर्छन ।

आजै हनुमानढोकाको दसैंघरमा रहेको मूल चोकमा तलेजु भवानीलाई ५४ वटा राँगा र ५४ वटा बोकाको बली दिइन्छ । आजकै दिन घरघरमा प्रयोग गरिएका हातहतियार, मेशिनको साथै सवारीसाधनहरूको पशु बलीसहित पूजा गर्ने प्रचलनसमेत रहेको छ ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, पलाञ्चोक भगवतीको मन्दिर, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ । तर यस बर्ष भने कोरोना संक्रमणको जोखिम निर्मूल नभैसकेकाले स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न सरकारले आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कात्तिक शुक्ल पुर्णिमा पर्वको अवसरमा आज विदा

कात्तिक शुक्ल पुर्णिमा पर्वको अवसरमा आज विदा

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

पुरातात्विक स्थल सोनवागढ़, जहाँ छन् देवी चामुण्डा

सूर्य उपासनाको पर्व ‘छठ’ को तयारी

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय-खाय’

छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय-खाय’

सूर्य उपासनाको पर्व ‘छठ’ को तयारी

सूर्य उपासनाको पर्व ‘छठ’ को तयारी

बालगृहमा सामुहिक भाइटीका

बालगृहमा सामुहिक भाइटीका

भर्खरै प्रकाशित

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

एनसेल प्रकरणमा नाम मुछेको भन्दै प्रधानमन्त्री सचिवालयले जनायो आपत्ति

भारत–नेपाल सांस्कृतिक महोत्सवले लुम्बिनीमा मनायो साझा संस्कृति र सम्पदा महोत्सव

भारत–नेपाल सांस्कृतिक महोत्सवले लुम्बिनीमा मनायो साझा संस्कृति र सम्पदा महोत्सव

भारतीय राजदूत लुम्बिनी आउदा गृहमंत्रीको बिरोध प्रदर्शन

भारतीय राजदूत लुम्बिनी आउदा गृहमंत्रीको बिरोध प्रदर्शन

लगातार छैठौं पटक जित्यो कनकमुनीले राष्ट्रपति रनिङ शील्ड

लगातार छैठौं पटक जित्यो कनकमुनीले राष्ट्रपति रनिङ शील्ड

हिंसालाई नियन्त्रण गर्न कपिलबस्तुमा सडक नाटक गर्ने तयारी

हिंसालाई नियन्त्रण गर्न कपिलबस्तुमा सडक नाटक गर्ने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज