Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रचण्डको अगुवाइमा ‘अदालती आन्दोलन’

Author Avatar साझा न्यूज 27th October 2021 , 12:02 PM
प्रचण्डको अगुवाइमा ‘अदालती आन्दोलन’

ललिता निवास जग्गा घोटाला प्रकरणमा दोषी देखिएका बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा चल्ने या नचल्ने भन्ने कुराको टुङ्गो यही कात्तिक १५ गते लाग्ने भनिएको छ । कतै भट्टराई र नेपाल कसुर ठहर भएर जेल जाने हुन् कि भन्ने चिन्ता प्रचण्डमा पैदा भएको पाइएको छ ।

नेकपा माओवादीका अध्यक्ष प्रचण्ड यतिबेला न्यायालय र प्रधानन्यायाधीशविरुद्ध जोडदार ढङ्गले लागिपरेका छन् । प्रचण्डलाई अघि लगाएर प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र बहुराष्ट्रिय राज्यका प्रचारक एवम् मधेशकेन्द्रित समूहका नेता बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध केही दिनयता अभियान चलाउँदै आएका छन् । त्यसनिम्ति उनीहरूले न्याय र कानून क्षेत्रमा रहेका आफ्ना कार्यकर्ता तथा समर्थक मिडियाहरूलाई ब्यापक स्तरमा परिचालन गरेका छन् । यसरी प्रचण्ड न्यायालय र न्यायाधीशविरुद्ध जाइलाग्नुको मूख्य कारण कतिपय फैसलाहरू आफ्नो पक्षमा नभएकोले मात्र होइन, अब हुन सक्ने गम्भीर प्रकृतिको मुद्दालाई लिएर पनि प्रचण्ड आतङ्कित भएको बुझिन्छ ।

प्राप्त जानकारीअनुसार ललिता निवास जग्गा घोटाला प्रकरणमा दोषी देखिएका बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा चल्ने या नचल्ने भन्ने कुराको टुङ्गो यही कात्तिक १५ गते लाग्ने भनिएको छ । कतै भट्टराई र नेपाल कसुर ठहर भएर जेल जाने हुन् कि भन्ने चिन्ता प्रचण्डमा पैदा भएको पाइएको छ ।

त्यस्तै, हाल सभामुखको जिम्मेवारीमा रहेका पूर्व गुरिल्ला कमाण्डर अग्नि सापकोटाबाट काभ्रेका अर्जुन लामाको हत्या भएको विषयमा पनि मुद्दा विचाराधीन रहेको छ । उक्त मुद्दामा सापकोटालाई चोख्याउन सकिने आधार अहिलेसम्म नभेटिएको बताइन्छ । चोलेन्द्रबाट हत्यारोपीमाथि कानूनी कारबाही गराउने चिन्ता पनि प्रचण्डमा देखिएको छ । माधव नेपाललगायत चौध सांसदहरूको पदीय जिम्मेवारीबाट उनीहरू मूक्त हुने कि नहुने भन्ने मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । यो मुद्दामा पुरानो नजीर र कानूनबमोजिम फैसला गरेर कतै चौध सांसदलाई कारवाही गर्न अदालतले मार्ग प्रशस्त गरिदिने हो कि भन्ने चिन्ता पनि प्रचण्डमा पाइएको छ ।

त्यसैगरी मोहम्मद आफताव आलम नामक पूर्वसांसदले इँटा भट्टामा जिउँदो मानिस जलाएकोसम्बन्धी मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । यो मुद्दामा आफताव आलमलाई निर्दोष सावित गरी जेलमूक्त गराउने योजनामा शेरबहादुर देउवा रहेका छन् । राजनीतिक प्रकृतिका यी जटिल मुद्दाहरूमा आफ्नो इच्छामाफिकको निर्णय हुन सक्ने कुरामा आशङ्का भएकोले प्रचण्ड र देउवालगायतका नेताहरू प्रधानन्यायाधीशलाई तारो बनाएर न्यायपालिकाको नियमित काम कारबाहीलाई ‘डिस्टर्ब’ गर्न सक्रिय भएको पाइएको छ । प्रचण्डले बाहिरबाट न्यायाधीशमाथि प्रहार गर्ने र, गुप्त रूपले प्रधानन्यायाधीशसँग भेटेर बार्गेनिङ गर्ने गरेको जानकारी पनि घटना र विचारलाई प्राप्त भएको छ । -घटना र विचार साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने

ओलीको गोजीमा एमाले

विमानस्थल बाहिरबाट बरामद सुन जोख्न राष्ट्र बैङ्क लगिँदै

मालिकलाई उन्मुक्ति, भरियालाई सास्ती

नागरिकता विधेयकसम्बन्धी रिट न्यायाधीशद्वय राउत र माथेमाको इजलासमा

नयाँ सरकार गठन गर्ने सर्वोच्चको परमादेश

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज