Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस १४औं महाधिवेशनः देउवा टिम बनाउँदै, पौडेल आफ्नालाई फकाउँदै

Author Avatar साझा न्यूज 21st November 2021 , 6:49 AM
कास्कीका छवटै क्षेत्रमा कांग्रेसका प्रदेश सभापति निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन नजिक छ । कांग्रेसले २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ ।

कांग्रेसभित्र पार्टी नेतृत्वका लागि हालका सभापति शेरबहादुर देउवा अघि बढिसकेका छन् । उनले आफ्नो तलैसम्मको टिम बनाउन नेताहरूलाई खटाएका छन् । संस्थापन समूहबाट हालका उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले पनि महाधिवेशनको मैदानमा सभापतिका लागि अघि बढ्ने घोषणा गरिसकेका छन् ।

यसैगरी, संस्थापन इतर समूहबाट पनि वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि हालका महामन्त्री डा‍ शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा‍ शेखर कोइराला, नेत्री सुजाता कोइराला र युवा नेता कल्याण गुरुङ मैदानमा उत्रिने तयारीमा छन् ।

यस्तै, कांग्रेसभित्रको तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौला पनि टिमसहित मैदानमा उत्रिने भन्दै तयारी गरिरहेका छन् ।

सभापति देउवालाई उपसभापति निधि र नेता श्रेष्ठले चुनौती दिइरहेका छन् । तर, देउवा निधि र श्रेष्ठ दुवैलाई मनाउन प्रयासरत छन् । तर, पनि निधि ब्याक हुन तयार देखिएका छैनन् । श्रेष्ठले भने आफूलाई धोका नदिनेमा देउवा ढुक्क छन् ।

संस्थापन इतर समूहका आकांक्षीहरू भने एकले अर्कालाई आरोप लगाउनमा नै व्यस्त छन् । इतर समूहबाट पौडेलले आफूले सबैलाई समेटेर अघि बढ्ने भन्दै सघाउन आफ्नै समूहका नेताहरूलाई निरन्तर आग्रह गरिरहेका छन् ।

उनी गत बुधबार पूर्वमहामन्त्री सिंहलाई आफूलाई सघाउन आग्रह गर्दै उनको ठमेलस्थित निवास पुगेका थिए । यसैगरी, नेता शेखरसमेत शुक्रबार सिंहलाई फकाउन उनको निवास गएका थिए भने शनिबार महामन्त्री शशांक सिंहलाई फकाउन पुगेका थिए ।

संस्थापन इतर समूहका नेताबीच शनिबार साँझसमेत समूहबाट साझा उम्मेदवार तय गर्ने विषयमा महामन्त्री कोइरालाको निवास महाराजगन्जमा छलफल भएको थियो । सो छलफलमा सबै आकांक्षीले आआफ्नै अडान दोहोर्याएपछि सहमति हुन सकेन ।

करिब १ घण्टा भएको छलफलमा आकांक्षी सबैले आफ्नै नाममा सहमति गर्न आग्रह गरेका कारण सहमति जुट्न नसकेपछि पुनः छलफल गर्ने भन्दै शनिबारको छलफल अन्त्य गरिएको एक नेताले जानकारी दिए ।

उपसभापतिमा आचार्य, केसी र भण्डारी खुले, अन्य खुल्दै
कांग्रेसको १४औं महाधिवेशनमा उपसभापति पदमा नेताहरू महेश आचार्य, बलबहादुर केसी र डा। चन्द्र भण्डारीले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । विधानअनुसार दुई जना उपसभापति निर्वाचित हुन्छन् ।

आचार्यले कांग्रेसलाई नयाँ गति दिन र वैचारिक रूपमा पार्टीलाई अघि बढाउन उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।

उनले उपसभापतिको नेतृत्वमा रहने कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानमार्फत कांग्रेसलाई सशक्त र बलियो पार्टी बनाउन आफूले भूमिका निर्वाह गर्ने अठोट लिएका छन् । उनी कुन समूहबाट उम्मेदवार बन्ने भने तय भएको छैन ।

यस्तै, नेता केसीले गृह जिल्ला सोलुखुम्बुबाट उम्मेदवारी घोषणा गरेका हुन् भने नेता भण्डारीले केही समयअघि नै उपसभापतिमा उठ्ने घोषणा गरिसकेका हुन् ।

महामन्त्रीमा कोको छन् आकांक्षी ?
कांग्रेसको महामन्त्री पदका लागि आठ जना आकांक्षी देखिएका छन् । महामन्त्रीमा संस्थापन समूहबाट बालकृष्ण खाँण, रमेश लेखक, डा। प्रकाशसरण महत, विश्वप्रकाश शर्मा र एनपी साउद मैदानमा उत्रने तयारीमा छन् ।

यसैगरी, संस्थापन इतर समूहबाट डा। मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छन् । तर को कुन समूहबाट उम्मेदवार बन्ने भन्ने तय भइसकेको छैन । कांग्रेस विधानमा दुई महामन्त्री रहने व्यवस्था छ ।

नेता थापाले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–४ मा ३० भदौमा आयोजित एक कार्यक्रममार्फत महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका थिए ।

यस्तै, प्रवक्ता शर्माले संस्थापक नेता बीपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसर पारेर २४ भदौमा सुन्दरीजलस्थित बीपी संग्राहलयमा आयोजित कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरेका थिए भने पौडेलले तनहुँ २ को शुक्लागण्डकी नगरपालिका–८ मा आयोजित एक कार्यक्रममा केही समयअघि महामन्त्रीमा उठ्ने उम्मेदवारी घोषणा गरेका थिए । सो क्षेत्र उनको आफ्नै निर्वाचन क्षेत्र हो । समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने

ओलीको गोजीमा एमाले

विमानस्थल बाहिरबाट बरामद सुन जोख्न राष्ट्र बैङ्क लगिँदै

मालिकलाई उन्मुक्ति, भरियालाई सास्ती

नागरिकता विधेयकसम्बन्धी रिट न्यायाधीशद्वय राउत र माथेमाको इजलासमा

नयाँ सरकार गठन गर्ने सर्वोच्चको परमादेश

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज