Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जोखिम मोलेर छाङरु पुग्यो जनगणना टोली, तीन दिनमा गणना

Author Avatar साझा न्यूज 23rd November 2021 , 6:50 AM
जोखिम मोलेर छाङरु पुग्यो जनगणना टोली, तीन दिनमा गणना

दार्चुला, मङ्सिर ६ गते । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिकंर गाउँको जनगणनाका लागि जनगणना कार्यालय दार्चुलाको टोली तीन दिनको जोखिमपूर्ण पैदल यात्रा गर्दै छाङरु पुगेको छ ।
दार्चुलाका जिल्ला जनगणना अधिकृत पदमराज पाण्डेका अनुसार शुक्रबार खलंगाबाट प्रस्थान गरेको सहायक जनगणना अधिकृत खगेन्द्र कार्की नेतृत्वको टोली सोमबार दिउँसो १२ बजे छाङरु पुगेर जनगणना सुरु गरिसकेको छ । छाङरु र तिकंर दुबै गाउँमा जनगणना गरिसक्न तीन दिन लाग्ने पाण्डेले बताउनुभयो ।
चिसो छल्न तिकंरबासी बेँसी झर्न थालेकोले जनगणना गर्न चुनौती थपिएको छ । जनगणना अधिकृत पाण्डेले भन्नुभयो, केहि स्थानीयहरु चिसो छल्न बेँसी झरिसकेको खबर सुन्नमा आएको छ, त्यहाँका गणक राजेन्द्र कार्की हिड्न नसक्ने भएपछि खलंगामै छन, गणक खटाएर बेँसी झरेका स्थानीयहरुको गणना खलंगामै गरिनेछ । व्यास गाउँपालिका–१ बाहेक जिल्लाका अरु वडाहरुको जनगणना कार्य भने अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
नेपालतर्फको बाटो निकै असहज भएकोले भीर पहरामा हिँड्दा ज्यानको समेत जोखिम हुनसक्ने सम्भावनालाई मध्यनजर गरेर गणकहरु फर्किदा हेलिकोप्टरको व्यवस्था गरिदिन माग गरिएको छ । हेलिकोप्टरका लागि विभागसंग समन्वय भइरहेकोले फर्किदासम्म हेलिकोप्टरको व्यवस्था हुनसक्ने सम्भावना रहेको जनगणना अधिकृत पाण्डेले बताउनुभयो ।
नेपालतर्फ सुरक्षित बाटो नहुदा व्यास गाउँपालिकाका स्थानीयहरु भारतीय बाटोको प्रयोग गर्दै सदरमुकाम खलंगाबाट गाउँसम्म आवतजावत गर्दै आएका छन् । भारतले गणकलाई बाटो नदिदा सहायक जनगणना अधिकारी खगेन्द्र कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर नेपालतर्फकै जोखिमपूर्ण बाटो हुँदै व्यास पुगेका हुन् । तर लालाबाला, बस्तुभाउसहित उक्त बाटो भएर सदरमुकाम पुग्न सकिने अवस्था नरहेको स्थानीय हरक कार्कीले बताउनुभयो ।
भारतले गणकलाई मात्रै जान नदिएको तर स्थानीयहरु पास लिएर अहिलेपनि आवतजावत गरिरहेको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताउनुभयो । विवादित क्षेत्रमा गएर पनि जनगणना गर्छ कि भन्ने आशंकाले गणकलाई पास नदिएको हुनसक्ने उहाँको भनाई छ । जनगणनाको समय सकिन तीन दिन मात्र बाँकी रहेको छ, भारतीयले पास देलान् अनि जाउँला भन्दा समय घर्किने भएपछि जनगणना टोली पैदल हिँडेरै गएको हो, प्रजिअ जोशीले भन्नुभयो, त्यहाको बाटो असहज छ, टाढा पर्छ भनेर हामीले भारतसँग भारतीय बाटो प्रयोगका लागि अनुमति माग्यौँ, पासका लागि अनुरोध गर्यौँ, तर भारतीय पक्षले यो वा त्यो बाहानामा अनुमति दिएन, त्यसैले नेपालकै बाटो पैदल हिडेर गणकहरु त्यहा पुगेका छन् । जनगणनाको काम सकेरै फर्किन्छन । घुम्न जाने नेपालीलाई पास दिइरहेको भारतीय प्रशासनले बाटो बिग्रिएको र केन्द्र सरकारको अनुमति नभएको भन्दै गणकलाई भारतीय बाटोबाट व्यास जान अनुमति नदिएको हो ।
भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको नाबि, कुटी र गुञ्जी गाउँमा गएर जनगणना गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । केन्द्रिय तथ्यांक विभागले बैकल्पिक उपाय प्रयोग गरेर जनगणना गर्छौ भनेर भनिराख्नुभाको छ, उहाँले भन्नुभयो, त्यहाँ अहिलेसम्म कुनै किसिमको जनगणना गर्न सकिने सम्भावना आजका मितिसम्म मैले देखेको छैन । तर कुनै त्यस्तो किसिमको प्रविधि भए त्यसपछि मात्रै जानकारी होला । भारतले महाकालीको किनारैकिनार लिपुलेकसम्म बाटो बनाएको छ भने अतिक्रमित भूमिमा ठूलो सुरक्षा तैनाथ गरेको छ । व्यास गाउँपालिका–१ मै पर्ने गुन्जी, कुटी र नाभी गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना गर्न जिल्लाबाट सम्भव नभएको अधिकारीहरुले बताएका छन् ।गोरखापत्रबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने

ओलीको गोजीमा एमाले

विमानस्थल बाहिरबाट बरामद सुन जोख्न राष्ट्र बैङ्क लगिँदै

मालिकलाई उन्मुक्ति, भरियालाई सास्ती

नागरिकता विधेयकसम्बन्धी रिट न्यायाधीशद्वय राउत र माथेमाको इजलासमा

नयाँ सरकार गठन गर्ने सर्वोच्चको परमादेश

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज