Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस महाधिवेशनः उम्मेदवारका आफ्नै शैली र नारा

Author Avatar साझा न्यूज 11th December 2021 , 6:27 AM
कांग्रेसको मञ्चमा राजनीतिक घोचपेचदेखि, ओली प्रचण्डको सम्वादसम्म

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन सत्र सुरु भएसँगै विभिन्न पदका आकांक्षीले छुट्टाछुट्टै नारासहितका प्रचार सामग्रीसहित आफ्नो पक्षमा माहोल सिर्जना गर्न खोजेका छन् ।

विभिन्न पदका उम्मेदवारहरूको प्रचारशैली तथा नारा आ–आफ्नै किसिमका रहेका छन् । जसरी पनि नेतृत्वमा पुग्ने उनीहरूको चाहना र समर्थकको प्रचार गर्ने होडबाजी रहेको देखिन्छ ।

नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका नेताहरूले अन्तिम समयमा प्रचारलाई जोडतोडका साथ अघि बढाएका छन् । भृकुटीमण्डप आसपास क्षेत्र आकांक्षीका प्रचारप्रसार सामग्रीले भरिएको छ । सामाजिक सञ्जालमा समेत उनीहरूले प्रचारमा जोड दिएका छन् ।

कांग्रेसले नेतृत्व र नीतिको महाधिवेशन छुट्टाछुट्टै गर्ने भएका कारण नेतृत्वको दाबी गर्ने नेताले नारामार्फत आफ्नो पक्षमा माहोल सिर्जना गर्न खोजेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १४औं महाधिवशेनको नारा ‘उत्साह, एकता र रूपान्तरण’ रहेको बताए । पार्टीले सार्वजनिक गरेको पोस्टरमा ‘उत्साह, एकता, रूपान्तरण सफल बनाऔं नेपाली कांग्रेसको १४औं महाधिवेशन’ नारा रहेको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः अध्यक्षमा दोहोरिन खोजेका छन् । संस्थापन समूहमै रहेका उपाध्यक्ष विमलेन्द्र निधिसमेत सभापतिको दौडमा रहेका छन् । उता वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत संस्थापन इतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुन खोजेका छन् ।

देउवा, निधि, पौडेललगायतका उम्मेदवार समूहगत रूपमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । अध्यक्षका यी उम्मेदवारको समूहभित्र भने नेताहरूले विभिन्न पदमा दाबी गर्दै छुट्टाछुट्टै नारा तयार गरी प्रचारप्रसारमा जुटेका छन् ।

पार्टी सभापतिमा दोहोरिन खोजेका देउवाको नारा ‘बलियो कांग्रेस, समृद्ध देश सभापतिमा अब एकपटक शेरबहादुर देउवा नै वेश’ रहेको छ । गत आमचुनावमा नराम्रोसँग पराजित भएपछि देउवा नेतृत्वमा दल इतिहासमै सबैभन्दा कमजोर भएको भन्दै आलोचना हुँदै आएको छ ।

उनलाई चुनौती दिने तयारीमा रहेका रामचन्द्र पौडेलको नाममै गीत नै सार्वजनिक गरिएको छ । विमलराज क्षत्री र टीकाकुमारी क्षत्रीले ‘छैन नि जाल झेल, असल छवि, असल नेता रामचन्द्र पौडेल’ भन्दै गीत गाएका छन् । पौडेल र उनीनिकट रहेका नेताहरूले उनको छविलाई जोड दिएका छन् ।

सभापति दाबी गर्दै आएका अर्को नेता निधिले ‘हिमाल, पहाड र तराई मधेस, सबैको देश, सबैको कांग्रेस’ नारासहित प्रचारप्रसार अभियानमा होमिएका छन् । निधिले सभापतिका लागि मत माग्नुका साथै नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा जोड गरिरहेका छन् ।

सभापतिमा दाबी गर्दै आएका शेखर कोइरालाले ‘एकपटक, यसैपटक’ नाराअघि सारेका छन् । पौडेल समूहका अर्का नेता प्रकाशमान सिंहले ‘सबैको अस्तित्वः सबैखाले पहिचान’को नारा बनाएका छन् ।

कोइराला र सिंहले सर्वसम्मत आफ्नो समूहबाट पौडेललाई उम्मेदवार मान्न तयार छैनन् । पटकपटकको छलफल तथा बैठकमा कोइराला र सिंहले आफूहरूले सभापतिमा उम्मेदवारी दिने भन्दै प्रचारप्रसारमा जुटेका छन् । सभापतिमा उम्मेदवार घोषणा गरेका युवा नेता कल्याण गुरुङले ‘परिवर्तन, न्याय र समानता’को नारा अघि सारेका छन् ।

यस्तै, महामन्त्रीका उम्मेदवारीको घोषणा गरेका गगन थापाले अवधारणापत्र सार्वजनिक गरेका छन् । थापाले ‘समुन्नत नेपाली, सम्मानित नेपाली’को आवधारणासहित नारा अघि सारेका छन् । त्यसैगरी, महामन्त्रीका अर्का उम्मेदवार रहेका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा परिवर्तन हुनुपर्ने बताएका छन् । शर्माले ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ विषयलाई उठाएका छन् ।

महामन्त्रीका अर्का उम्मेदवार प्रदीप पौडेलले पुस्तान्तरण र वैचारिक रूपान्तरणको विषयलाई उठाएका छन् । ‘पुस्तान्तरणसहितको वैचारिक रूपान्तरण’ पौडेलले आफ्नो प्रचारका क्रममा भन्ने गरेका छन् ।

शर्मा र पौडेल दुवै नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष हुन् भने थापा पूर्व महासचिव हुन् । यसैगरी, पदाधिकारीसहित केन्द्र्र्र्रीय सदस्य पदका अन्य उम्मेदवारसमेत अनेक नारासहित प्रतिनिधिलाई रिझाउने प्रयासमा रहेका छन् ।

कतिपय उम्मेदवार उद्घाटन सत्रमा दलबलसहित प्रचार गर्दै छन् । सहमहामन्त्रीका उम्मेदवार रहेका फरमुल्लाह मन्सुर सडकमा नाराजुलुस गर्दै भृकुटीमण्ड पुगेका छन् । मन्सुरका समर्थकहरू चर्का नारा लगाउँदै कार्यक्रम स्थल प्रवेश गरेका छन् । देउवा समूहबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहेका मन्सुरले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । बन्दसत्रमा विभिन्न झाकीसहित नेताकार्यकर्ता तथा समर्थक पुगेका छन् । समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने

ओलीको गोजीमा एमाले

विमानस्थल बाहिरबाट बरामद सुन जोख्न राष्ट्र बैङ्क लगिँदै

मालिकलाई उन्मुक्ति, भरियालाई सास्ती

नागरिकता विधेयकसम्बन्धी रिट न्यायाधीशद्वय राउत र माथेमाको इजलासमा

नयाँ सरकार गठन गर्ने सर्वोच्चको परमादेश

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज