Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शेखर कोइरालाको आग्रह : नैतिकता गुमाएपछि राजनीति सम्भव हुँदैन, विवेक प्रयोग गर्नुस्

Author Avatar साझा न्यूज 14th December 2021 , 3:45 PM
शेखर कोइरालाको आग्रह : नैतिकता गुमाएपछि राजनीति सम्भव हुँदैन, विवेक प्रयोग गर्नुस्

काठमाण्डौ – नेपाली कांग्रेसका नेता तथा १४ औँ महाधिवेशनका पार्टी सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले सभापतिका लागि हुने दोस्रो चरणको चुनावमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ ।

आज मङ्गलवार पत्रकार सम्मेलन गरी डा. कोइरालाले पार्टी सभापतिका लागि अहिले दिउँसो साढे ३ बजेदेखि हुन लागेको दोस्रो चरणको चुनावमा महाधिवेशन प्रतिनिधिहरूले आफ्नो विवेकले मत हाल्नुपर्ने बताउनुभएको हो । महाधिवेशनका प्रतिनिधिहरू आफैँ नेपाली कांग्रेसका नेता भएको उल्लेख गर्दै उहाँले मतदानमा आफ्नो विवेक प्रयोग गर्न र आफ्नो मनको अन्तर–आत्माले भनेअनुसार मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । उहाँले राजनीति गर्ने व्यक्तिमा मूल्य र मान्यता हुनुपर्ने र नैतिकता गुमाएपछि राजनीति सम्भव नहुने धारणा पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीति गर्ने व्यक्तिमा मूल्य र मान्यता भन्ने कुरामा म अत्यन्त विश्वास गर्छु । नैतिकता गुमाएपछि राजनीति सम्भव हुँदैन भन्ने कुरा पनि यहाँहरूको माझमा राख्न चाहन्छु । महाधिवेशनका प्रतिनिधिहरू आफैँ नेता हो नेपाली कांग्रेसका । उहाँहरूले जुन भोट दिनुहुन्छ आज, दोस्रो चरणको मतदान जुन हुन गइराखेको छ, उहाँहरूले आफ्नो मनको अन्तर–आत्माले विवेक प्रयोग गरेर मतदान गर्नुहुनेछ भन्ने विश्वास पनि व्यक्त गर्दछु । आफ्नो विवेक प्रयोग गर्नुस् र आफ्नो मनको अन्तरआत्माले के भन्छ त्यो कुरा भोटमा प्रतिबिम्बित गर्नुस् भन्ने कुरा राख्न चाहन्छु ।’

नेता कोइरालाले आफूले कांग्रेसको समग्र जीवनमा परिवर्तन र सुधार गर्ने प्रतिज्ञा गरेको बताउनुभयो । उहाँले कांग्रेसलाई व्यवस्थित ढङ्गले अगाडि बढाउने प्रयास गर्ने पनि उल्लेख गर्नुभयो । कांग्रेसभित्र रूपान्तरण र पुनर्जागरण ल्याउने आफ्नो एजेन्डालाई तार्किक निष्कर्षमा पुर्‍याउने उहाँको भनाइ छ । नेता काेइरालाले भन्नुभयो, ‘म नेपाली कांग्रेसको समग्र जीवनमा परिवर्तन र सुधार गर्ने प्रतिज्ञा गरिराखेको छु । व्यवस्थित नेपाली कांग्रेसभित्र जुन अव्यवस्थाको चाङ लागेको छ, त्यसलाई व्यवस्थित ढङ्गले अगाडि बढाउने प्रयास पक्कै पनि गर्छु । मैले आजसम्म रूपान्तरण र पुनर्जागरणका कुरा गरेर आइराख्या छु यो चार, पाँच वर्षदेखि । त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउने सोच बनाएको छु । र हाम्रो टिम जुन छ, त्यसले त्यसमा पक्कै पनि मिलेर काम गर्छ ।’

उहाँले दोस्रो चरणको चुनावबाट आउने जुनसुकै परिणाम सहर्ष स्वीकार गर्दै कांग्रेसभित्र वृहत्तर एकताको प्रयास गर्ने बताउनुभयो । नेता कोइरालाले आफ्नो सम्पूर्ण जीवन देश, नेपाली नागरिक र लोकतन्त्रको सुनिश्चित भविष्य तथा आउँदाे पुस्ताको सुखद जीवनका लागि खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘म मेरो देश, नेपाली जनता, लोकतन्त्रको सुनिश्चित भविष्य र आउने पुस्ताको सुखद जीवनका लागि सम्पूर्ण जीवन समर्पण गर्न पनि चाहन्छु । अन्तमा यस चुनावमा साथीहरूले भरोसा गरेर मलाई जुन माया गर्नुभयो, जुन भोट दिनुभयो, त्यसका लागि उहाँहरूप्रति कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज