Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

चिसो बढेसँगै देखिन सक्छन् ,यस्ता स्वास्थ्य समस्याहरु

Author Avatar साझा न्यूज 17th January 2022 , 3:56 PM
चिसो बढेसँगै देखिन सक्छन् ,यस्ता स्वास्थ्य समस्याहरु
दिनप्रतिदिन अत्यधिक चिसो बढ्दो छ । चिसो मौसमका बारेमा मानिसहरुका आ-आफ्नै धारणा हुन्छन् । कसैले मन पराउँछन् भने कसैलाई मन पर्दैन । जाडोमा आफूलाई न्यानो र तातो बनाएर परिवारसँग समय बिताउन त रमाइलो नै हुन्छ तर यो मौसमले विभिन्न रोगहरु पनि लिएर आँउछ ।
अत्यधिक चिसो स्वास्थ्यका लागि जोखिमयुक्त छ । चिसो मौसममा स्वास्थ्यको उचित ख्याल राखेनौँ भने विभिन्न रोग लाग्न सक्छ । जाडोमा रुघाखोकी जस्ता सामान्य रोगहरु मात्रै लाग्ने त हो नी भन्ने सोच्नुहुन्छ भने तपाईं बिल्कुल गलत हुनुहुन्छ । यो मौसमले विभिन्न प्राणघातक रोगहरु पनि लिएर आएको हुन्छ ।
यी हुन् चिसोमा लाग्ने रोग र त्यसबाट बच्ने उपाय:
छालामा फुस्रोपनास् चिसो मौसममा मानिसमा देखिने अर्को समस्या भनेको छालामा फुस्रोपना हो । यस्तो वेला सुक्खा हावा लाग्छ र शरीरको पानी उडेर जान्छ । चिसोको वेला शरीरमा पानीको मात्रा पनि कम हुन जान्छ । जसले गर्दा छाला र ओठ फुस्रो हुने र फुट्ने समस्या हुन्छ ।
बच्न : चिसो मौसममा अत्यधिक पानी पिउने गर्नुपर्छ । त्यस्तै मोस्चराइजिङ क्रिम, नरिवल, आलमन्डको तेल छालामा लगाउनुपर्छ ।
हृदयाघात स्जाडो मौसममा हृदयाघातको सम्भावना बढी हुन्छ । चिसो मौसमका कारण मुटुलाई रगत पु¥याउने नलीहरू खुम्चिन जान्छन् । जसले गर्दा मुटुको मांसपेशीमा रगतको मात्रा कम हुन्छ । कहिलेकाहीँ मुटुको मांसपेशी नष्ट हुन जान्छ र रगत पम्पमा बाधा उत्पन्न हुन्छ । जसले हृदयाघातको समस्या बढाउँछ ।
बच्न : मुटुरोगीहरूले धेरै चिसोमा काम गर्नु हुँदैन । नियमित व्यायामलाई पनि दिउँसोको समयमा सार्नुपर्छ । सकेसम्म शरीरलाई न्यानो बनाएर राख्नुपर्छ । देब्रे भागको छाती दुखेमा भने तुरुन्त चिकित्सककहाँ जानुपर्छ ।
जोर्नीको दुखाइ : जाडो मौसममा धेरै मानिस जोर्नीको दुखाइबाट ग्रसित हुन्छन् । कतिपयलाई त दुखाइको कारण बेड रेस्ट नै गर्नुपर्ने अवस्था पनि सिर्जना हुन्छ ।
बच्न : यसबाट बच्ने उपाय भनेको जोर्नीहरूलाई चिसोबाट बचाउनु र नियमित व्यायाम गर्नु हो ।
चिसो (मौसमी फ्लु) : बाहिरी वातावरणअनुरूप परिवर्तन हुने प्रकृति मानव शरीरको हुँदैन । यसैको कारण हो, मानिसलाई अत्यधिक तातो वा चिसोको महसुस हुने । चिसो मौसममा शरीरको रोगप्रतिरोधी क्षमता घट्न जान्छ र विभिन्न जीवाणुको संक्रमणले बिरामी पार्छ ।
बच्न: चिसोमा शरीरलाई न्यानो बनाउन आवश्यक हुन्छ । तापजन्य खाद्यपदार्थ खाने, हिँडडुल कम गर्ने, खाना खानुअघि र पछि राम्रोसँग साबुनपानीले हात धुने, नाक मुख छोपेर राख्ने, मास्क लगाएर हिँड्नेलगायतका गतिविधि गर्नुपर्छ ।
घाँटीमा सुक्खापन स्चिसो मौसममा भाइरल संक्रमण हुन्छ । जसले घाँटी खसखस हुने, सुक्खा पार्ने गर्छ ।
बच्न : यस्तो समस्या भएमा तातो पानीमा नुन राखेर मुख कुल्ला गर्नुपर्छ । त्यसका साथै आराम गर्ने, चिसो खानेकुराको प्रयोग नगर्ने गर्नुपर्छ ।
दम: चिसो र सुक्खा हावाले श्वासनलीलाई पनि साँघुरो पार्ने काम गर्छ र मानिसको श्वासप्रश्वास प्रणालीमा बाधा उत्पन्न हुन्छ । जसले गर्दा दमको समस्या बढ्न जान्छ ।
बच्न: यसबाट बच्नका लागि घरलाई धुवाँ, धुलोमुक्त गराउने प्रयास गर्नुपर्छ । त्यस्तै, समय–समयमा ओछ्यान घाममा सुकाउने र सफा गर्ने गर्नुपर्छ । बाहिर हिँडडुल गर्दा पनि धुलोबाट जोगिन आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज