Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्वास्थ्य र सोखका लागि साइकल चलाउनेहरु बढ्दै


स्वास्थ्य र सोखका लागि साइकल चलाउनेहरु बढ्दै

चितवन । कुनै बेला साइकलको जिल्ला भनेर चिनिने चितवनमा यतिबेला स्वास्थ्य र सोखका लागि साइकल प्रयोग हुन थालेको छ । पछिल्ला दिनमा आवश्यकताले भन्दा पनि स्वस्थ रहन र सोखका लागि साइकल प्रयोग गर्नेहरु बढ्दै गएका हुन् । त्यसो त चितवनमा कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा यसको प्रयोग भइरहेको व्यवसायी बताउँछन् । किसानले मल, बीऊ ओसारपसारदेखि तयारी वस्तु बिक्रीसम्ममा साइकलको प्रयोग गर्ने गरेका छन् । साइकलमा मनोरम दृश्यावलोकन गर्दै यात्रा गर्न साइकलको प्रयोग हुँदै आएको छ । स्कुल र कलेज जाने विद्यार्थीले ठूलो सङ्ख्यामा साइकलको प्रयोग गर्दै आएका छन् ।

स्वास्थ्य तन्दुरुस्त राख्ने प्रयोजनले बिहान बेलुकी साइकल चलाउनेको सङ्ख्या पनि जिल्लामा ठूलै रहेको छ । पालिकाले छात्रालाई साइकल बाँड्ने गरेका छन् । चितवन र नवलपुर जिल्लाका साइकल व्यवसायीको संस्था साइकल व्यवसायी सङ्घ चितवन–नवलपुरका पूर्व अध्यक्ष श्याम खरेल दुई जिल्लामा गरेर तीन सय हाराहारी साइकल पसल रहेको बताउँछन् । ठूला होलसेल गर्ने, मध्यम साइकलको बिक्री गर्ने र साना साइकल मर्मत गर्ने पसल यसमा पर्दछन् । करिब २० हाराहारी ठूला होलसेल पसल छन् भने ८० हाराहारी मध्यम र अन्य साना पसल रहेका छन् । एकीन तथ्याङ्क नभए पनि दैनिक एक सयभन्दा बढी साइकल नयाँ साइकल बिक्री हुने गरेको उनको अनुमान छ । विगतमा बिक्री हुने साइकल र अहिले बिक्री हुने साइकल फरक छन् ।

बिक्रेताले ग्राहकको चाहना अनुसार फरक फरक मोडलका साइकल ल्याउने गरेको उनी बताउँछन् । राईडर्स माउन्टेन बाइक स्टेशन नारायणगढका सञ्चालकसमेत रहेका खरेलका अनुसार बजारमा सात हजार ५०० देखि एक लाख ५० हजारसम्मका साइकल बिक्री हुने गरेका छन् । त्यसो त सात हजार ५०० देखि १५ हजारसम्मका साइकल धेरै मात्रामा बिक्री हुने उनको भनाइ छ । एक लाख र त्योभन्दा बढी मूल्यका साइकल भने फाट्टफट्ट मात्रै बिक्री हुने गरेको खरेलले बताए । व्यवसायीले भारत र चीनबाट साइकल र साइकलका सामग्री ल्याउने गर्दछन् । अहिले हरेक घरमा साइकल भएको उनको भनाइ छ । खरेलले भने, ‘घरमा कार र मोटरसाइकल भए पनि साइकल हुन्छ ।’ विलासी सवारी हुनेले पनि दूध, फलफूल किन्न, मिल जान साइकलको प्रयोग गर्ने गरेको पाइन्छ ।

विगतमा पुरानो हुँदासम्म मर्मत गर्दै साइकल चलाउने गरेको भए पनि अहिले सामान्य मर्मत गरेर चल्ने साइकल कवाडीमा बिक्री गर्ने गरेको व्यवसायी बताउँछन् । साइकलका कारण मानवीय स्वास्थ्यसँगै ठूलो मात्रामा इन्धन बचत भएको व्यवसायीको भनाइ छ । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष राजन गौतम चितवनमा दैनिक २५ हजार हाराहारी साइकल चल्ने बताउँछन् । उनका अनुसार ती साइकलले दैनिक चार किलोमिटर सरदर यात्रा गर्दा पनि दैनिक १५ लाख बराबरको इन्धन बचत हुने उनको अनुमान छ । ‘राज्यले साइकल लेनको व्यवस्था गर्नुपर्छ’ उनले भने । स्थानीय पालिकामा सडक निर्माण गर्दा अनिवार्य साइकल लेन बनाउनुपर्ने उनको भनाइ छ ।

चितवनले साइकल र साइकलले चितवनलाई अलग गर्न नसक्ने भन्दै उनले भने, ‘समथर भूभाग, चौँडा सडक, सामान्य उकाली ओराली, साइकलका लागि अनुकूल भौगोलिक वातावरणसँगै जिल्लामा साइकल भित्रिएका हुन् ।’ जिल्लाको जति नै विकास भए पनि साइकलको महत्व नहराउने गौतम बताउँछन् । उनका अनुसार उद्योग र असङ्गठित क्षेत्रमा काम गर्ने मजदूरदेखि महँगा गाडी चढ्ने व्यवसायीसम्मले साइकलको प्रयोग गर्ने गरेका छन् । ‘मजदूरले आवश्यकताले र व्यवसायीले स्वास्थ्य र सोखका लागि साइकल प्रयोग गर्छन्’ उनले भने । वातावरणीय दृष्टिकोण र पेट्रोलियम पदार्थको आयातलाई निरुत्साहित गर्न साइकल प्रयोगलाई राज्यले प्रोत्साहन गर्नुपर्ने गौतमको भनाइ छ ।

चितवन राईडर्स क्लबका अध्यक्ष नवीन खरेल १५० सदस्य क्लबमा रहेको बताउँछन् । स्वस्थ रहन र सन्देश प्रवाह गर्न क्लबले काम गरिरहेको छ । आफ्नो ढाडमा नशा च्यापिएपछि फिजियोथेरापीको सट्टा साइकल चलाउन थालेको उनी बताउँछन् । ‘साइकल चलाउन थालेपछि मेरो समस्या समाधान भयो’ उनले भने । उनीजस्तै धेरै साइकलबाट लाभान्वित भएका छन् । हाडजोर्नी तथा नशारोग विशेषज्ञ प्रा. डा. कृष्णप्रसाद पौडेल साइकल र पौडीबाट मानिसको शरीरको पूरै अङ्गहरुलाई व्यायाम हुने बताउँछन् । ‘चीन र जापान जस्ता देशले साइकललाई प्रवद्र्धन त्यसै गरेका होइनन्’ उनी भन्छन् । कार्यालय जाँदा, यात्रा गर्दा साइकलको प्रयोग गर्न सकेमा इन्धन बचाउन सकिने उनी बताउँछन् । साइकल लेन बनाउने विषयमा सरकारले ध्यान दिनुपर्ने पौडेलको सुझाव छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

चैत ५ गते स्ववियु चुनाव गर्न मातहतका क्याम्पसलाई त्रिविको निर्देशन

चैत ५ गते स्ववियु चुनाव गर्न मातहतका क्याम्पसलाई त्रिविको निर्देशन

विजयनगरमा निःशुल्क आँखा उपचार शिविर

विजयनगरमा निःशुल्क आँखा उपचार शिविर

जाडो बढे पछि कपिलवस्तुका २ पालिकामा विद्यालय बन्द

जाडो बढे पछि कपिलवस्तुका २ पालिकामा विद्यालय बन्द

१ सय ३० जना बालबालिका पढ्ने विद्यालय दुई शिक्षिकाको भरमा, पढ्न पालो कुर्छन् विद्यार्थी

१ सय ३० जना बालबालिका पढ्ने विद्यालय दुई शिक्षिकाको भरमा, पढ्न पालो कुर्छन् विद्यार्थी

भर्खरै प्रकाशित

शिवराज खेल महोत्सव आजदेखि सुरु

शिवराज खेल महोत्सव आजदेखि सुरु

मायादेबी गाउपालिका वडा नम्बर ४ को आफनै प्रशासनिक भवन

मायादेबी गाउपालिका वडा नम्बर ४ को आफनै प्रशासनिक भवन

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक, काँग्रेस पहिलो पार्टी

लुम्बिनी काँग्रेसले मनोनयन गर्‍यो २१ विभागीय प्रमुख

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट

पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि