Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोभिड-१९ ले बालबालिकालाई कसरी असर गरिरहेको छ ?

Author Avatar साझा न्यूज 30th January 2022 , 1:18 PM
कोभिड-१९ ले बालबालिकालाई कसरी असर गरिरहेको छ ?

अहिले विश्वभरि फैलिइरहेको कोभिड महामारीबारे सबैभन्दा धेरै भएको गलत बुझाई बालबालिकालाई यसले कुनै असर गरेको छैन भन्ने हो । यदि बालबालिकाहरू कोभिडबाट सङ्क्रमित भइहाले पनि उनीहरू अस्वस्थ हुन देखिएका लक्षणबारे मात्र चर्चा र खोज गरिन्छ ।

उनीहरूलाई यस महामारीले शारीरिक र मानसिक रूपमा के-कस्ता असर पुगेको छ भन्ने चर्चा सायदै कम गरिन्छ । तर विज्ञ तथा मनोविद्हरूले भने कोभिडले बालबालिकाको मनोविज्ञानमा समेत नकारात्मक असर पुर्‍याएको बताउँदै आएका छन् ।

बालबालिकाहरू बिरामी भइरहेका छन्
मानिसहरूले सोध्ने सबैभन्दा साझा प्रश्न मेरो बच्चालाई भ्याक्सिन दिनु उपयुक्त होला की नहोला भन्ने रहेको डा. अमिनुद्दीन बताउँछन् । उनी भन्छन्, ‘म यो जिज्ञासा हुनेहरूलाई के भन्न चाहन्छु भने हामीले बितेका यी दुई वर्षहरूमा धेरै जानकारी र अनुभव बटुलिसकेका छौँ । भ्याक्सिनले कोभिडबाट हुने नकारात्मक असरहरूलाई रोक्ने कुरा प्रमाणित भइसकेको छ । विगतमा कोभिडबाट सङ्क्रमित बालकालकामा कोभिड निको भएपछि मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम जस्ता दुर्लभ र गम्भीर अवस्था देखिएको थियो । जसलाई यो समस्या देखिएको थियो उनीहरूले भ्याक्सिन लगाएका थिएनन् । त्यसैले भ्याक्सिन नलगाउँदा कोभिडको दीर्घकालीन असर र त्यसले बालबालिका पीडित हुनु परेको देखिन्छ । भ्याक्सिन लगाएका बालबालिकामा आएका समस्याले अस्पताल नै पुग्नुपर्ने र मृत्यु नै भएको अवस्था भने छैन ।’

मानसिक स्वास्थ्य समस्या बढ्दै गएको छ
कोभिड महामारी फैलिएसँगै बालबालिकामा मानसिक समस्या बढ्दै गएको अध्ययनले देखाउँछ । यो वृद्धिको अवस्था कोभिडले नै निम्त्याएको अनुसन्धानकर्ता बताउँछन् । कोभिडले डिप्रेसन, एन्जायटी, इटिङ डिसअर्डर जस्ता स्वास्थ्य समस्याहरू बालबालिकाले भोग्नु परेको छ । सन् २०२१ को अध्ययनले महामारीपछि मानसिक स्वास्थ्यको समस्या ३० प्रतिशतले बढेको देखाएको छ । पहिले स्वस्थ बालबालिकाहरू पनि कोभिडपछि धेरै बिरामी पर्ने गरेको अध्ययनले देखाएको छ ।

जसले गर्दा आत्महत्याको प्रयास गर्ने, खाना नखाने, आफूलाई हानी पुर्‍याउन आक्रामक हुने, हिंसामा पर्ने जस्ता घटनाहरू बढिरहेको छ । राम्रो मानसिक स्वास्थ्यको स्तम्भ मानिने काम जस्तै साथीहरूसँग समय बिताउने, शारीरिक सक्रियता, राम्रो निन्द्रा, सही कार्यतालिका जस्ता कुराहरूमा महामारीको कारण सम्झौता गर्नुपर्ने भएकोले यस्तो जटिल अवस्था देखिएको हो ।

प्रतिकूल असरहरू
कोभिड-१९ का केही यस्ता असरहरू छन् जुन अहिले नभएर बालबालिकामा भविष्यमा देखिन सक्छन् । कोभिडको कारणले आफन्त र साथीभाइ गुमाउनेको सङ्ख्या निकै फराकिलो भइसकेको छ । धेरै बालबालिकाहरू यही कोभिड कालमा अनाथ भएका छन् । जसले गर्दा अब आउने दिनहरूमा समेत बालबालिकामा विभिन्न शारीरिक, मानसिक र संवेगात्मक असरहरू पर्न सक्ने देखिन्छ । यसरी परिवार नै गुमाउनाले भविष्यमा पर्न सक्ने असर अहिले कोभिड सङ्क्रमित हुँदा पर्ने असर भन्दा घातक र भयानक हुन सक्छ ।

–मायो क्लिनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज