Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ माघ २०७८ मंगलबार, १ फेब्रुअरी २०२२)

Author Avatar साझा न्यूज 1st February 2022 , 6:38 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (१२ माघ २०७८ बुधबार, २६ जनवरी २०२२)

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षसनामक सम्वत्सर शिशिर ऋतु वि.सं. २०७८ माघ १८ गते तद्अनुसार सन् २०२२ फरवरी १ तारिख मंगलबार माघ कृष्णपक्ष अमावश्या तिथि श्रवण नक्षत्र सिद्ध योग १ः५ पर व्यतिपता योग किंस्तुघ्न करण आनन्दादिमा लुम्ब योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ६ः५३ मा भयो र सूर्यास्त साँझ १७ः४३ बजे हुनेछ । स्नान दानका लागि औंसी, हलो बार्ने, आर्यघाटमा माधवनारायण मेला, नवलपरासी त्रिवेणी मेला ।

आजको राशिफल

मेष – राजकाजसित सम्बन्धित काम बन्नेछ । आरोग्यता बढ्नेछ । साथै धनमाल हराउन सक्छ तर उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ । नसोचेको ठाउमा खर्च हुन सक्छ । वार्तामा सफलता मिल्नेछ ।

वृष – धनको आगमन भइरहने छ । समस्याको समाधान मिल्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । उत्साहजनक समाचारले हर्ष बढ्नेछ, तर लेनदेनमा विवाद बढ्न सक्ने हुँदा संयम भएर काम गर्नुहोला । चिताएको काम पूरा नहुन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । आफन्त मिलनले भने सुख दिनेछ ।

मिथुन – समय मिश्रित फलदायक रहनेछ । व्यापारमा सफलता पाउनुहोला यात्रा गर्ने अवसर पनि मिल्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । पैसो कमाउने योग छ । व्यर्थको खर्चले मन पिरोल्ला । शुभ काममा लाग्नु हितकर हुनेछ ।

कर्कट – दाम्पत्य सुख बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । नोकरी तथा राजनीतिमा संलग्न हुनेहरु सफल होलान् । प्रशस्त फाइदा हुने योग छ । अधुरा काम बन्ने योग छ । धार्मिक मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

सिंह – बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिले पनि आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, त्यसैले गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । निश्चय भएको काम अचानक बिग्रन सक्छ । वादविवादको सामना गर्नुपर्ला । जोखिममा नपर्नु हितकर हुनेछ । साहसिकताको क्षेत्रसित सम्बन्धित काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कन्या – सार्थक काममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । तर नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । यसका बाबजुद विभिन्न अवसर पाइनेछ । जागिरको काममा भने डर हुनेछ । आगो र मेसिनरी सामग्रीबाट विशेष जोगिनुहोला । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदमा राउनुहुनेछ ।

तुला – अरुको भर नपर्दा शुभ होला । ठगी विश्वासघातदेखि सचेत रहनुपर्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । सामाजिक काममा पनि रुचि बढ्नेछ । दिन रमाइलोसँग बित्ला । आरोग्यतामा ध्यान दिनुपर्नेछ ।

वृश्चिक – कार्यमा सफलता मिल्नेछ । नयाँ सम्भावना देखापर्ला । नयाँ ज्ञान सिक्ने मौका छ । अप्रत्याशित लाभ हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । मनोरञ्जन पूर्ण रहने दिन छ । साझेदारीको काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । आर्थिक योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।

धनु – साहस बढ्नेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गर्दै आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । अनावस्यक झमेलामा परिएला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

मकर – बिघ्न हट्ला । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । इर्ष्यालु पात्रहरुबाट सावधान रहनुहोला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता भेट्ला ।

कुम्भ – यात्रा होला । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । व्यापारमा फाइदै हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोग विलासमा आकर्षण बढ्ला । ख्याति फैलिनेछ ।

मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । धन कमाउने दिन छ । दाम्पत्य जीवन सुखद रहला । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

भर्खरै प्रकाशित

सात लाखका अवैध सामान बरामद

सात लाखका अवैध सामान बरामद

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज