सामान्यरुपमा पिम्पल्सलाई कसरी लिने ?
पिम्पल्स भनेको एउटा किशोर अबस्थामा आउने छालाकोपरिर्वतन हो । यस्लाई समस्या अथवा रोग भन्न मिल्दैन । ८०देखि ८५ प्रतिशत संसारको जनसंख्यामा किशोर अवस्थामाकेहि मात्र भएपनि पिम्पल्स आउछ । यो छालामा रहेको तेलकोग्रन्थि सक्रिय भए पछि र किशोरी अवस्थामा रसायनकोपरिर्वतनहरु हुन्छ त्यो सँगै छालामा परिवर्तन देखिने हो । २५वर्षका युवायुवतिहरुको हकमा चाहि कुनै हर्मोन सँग सम्बन्धिसमस्या अथवा कुनै भित्री रोगको सङकेतका कारण पिम्पल्सआउन सक्छ ।
पिम्पल्स आउनुको कारण के के हो ?
प्राकृतिक परिर्वतन
वातावरण परिर्वतन
प्रदुषण तिव्ररुपमा फैलिरहेका कारण
गाडीको धुँवा, धुलोमा नाइट्रोअक्साइड हुन्छ र विभिन्नकेमिकलहरु छालामा पर्नाले पनि पिम्पल्स आउँने गर्छ
रसायनको गडबडीले गर्दा
थाइरोइडको गडबडीले गर्दा
बोसोको समस्याले गर्दा
कपालको चाँयाले गर्दा
तनाब र खानपानले गर्दा पनि पिम्पल्स आउन सक्छ
पिम्पल्स आउँनुमा खानपानको कस्तो भुमिका हुन्छ ?
कुनै पनि मानसिक तनाबले गर्दा पनि पिम्पल्स आउछ ।जंकफूड धेरै खानाले पिम्पल्स निम्त्याउछ कि निम्त्याउदैन ५,६वर्ष आगाडि सम्म प्रश्न चिन्न जस्तै थियो तर अहिले मेडिकलजर्नल र मेडिकल रिपोटले यो कुरा प्रमाण गरिसकेको छ किजंक फूडमा कार्बोहाइड््रेट बढि हुन्छ जसले शरिरमाइन्सुलिनको मात्र बढाएर त्यो इन्सुलिनले तेलको ग्रन्थिहरुलाईसक्रिय गर्छ भन्ने कुरा अहिले प्रमाणित भइसकेको छ । त्यसैलेजंक फूड सकेसम्म खानु हुदैन ।
अनुहारमा पिम्पल्सको दाग बसेर धेरैमा तनाब उत्पन्न भएकोदेखिन्छ यसलाई कसरी हटाउन सकिन्छ ?
पिम्पल्सको दाग बसेको छ भने घरेलु उपचार अपनाउँनु भन्दाछालाको डाक्टरलाई देखाउनु पर्छ । डाक्टरहरु सँग निश्चित प्रोटोकलहरु हुन्छ ।
छालाको हरेक समस्यामा स्टेप ल्याडर ट्रिटमेन्ट हुन्छ । पहिलोचरणको साधारण दाग मात्र छ भने क्रिमहरुले पनि जान्छ ।दाग अलि बढि छ भने खाने औषधि थप्नु पर्छ र भित्र सम्म खतबसेको छ भने त्यस्मा पिलिङ्ग, लेजर लगायत कस्मेटिकट्रिटमेन्टको आवश्यकता पनि पर्न सक्छ । सोहि अनुरुपपिम्पल्सको दागहरु लाई हटाउँन सकिन्छ ।
महिनावारीको समयमा बढि पिम्पल्स किन आउछ ?
महिनावारीको समयमा हाम्रो स्ट्रोनज हर्मोनहरु बढने गर्छनत्यसकारण पिम्पल्स आउन सामान्य नै हो तर, २४,२५ वर्ष कटेपछि भने महिनावारीको समयमा बढि आउने गर्छ जोअनुहारकोे तल्लो भागमा मात्र आउँछ । हामीले गरेकोअध्ययन अनुसार ४० प्रतिशत महिलाहरुमा रसाएनको गडबढिका कारण पिम्पल्स देखिन्छ । त्यसैले २५ वर्षकटेपछि रगत जाँच गराउनु पर्दछ ।
अनुहारको विभिन्न भागमा पिम्पल्स आउनुको कारण शरिरकोभित्री रोगले गर्दा हो भनिन्छ यो कुरा कतिको सत्य हो ?
पिम्पल्स अनुहारको जुनसुकै भागमा आउन सक्छ । धेरै जसोकेशमा शरीरले उत्पादन गर्ने तेलको क्रियाकलापमा भर पर्छ ।छालामा जुन तेलको ग्रन्थि छ त्यस्को क्रियाकलापमा भर पर्छ ।
शरीरमा कुनै रोगका कारण पिम्पल्स आउँछ भन्नु भ्रम मात्र हो ।
पिम्पल्सलाई कसरी रोकथाम गर्न सकिन्छ ?
डाक्टरको सल्लाहा अनुसार साधारण क्रिमहरुको प्रयोग गर्नालेपनि पहिलो चरणको पिम्पल्स रोकथाम गन सकिन्छ । तर ठुलोठुलो पिम्पल्स छ अथवा डल्लो घाँउहरु आइरहेको छ भनेउहाँहरुको खाने औषधिहरु हुन्छ र कम्तिमा ६ देखि ९ महिनाउपचार गर्नु जरुरी हुन्छ ।
नयाँ आएको पिम्पल्सलाई निर्चने, कोट्याउनु अथवा पार्लरमागएर कालो कालो ब्लाकहेडस्लाई आफुले थिचेर निकाल्नेसकेसम्म गर्नु हुदैन् । त्यसो गर्दा दाँग बस्नुका साथै संक्रमण हुनेसम्भवना पनि उतिकै हुन्छ ।
खानपानमा पनि उतिकै ध्यान दिनु पर्छ । क्रिम जुन पायो त्योप्रयोग गर्नु हुँदैन । र पिम्पल्सलाई निच्र्ने, कोट्याउन गर्नु हुँदैन । ।
















































