आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ शिशिर ऋतु वि.सं. २०७८ फाल्गुण ११ गते बुधबार तद्अनुसार सन् २०२२ फरवरी २३ तारिख फाल्गुन कृष्णपक्ष सप्तमी तिथि विशाखा नक्षत्र ध्रुव योग ३ः३६ पर व्याघ्यात् योग बालव करण आनन्दादिमा धाता योग चन्द्रमा ८ः१८ बजेसम्म तुला राशिमा त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३७ मा भयो र सूर्यास्त साँझ १७ः५९ मा हुनेछ । अष्टमीव्रत ।
आजको राशिफल
मेष – कठोर मिहीनेतले कार्यमा सफलता मिल्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ भने सुखदुःखमा साथ दिनेहरू पनि प्रशस्तै फेला पर्नेछन् । तथापि सोचिविचार गरी काम गर्नु हितकर हुनेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनुहोल । विलासमा आकर्षण बढ्ला । भागदौड बढनेछ । अरुको भर पर्नु उचित नहोला ।
वृष – समय शुभ र सफलताकारक छ । सुख आनन्द र आरोग्यता बढ्ला । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । सहयोगीहरूको भर पर्दा सबै काम नबन्न सक्छन् । आफन्तसुख बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
मिथुन – आँट उत्साहका साथै साहसिक कार्यमा रुचि बढ्ला । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । अस्वस्थताका बीच कामको बोझ बढ्नाले मन खिन्न पनि होला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । यात्रामा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।
कर्कट – वार्तामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम, यात्रापरक काम आदि क्षेत्रमा सफलता मिल्नेछ । तथापि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ । आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । भोगविलासमा रुचि रहनेछ ।
सिंह – सामान्यतया दिन राम्रै रहेको छ । नयाँ काममा हात हाल्ने समय छ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुने छैन ।
कन्या – आयस्रोत बढ्नेछ । आरोग्यता बढ्ला । बिस्तारै कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाउबाट धन प्राप्त होला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्, परिवारजनको साथले नयाँ आशा पलाउनेछ । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । कर्मपथमा सफलता मिल्नेछ । विलासमा आकर्षण बढ्ला ।
तुला – उच्चाधिकारीको सहयोग मिले पनि लापर्वाही नगरी योजना बनाएर काम गर्नु बेस रहला । आफ्नाबाटै धोका पाइनेछ । अनायसै खर्च पनि हुन सक्छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुनेछ । मुख्य काममा बाधा हुने देखिन्छ । यात्रामा सफलता मिल्नेछ ।
वृश्चिक – रोकिएको धन उठ्नेछ । यश वर्चश्व बढ्ला । यात्रापरक कार्य बन्नेछ । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । अर्थअभावले काम रोकिने सम्भावना छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । तथापि साथीभाइको साथ मिल्नेछ । हांसविलासमा रुचि बढ्नेछ ।
धनु – खेलकुद भ्रमण हांसविलास आदिमा आकर्षण बढ्नेछ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । धनलाभ होला । काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, दिगो आम्दानी हुने काम सुरु हुनेछ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । ऐनकानूनलाई सम्मान गर्नु हितकर होला ।
मकर – शारीरिक र आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थानमूलक काममा ऊर्जा लगाउनु उचित हुनेछ । आर्थिक अभावले सताए पनि कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । भोगविलासको अवसर प्राप्त होला ।
कुम्भ – घरपरिवारको स्थिति अनुकुल रहनेछ । रसरागमा रुचि बढ्ला । नियमित कामको चिन्ताले सताउन सक्छ । आज केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । सवारीमा सावधानी अपनाउनुहोला । शुभ समाचार मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । रोकिएको काम बन्नेछ ।
मीन – विशेषगरी शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ला । आर्थिक पक्ष बलियो बन्नेछ । मेहनत गर्दा अवसर पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनु होला । व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सन्तानसुख बढ्ला ।
















































