आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ शिशिर ऋतु वि.सं. २०७८ फाल्गुण २० गते शुक्रबार तद्अनुसार सन् २०२२ मार्च ४ तारिख फाल्गुन शुक्लपक्ष द्वितीया तिथि उत्तराभाद्रपद नक्षत्र शुभ योग बालव करण आनन्दादिमा ध्वज योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२८ मा र सूर्यास्त साँझ १८ः०५ मा हुनेछ ।
आजको राशिफल
मेष – खर्च बढ्नेछ । लगानी वृद्धि हुनेछ । धैर्यले काम लिने समय छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ तापनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । कठोर मिहीनेतले कार्यमा सफलता मिल्नेछ । सोचिविचारी काम गर्नु हितकर हुनेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनु पर्नेछ । जोखिममा नपर्नु हितकर रहला ।
वृष – मनोकूलको काम बनेर सुख आनन्द बढ्नेछ । यात्राको सम्भावना छ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पितृधन समेत लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार(व्यवसायमा विशेष लाभ लिने समय छ । आयस्रोत बढ्नेछ, आफन्त सुख मिल्नेछ । रसरागमा आकर्षण रहला ।
मिथुन – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त गर्न विशेष प्रयत्न गर्नुपर्ला । सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । रोकिएको काम बन्ला ।
कर्कट – इष्टमित्रको सहयोग प्राप्त हुनेछ । प्रेममा पनि सफलता प्राप्त होला । तर द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । वार्तामा सफलता मिल्नेछ । गीत–संगीतमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । भोगविलासमा रुचि रहनेछ ।
सिंह – कठोर मिहीनेतले सफलता र लाभ मिल्नेछ । मान सम्मान प्राप्त होला । शुभ र भाग्यवर्द्धक काममा केन्द्रित रहनु हितकर होला । विगतका कमजोरीलाई सुधार गर्न मौका छ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । समस्याको समाधान मिल्नेछ । भोग विलासको अवसर प्राप्त हुन्छ भर विवादबाट बच्नुहोला ।
कन्या – आयस्रोत र आरोग्यता बढ्ला । रोकिएका काम बन्नेछन् । नयाँ जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। धैर्यले काम लिने समय छ । साहसिक काममा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । सुखसयल विलासमा आकर्षण बढ्ला ।
तुला – कार्ममा सफलता मिल्नेछ । लेनदेन कार्यमा विशेष ध्यान राख्नुपर्ला । आफन्तसुख बढ्नेछ । आम्दानी बढ्ने र फाइदा उठाउने समय भए पनि सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । लापर्वाही नगरी योजना बनाएर काम गर्नु बेस रहला । आर्थिक पक्ष बलियो बन्नेछ । समस्याको समाधान गर्नु हुनेछ ।
वृश्चिक – प्रयास गर्दा मनोकूलको काम बन्नेछ । आयस्रोत बढ्ला तर खर्च पनि बढ्ने दिन छ । अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । यात्रापरक कार्य बन्नेछ । साथीभाइको साथ मिल्नेछ । हांसविलासमा रुचि बढ्नेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत भइ योजनानुसार काम गर्नु बेस होला ।
धनु – खेलकुद, भ्रमण तथा हांसविलास आदिमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नुपर्ला । परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । ऐनकानूनलाई सम्मान गर्नु हीतकर होला ।
मकर – दिन शुभदायक रहनेछ । आयस्रोत वृद्धि हुनेछ तथापि खर्च पनि कम हुने छैन । कुनै प्रकारको शारीरिक र आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थानमूलक काममा ऊर्जा लगाउनु उचित हुनेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । भोगविलासको अवसर प्राप्त होला ।
कुम्भ – घरपरिवारको स्थिति अनुकुल रहनेछ । रसरागमा रुचि बढ्ला । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ, तापनि काममा सफलता मिल्नेछ । योजना नबनाइ कुनै काममा नलाग्नु बुद्धिमत्ता ठहरिने छ । शुभ समाचार मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
मीन – विशेषगरी शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ला । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख शान्ति वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । सन्तान सुख बढ्ला ।
















































