आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ शिशिर ऋतु वि.सं. २०७८ फाल्गुण २१ गते शनिबार तद्अनुसार सन् २०२२ मार्च ५ तारिख फाल्गुन शुक्लपक्ष तृतीया तिथि रेवती नक्षत्र शुक्ल योग तैतिल करण आनन्दादिमा धाता योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२७ बजेमा भयो र सूर्यास्त साँझ १८ः०६ बजे हुनेछ ।
आजको राशिफल
मेष – समय मिश्रित फलदायक छ । व्यस्तता बढ्नेछ । धनको आवागमन भैरहनेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । विलासमा रुचि बढ्नेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नु पर्ला ।
वृष – आयस्रोत वृद्धि हुनेछ । नयाँ सम्भावना देखापर्नेछ । तर धेरै श्रमपछि अलि कम मात्र प्रतिफल पाइने समय छ । आम्दानी सञ्चय गर्न नसकिएला । मालमत्ता पनि चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । आरोग्यता बढ्ला । मिठो भोजन प्राप्त होला । उन्नति पदोन्नति हुनेछ । यात्रामा सफलता मिल्नेछ । उधारो लगानी उठ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।
मिथुन – रोकिएको काम बन्नेछ । धन सम्पत्ति बढ्नेछ । भागदौड बढ्नेछ । रसरागमा रुचि बढ्नेछ । यसका बाबजुद उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् ।
कर्कट – शुभ काम बन्नेछ । आरोग्य वृद्धि हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा राम्रै प्रगति हुनेछ । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । मिठो भोजन मिल्नेछ । मानसम्मान ख्याति फैलिनेछ । सुख शान्ति बढ्नेछ ।
सिंह – भागदौड बढ्ला । शारीरिक र आर्थिक कार्यमा जोखिम नलिनु बेस होला । ऋण रोग र शत्रुप्रति सचेत रहनुहोला । विगतको श्रमबाट धन लाभ हुनेछ । प्रतिस्पर्धा वा मुद्दा(मामिलामा विजयी भइनेछ । यात्रामा लापर्वाही नगर्दा हितकर रहनेछ । अरुको भरमा नबस्नुहोला ।
कन्या – शुभ र लाभदायक काम बन्नेछन् । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । दिन उत्साहपूर्ण रहला । जीवनसाथीको सहयोग मिल्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । विलासमा रुची बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।
तुला – रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । तर विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। मिथ्या भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । आफन्तको सहयोग समर्थन मिल्नेछ ।
वृश्चिक – आरोग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । प्रेमपथमा प्रगति होला । काममा सफलता पाउनुहुनेछ । केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस् । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा अलि सावधानी अपनाउनुपर्ला । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।
धनु – भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्ने उचित हुनेछैन । आफ्नै बल विवेकले कार्य गर्नु बेस रहला । विशेष सभा(समारोहमा सहभागी बन्ने मौका छ । आर्थिक अभावले भने अलि सताउनेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । हांसविलास खेलकुद भ्रमण आदिमा रुचि बढ्ला । जोखिमप्रति सचेत रहनुपर्नेछ ।
मकर – ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्नेछ । रसरागमा रुचि बढ्ला । नयाँ सम्भावना देखा पर्ला । परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ। भाग्योन्नतिको समय छ । सहयोगीहरूले साथ दिनेछन् । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।
कुम्भ – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । व्यावसायिक यात्रा सम्भावना छ । आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । अलि बाध्यताका काममा जुट्नुपर्ला । प्रतिस्पर्धी परास्त होलान् । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ । आरोग्यप्रद काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ ।
मीन – प्रयासरत काममा सफलता मिल्नेछ । परिवारजन तथा बन्धु(बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । सुख–सुविधा बढ्नेछ । मनोकूलको काम बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । सन्ततिसुख बढ्ला ।