आजको पञ्चाङ्ग
श्रीशाके १९४३ वसन्त ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ चैत्र १९ गते शनिबार तद्अनुसार सन् २०२२ अप्रिल २ तारिख चैत्र शुक्ल पक्षको प्रतिपदा तिथि रेवती नक्षत्र ऐन्द्र योग ७ः२१ पर वैधृति योग बालव करण आनन्दादिमा धाता योग चन्द्रमा मीन राशिमा ११ः३४ पर मेष राशिमा भ्रमणशील रहला । काठमाडांैमा सूर्योदय बिहान ५ः५६ मा र सूर्यास्त साँझ १८ः२१ मा हुनेछ । वत्सरारम्भ, तेल लगाउने र नीमको पात खाने, भद्रकाली पीठमा लिङ्गोपातन ।
आजको राशिफल
मेष – आयमूलक काममा सफलता प्राप्त हुनेछ । सुख वृद्धि हुनेछ । नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरु बन्ने दिन छ । मित्रजनको साथ प्राप्त हुनेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । मान, सुख, समृद्धि बढ्नेछन् । आरोग्य वृद्धि हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । यश वर्चश्व वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृष – उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ, दिन रमाइलो साथ बित्नेछ । काममा राम्रै फड्को मार्न सकिनेछ साथै धनलाभ पनि हुनेछ । काम गर्न जाँगर चल्नेछ । सफलता अवश्यमेव प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कारको प्राप्ति हुनेछ । भोज भतेरमा भाग लिनुहुनेछ ।
मिथुन – समय शुभ फलदायक रहनेछ । आरोग्य वृद्धि हुनेछ । नयाँ सम्भावना देखापर्ने छ । मिठो भोजन प्राप्त हुनेछ । सफलता प्राप्त हुनेछ । कार्यगति वृद्धि हुनेछ । अवसर आए पनि विचारेर मात्र नया काम सुरु गर्नुहोला । कतै टाढाको यात्राको संभावना छ । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ
कर्कट – आजको दिन ऋण, रोग र शत्रुमाथि ध्यान दिनुपर्ने छ । खर्च बढ्नेछ । कठोर परिश्रमले काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ । शरिरमा सामान्य रोगले पनि सताउन सक्छ । मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ ।
सिंह – आय वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा सफलता मिल्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । चिताएको काम पूरा नहुन सक्छ । काममा कठिनाइ सहनु पर्ला, होसीयारीपूर्वक काम गर्नुहोला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । समस्या समाधान हुनेछ ।
कन्या – भागदौड व्यस्तता बढ्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ । कठोर परिश्रमले काम बन्नेछ । आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या भने बढ्ने देखिन्छ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । अरुको भर नपर्नु हितकर होला ।
तुला – प्रेमबल बढ्नेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । काममा जोश जाँगर आउनाले मन प्रफुल्ल होला, सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ ।
वृश्चिक – समय मिश्रित फलदायक रहला । आरोग्यता बढ्ला, तर वादविवादमा पर्न सकिन्छ एकदम सावधान रहनुहोला । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला साथै मनमा पिडाले पनि सताउने छ । परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् विचार गर्नुहोला । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । भोग विलासमा आकर्षण बढ्नेछ ।
धनु – धनको आगमन भैरहनेछ । भागदौड वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग समर्थन मिल्नेछ । सुख समृद्धि बढ्नेछ । विवादमा नपर्नु बेस होला । मिहीनेतयुक्त काममा रूचि बढ्ला । अरुको भर नपर्नुहोला ।
मकर – आशा उत्साह बढ्ला । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।
कुम्भ – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रशंसा बढ्नेछ । शुभ समाचार प्राप्त होला । नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनुहुनेछ ।
मीन – स्वास्थ्य गडबड रहन सक्छ । खानपिनमा एकदमै सावधान रहनुहोला । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ भौतिक साधनको क्षति हुने दिन छ । रसरागमा रुचि बढ्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नु हुनेछ । आंट पराक्रम बढ्नेछ । ऐश्वर्य वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ ।
















































