आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ वसन्त ऋतु वि.सं. २०७८ चैत्र २५ गते शुक्रबार तद्अनुसार सन् २०२२ अप्रिल ८ तारिख चैत्र शुक्लपक्ष सप्तमी तिथि आर्द्रा नक्षत्र शोभन योग गर करण आनन्दादिमा पद्म योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः४९ मा भयो र सूर्यास्त साँझ १८ः२४ मा हुनेछ ।
आजको राशिफल
मेष – आफन्तसुख मिल्नेछ । काममा सफलता मिल्नेछ । परिश्रमअनुसार राम्रै उपलब्धि पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन शान्त हुनेछ । सन्तानबाट सहयोग प्राप्त हुनेछ । व्यापारमा सफलता हासिल हुनेछ । आर्थिक कर्ममा प्रवृत्त रहनुहुनेछ । आँट साहस उत्साह थपिनेछ । बौद्धिक र सृजनात्मक काम होला । रोकिएको काममा सफलता हासिल हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला ।
वृष – समय राम्रो छ, तर आज खर्च र विवाद बढ्न सक्छ, शत्रुले पनि सताउने योग रहेकोले सजक रहनुहोला । स्वास्थ्यका लागि खानपानमा सतर्कता अपनाउनु हितकर रहला । मान र धन प्राप्त होला । यश वर्चश्व वृद्धि हुनेछ । रोकिएको काम बन्नेछ । व्यस्तताका साथ कार्यगति बढ्ला । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ ।
मिथुन – आरोग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । धनलाभको योग छ, साथै दिन खुशीसाथ बित्नेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ । रोकिएको काममा सफलता प्राप्त हुनेछ । इष्टमित्र, सन्तानको सहयोग रहनाले कार्यमा सफलता प्राप्त हुनेछ । रचनात्मक र बौद्धिक क्षमता बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मान महत्वमा कमी आउने छैन ।
कर्कट – भागदौड व्यस्तता र लगानी वृद्धि हुनेछ । धनलाभको योग छ, नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको सम्भावना छ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्ने प्रयत्न गरे अझै शुभकारी होला ।
सिंह – मनोरञ्जनका क्रममा दिन बित्नेछ । परिवारिक सुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्रको साथ रहला । सन्तानसुख बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ भने खर्चमा कमी आउनेछ । नयाँ सम्भावना देखापर्ने छ । बौद्धिक र रचनात्मक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।
कन्या – वार्तामा सफलता मिले पनि अरूको भर पर्दा काममा धोका हुन सक्छ । टाढाको यात्रा आज नगर्नुहोला । स्वास्थ्यमा गडबडीको सम्भावना छ । शुभ र भाग्यबर्द्धक काममा प्रवृत्त रहनु हितकर हुनेछ । रसरागमा रुचि बढ्ला । मान पुरस्कार मिल्नेछ । व्यस्तता बढ्नेछ ।
तुला – आशा उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन् । भोगविलासमा आकर्षण बढ्नेछ । भागदौड लागिरहला । शारीरिक र आर्थिक काममा प्रगति होला । प्रेममा सफलता प्राप्त होला । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा आकर्षण बढ्नेछ ।
वृश्चिक – धन आर्जनका नयाँ बाटा खुल्नेछन् । मान महत्व बढ्नेछ । आफन्तको साथ मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव रहला । सोचेअनुरुप काम हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्च भन्दा कमाइ नै बढी हुनेछ । आरोग्यता बढ्ला । रसरागमा आकर्षण बढ्ला । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । इष्टमिका साथै सन्तान सुख बढ्ला ।
धनु – नयाँ काममा हात हाल्नका लागि आजको दिन राम्रो छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ, कामहरु सजिलै बन्नेछन् । आरोग्यता पनि बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उन्नति हुनेछ । आफन्तको सहयोग र समर्थन मिल्नेछ । लगानी उठ्नेछ । सुख सम्पति बढ्नेछ ।
मकर – समय खासै राम्रो छैन । कसैसँग विवाद र झगडासमेत हुन सक्ने भएकोले सतर्क रहनुहोला शुभ काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । मान महत्व बढ्ला ।
कुम्भ – दिन ठिकै मात्र छ । सामाजिक काममा नाम रहने छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । यात्रा होला । खेलकुद र भ्रमणमा रुचि बढ्ला । रसरागमा आकर्षण बढ्ला । सुख शान्ति समृद्धि नै होला ।
मीन – वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ । चल(अचल सम्पत्तिको कारोबार हुन सक्छ । स्वास्थ्यप्रति सजग रहनुपर्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बनिरहला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रशन्न रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । जीवनसाथीको साथ प्राप्त होला ।