आजको पञ्चाङ्ग
श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ वैशाख ५ गते सोमबार तद्अनुसार सन् २०२२ अप्रिल १८ तारिख वैशाख कृष्णपक्षको शुक्लपक्ष द्वितीया तिथि स्वाती नक्षत्र ७ः२३ पर विशाखा नक्षत्र सिद्ध योग तैतिल करण आनन्दादिमा छत्र योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३९ मा भयो र सूर्यास्त सााझ १८ः३० मा हुनेछ । भ.पु. भैरव भद्रकाली रथयात्रा समापन, दक्षिण एशियाली ज्योतिष महासँघ स्थापना दिवस ।
आजको राशिफल
मेष – मनोकूलको काम बन्नेछ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ । नयाँ-नयाँ संकेत देखापर्ला । पारिवारिक सुख बढ्नेछ ।
वृष – रसरागमा आकर्षण बढ्नुका साथै उर्जा वृचिद्ध हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने कमी(कमजोरीलाई सुधार गर्ने मौका छ । धन आर्जन हुने समय छ। कामको चापबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । यश वर्चश्व वृद्धि होला । शुभकाममा प्रवृत्ति बढ्ला । समस्याको समाधान प्राप्त हुनेछ ।
मिथुन – प्रेममा आकर्षण बढ्नेछ । व्यस्तता पनि बढ्नेछ । अरूका काममा समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता हासिल हुनेछ ।
कर्कट – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मेहनतको फल प्राप्त हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु हितकर हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा सफलता मिल्नेछ ।
सिंह – ग्रहगोचर उन्नतिकारक रहला । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता र सौभाग्य बढ्ला । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला ।
कन्या – कठोर मिहीनेतले कार्यमा सफलता मिल्नेछ । धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रोकिएको काम बन्नुसंगै रोकिएको धन उठ्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ ।
तुला – रसराग बढ्नेछ । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । छरछिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । तथापि समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । आफन्तजन एवम् सन्तानको साथ मिल्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला ।
वृश्चिक – रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिए पनि फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ भने अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । सचेतनापूर्ण व्यवहार गर्नु वान्छनीय छ ।
धनु – साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । तर गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । पराक्रम वृद्धि होला । पारिवारिक स्थितिमा सुधार हुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।
मकर – भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । रमाइलो जमघटले आनन्द दिलाउनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।
कुम्भ – आयस्रोत बढ्ला । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ ।
मीन – वार्तामा सफलता पाउनुहुनेछ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्ला ।
















































