आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं .११४२ नलनामक सम्वत्सर वसन्त ऋतु वि.सं. २०७९ वैशाख ६ गते तद्अनुसार सन् २०२२ अप्रिल १९ तारिख मंगलबार वैशाख कृष्णपक्षको तृतीया तिथि विशाखा नक्षत्र ६ः१० पर अनुराधा नक्षत्र व्यतिपात योग वणि करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३८ मा भयो र सूर्यास्त साँझ १८ः३० बजे हुनेछ । स्वामी शशिधर जन्मजयन्ती, साँखु यात्रा ।
आजको राशिफल
मेष – व्यस्तता बढ्नेछ । प्रेमको बन्धन कसिन सक्छ । धन कमाउने अवसर पनि मिल्ने देखिन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नु लाभदायी हुनेछ । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । ख्याति फैलिनेछ ।
वृष – शुभता वृद्धि हुनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । मान महत्व बढ्नेछ । धनको आगमन भैरहने छ । समस्याको समाधान मिल्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मिथुन – समय राम्रै छ । काममा हौसला मिल्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । तर सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । व्यस्तता बढ्नेछ । आर्थिक काममा लाग्नु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – आरोग्यता वृद्धि हुने र प्रेममा सफलता प्राप्त हुने भए पनि आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वास गर्दा धोका पाइएला । व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । तथापि वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।
सिंह – धन मान बढ्नेछ । सुख शान्ति र समृद्धि बढ्नेछन् । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । मिठो भोजन प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ ।
कन्या – शुभ काम बन्नेछ । मेहनतले धेरै काम बनाउन सकिनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सुख समृद्धि बढ्नेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । भाग्योदय हुनेछ । यात्रामा आकर्षण बढ्नेछ ।
तुला – भागदौड व्यस्तता बढ्नेछ । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला । आज आफ्ना नातेदारहरुसँग झैझगडा पर्न सक्छ, आर्थिक समस्या पनि पर्न सक्छ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ ।
वृश्चिक – कार्यमा सफलता मिल्ने दिन छ । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ। इर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । आशा उत्साह वृद्धि होला । दायित्व पूरा गर्नुहुनेछ । साझेदारीको काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।
धनु – धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ ।
मकर – बिघ्न हट्ला । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । प्रयासरत काम बन्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैहाल्नेछ । आरोग्यता बढ्ला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता भेट्ला ।
कुम्भ – साझेदारीसित सम्बन्धित काम बन्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । नसोचेको ठाउँबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोग विलासमा आकर्षण बढ्ला । ख्याति फैलिनेछ । छलकपट धोखाधडी आदिप्रति सचेत हुनुपर्ला ।
मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । भागदौड भैरहला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ।