Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पुरातात्विक स्थल विमिहाको साँस्कृतिक पक्ष

Author Avatar साझा न्यूज 20th April 2022 , 8:10 PM
पुरातात्विक स्थल विमिहाको साँस्कृतिक पक्ष

वशिष्ठ तिवारी
कपिलवस्तु जिल्लाको शुद्दोधन गाँउपालिका वडा नं ६, हुलाकी राजमार्ग को करिब १०० मिटरको दुरीमा दक्षिण पटटी पुरातात्विक स्थल विमिहा अवस्थित छ । विमिहा पुरातात्विक स्थलको उत्तर पट्टी विमिहा गाँउ, दक्षिणपट्टी कर्मा, पुर्व तिर टिटहिरीया तथा पश्चिम तिर पकडी गाउँ अवस्थित छ । शुद्दोधन गाउँपालिका अन्तर्गतको यो स्थल निकै प्राचीन एवं महत्वपूर्ण रहेको स्थानीय जानकारहरु बताउछन ।

खासमा यस प्राचिन स्थलमा कुनै ठुलो भग्नावशेष लगायत अन्य केहि पनि देखिँदैन । पुरातात्विक स्थल विमीहा लाई पुरातात्विक स्थलको रुपमा पुरातत्व विभाग द्वारा होर्डिङ बोर्ड लगाइएको छ । सो क्षेत्रमा कुनै प्रकारको अन्वेषण, उत्खनन् तथा अनुसन्धान लगायतको कार्य भएको पाइएको छैन् । जबकि यो महत्वपूर्ण पुरातात्विक स्थलको प्राङ्गणमा नै शुद्दोधन गाउँपालिका वडा नं ६ द्वारा निर्मित वडा कार्यालयको भवन समेत अवस्थित छ । यस प्राचिन स्थलमा पुरातात्विक गतिबिधिको सट्टा साँस्कृतिक कार्यलाई स्थानीयहरु द्वारा निरन्तरता दिएको देखिन्छ ।

स्थानीय मान्यता अनुसार पुरातात्विक स्थल विमिहा कोटही माई (देवी) को स्थान हो अर्थात उक्त स्थल प्रायः पश्चिम तराईमा पूजीने समयमाईको स्थल हो । यस पुरातात्विक स्थलमा सामान्यतया केहि न देखे पनि देविको नाम अनुसार यो स्थल एक व्यवस्थित किल्ला हुना सक्ने अनुमन गरिन्छ । यस प्राचिन स्थलमा सानो–सानो देवीको लागि भवन निर्माण गरिएको देखिन्छ । स्थानीय जानकारहरुका अनुसार कोटहिदेवी र विजुवाको समय माई दिदी बहिनी हुन यस आधारमा पुरातात्विक दृष्टिकोणले विमीहा र विजुवा दुवै विच ऐतिहासिक सम्बन्ध हुनसक्ने बताइन्छ ।

अभिभावक एवं नेत्रित्वको आभावमा यो महत्वपूर्ण स्थल अनाथ भई सकेको स्थानीयहरु बताउछन, स्थानिय बासिन्दाका अनुसार यस देविको स्थलमा प्राचीनकाल देखि देखि नै जप, तप, ध्यान, सत्यनाराण व्रत कथा लगायतका कर्मकाण्ड गरिदै आएको पाइन्छ । खासमा यस पुरातात्विक स्थलमा साँस्कृतिक कर्मकाण्डको निम्ति विगत ८ वर्ष देखि दलित जातिको पूजारी सन्तराम रैदासले पुजा उपसाना गर्दै आएको जानकारहरु बताउछन ।
यस स्थलको एक प्रचलित तथा विशेष मान्यता के छ भने नव विवाहित जोडीले सर्व प्रथम कोटहिमाईको दर्शन गरि मात्रै घर जाने प्रचलन रहेको पाइन्छ । विगतको २०–२५ वर्ष अघि यस महत्वपूर्ण मन्दिरमा देविको नाममा भाक्ल पुरा गरेको खण्डमा बोका तथा सुँगुर लाई बलि दिने प्रथा रहेको पाइन्छ । तर बिमिहा गाउँकै स्थानीय एक जागरुक विद्वान सत्यदेव पाण्डेयले सम्पुर्ण गाउँलेलाई बलि नदिने सल्लाह दिएको हुनाले उक्त कुप्रथा हटेर गएको त्यहिँका स्थानीय जानकार तौलेश्वर कलवारले बताउनु हुन्छ ।

विगत दुई तिन दशक देखि उक्त बलिको सट्टा हरेक वर्षको असार महिनाको शुक्ल पक्षमा देविलाई विशेष हवन, धुप तथा दीप दिँदै आएको पाइन्छ ।
कोटही माई मन्दिरमा कुनै स्थानीय लाई केहि समस्या परेमा माटोद्वारा निर्मित देवीको वाहनको रुपमा देविलाई भाकल पुरागरेको अवसरमा हाती चढाईन्थ्यो तर समय क्रम वितिदै जाँदा माटोको हातीको सट्टा गिट्टी , सिमेन्ट तथा बालुवाद्वारा निर्मित हाती चढाउने परम्परा बढदै गरेको स्थानिय जानकारहरु बताउछन् । यो लेख आइतबारको साझा न्यूज पत्रिकामा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज