आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०७९ वैशाख १० गते तद्अनुसार सन् २०२२ अप्रिल २३ तारिख शनिबार वैशाख कृष्णपक्षको सप्तमी तिथि उत्तराषाढ़ा नक्षत्र सिद्धि योग ५ः१७ पर साध्य योग बालब करण आनन्दादिमा राक्षस योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३४ मा भयो र सूर्यास्त साँझ १८ः३२ बजेमा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, त्रिपुष्कर योग १०ः०० बजेसम्म ।
राशिफल
मेष – आर्थिक काममा सफलता प्राप्त गर्न विशेष मेहेनत गर्नुपर्ला । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन् । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नु उचित हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
वृष – कर्मबल बढे पनि मेहनतअनुसार फाइदा कमै होला । काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । परिवारजनको साथले काममा उत्साह जगाउने छ । चिताएको काममा बाधा हुँदा मन खिन्न हुने योग छ । रसरागमा आकर्षण बढ्नेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । व्यस्तता बढ्नेछ । परिवारिक सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – नसोचेको ठाउबाट धनको लाभ हुने देखिन्छ, साथै । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि ध्यान दिनुपर्ने छ । समस्याको समाधान खोज्नुहुनेछ, तर कठोर परिश्रमले ।
कर्कट – आजको दिन सुख बढ्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नु उचित हुने छैन । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट फुर्सद पाइनेछ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । धन, मान, सुख र समृद्धि बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ ।
सिंह – कर्ममा रुचि बढ्ला तर अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । प्रयत्न गरेको काम पूरा नहुनाले मन खिन्न रहनेछ । आयस्रोत भने बढ्नेछ । लगानी उठ्ला । आरोग्यता वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – वार्तासम्बन्धी कार्यमा सफलताका लागि विशेष ध्यान राख्नुपर्नेछ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । केही प्रतिस्पर्धा हुने सम्भावना छ। अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । भागदौड बढ्नेछ । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । ऐनकानून र स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ ।
तुला – नयाँ काममा हात हाल्ने समय छ । दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । मौकाको फाइदा उठाउन विशेष प्रयत्न गर्नुपर्ला । रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार होला । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – वार्तामा सफलता प्राप्त होला । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । आफन्तको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुख सुविधाको वस्तु किन्नु हुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु – रोकिएको काम बन्ने दिन छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
मकर – समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । नियमकानूनले साथ दिनेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ । राजकिय काम गर्नु बेस रहला ।
कुम्भ – व्यापारमा लाभ हुने देखिए पनि विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्तानको सुख मिल्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।
मीन – आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । जोखिममा नपर्नु नै बेस होला ।
















































